Nagarkot Network

Nagarkot Network देश बिदेशका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामाग्रीका लागी नगरकोट नेटवर्क ।

06/09/2026

मानवता पहिलो।

उद्धार कार्यका क्रममा नेपाली सेनाका जवानहरूले बिरामी महिलालाई सुरक्षित रूपमा एम्बुलेन्ससम्म पुर्‍याउन काँधमा बोकेको दृश्यले साहस, करुणा र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

हरेक सेकेन्ड महत्वपूर्ण हुने कठिन परिस्थितिमा आवश्यक परेकाहरूलाई सहयोग र सुरक्षा दिन उनीहरूले देखाएको तत्परताले साँचो सेवाको अर्थ सम्झाउँछ। विपद्का बेला जनताको साथमा उभिने वीर नेपाली सेनाका जवानहरूप्रति हार्दिक सम्मान र सलाम।

अवरुद्ध सडक खुलाउन कृष्णभीरमा तीव्र गतिमा काम भइरहेको छ। पुरानो बाटोभन्दा माथिबाट नयाँ ट्र्याक खोल्दै सडक सञ्चालनमा ल्या...
06/09/2026

अवरुद्ध सडक खुलाउन कृष्णभीरमा तीव्र गतिमा काम भइरहेको छ।
पुरानो बाटोभन्दा माथिबाट नयाँ ट्र्याक खोल्दै सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ।

06/09/2026

राहत जीवन बचाउने माध्यम हो, जोखिम थप्ने होइन!

बाढीका कारण घरबार, खाद्यान्न र रोजगारी गुमाएर कठिन परिस्थितिमा रहेका बाढीपीडितहरूले राहतका रूपमा वितरण गरिएको बिग्रिएको तथा खान अयोग्य चामल प्राप्त भएपछि गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विपद्को समयमा पीडित परिवारका लागि राहत सामग्री ठूलो आशा र सहारा हुन्छ। तर त्यही राहत सामग्री गुणस्तरहीन, बिग्रिएको वा स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेमा यसले पीडितको समस्या झनै गम्भीर बनाउन सक्छ।

सम्बन्धित निकाय तथा राहत वितरणमा संलग्न सबै पक्षले खाद्यान्नको गुणस्तर, म्याद, भण्डारण र सुरक्षाको उचित जाँच गरेर मात्र प्रभावित परिवारसम्म पुर्‍याउन आवश्यक छ। विपद्मा परेका नागरिकले दया मात्र होइन, सम्मान, सुरक्षित खाना र गुणस्तरीय राहत पाउने अधिकार राख्छन्।

पीडितलाई राहत चाहिएको छ, थप जोखिम होइन। सुरक्षित र गुणस्तरीय राहत सुनिश्चित गरौँ।

स्टार फाइटर रवीन्द्र धान्त नेपाल फर्किएका छन्! Road to UFC को फाइनलमा प्रवेश गरेपछि स्वदेश फर्किएका धान्तले आज Pashupati...
06/09/2026

स्टार फाइटर रवीन्द्र धान्त नेपाल फर्किएका छन्!
Road to UFC को फाइनलमा प्रवेश गरेपछि स्वदेश फर्किएका धान्तले आज Pashupatinath Temple मा दर्शन गर्दै भगवान् पशुपतिनाथलाई धन्यवाद दिएका छन्।
फाइनलको यात्राअघि पशुपतिनाथको आशीर्वाद लिएसँगै नेपाली फ्यानहरूमा झनै उत्साह थपिएको छ।
Welcome back, Champion!
अब फाइनलमा नेपालको झण्डा अझ माथि फहराउने पालो!

माटोसँग जोडिएको नेता, जनताको दुःखमा सँगै! बेत्रावती बजारका विस्थापितहरूलाई राखिएको होल्डिङ सेन्टरमा पुगेर शौचालय निर्माण...
06/09/2026

माटोसँग जोडिएको नेता, जनताको दुःखमा सँगै!
बेत्रावती बजारका विस्थापितहरूलाई राखिएको होल्डिङ सेन्टरमा पुगेर शौचालय निर्माणमा सहयोग गर्दै सांसद हर्क साम्पाङ।

हिजो ६४ वर्षीया आमाको जीवितै उद्धारपछि माननीय सांसद हर्क साम्पाङ राई  भावुक हुँदै भने—“संयोग पनि कस्तो… बेत्रावतीको पानी...
06/09/2026

हिजो ६४ वर्षीया आमाको जीवितै उद्धारपछि माननीय सांसद हर्क साम्पाङ राई भावुक हुँदै भने—
“संयोग पनि कस्तो… बेत्रावतीको पानीलाई ढोगेको दिन, छेवैबाट एक वृद्ध आमाको जीवितै उद्धार भयो।”

५९ वर्षपछि फेरि त्यही विश्वमञ्चमा नेपालको आवाज! राजा महेन्द्रले १९६७ मा संयुक्त राष्ट्रसंघको महासभाबाट नेपालको धारणा विश...
06/09/2026

५९ वर्षपछि फेरि त्यही विश्वमञ्चमा नेपालको आवाज!
राजा महेन्द्रले १९६७ मा संयुक्त राष्ट्रसंघको महासभाबाट नेपालको धारणा विश्वसामु राखेको ५९ वर्षपछि, प्रधानमन्त्री बालेन शाह त्यही मञ्चमा उभिँदैछन्।
प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमणका क्रममा बालेनले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा २४ सेप्टेम्बर २०२६ मा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
यसपटक नेपालको मुद्दा अझ गम्भीर छ विनाशकारी बाढी तथा हिमाली विपद्, जलवायु संकट, विस्थापन, क्षतिग्रस्त पूर्वाधार, पुनर्निर्माण र जलवायु न्याय।

५९ वर्षअघि राजा महेन्द्रले विश्वमञ्चमा उठाएको नेपालको आवाज, आज नयाँ पुस्ताका प्रधानमन्त्री बालेनले फेरि विश्वसमक्ष उठाउँदैछन्।

अब हेर्न बाँकी छ—बालेनले विश्वको कूटनीतिक मञ्चमा नेपालको आवाज कति प्रभावकारी रूपमा सुनाउन सक्लान्?

06/09/2026

पञ्चकोटको भव्य हनुमान मूर्ति
बागलुङको पञ्चकोटमा रहेको भव्य हनुमानजीको मूर्ति—आस्था, शक्ति र आध्यात्मिक पर्यटनको अद्भुत संगम!
जय बजरंगबली
तपाईं पनि यहाँ पुग्नुभएको छ? कमेन्टमा “जय हनुमान” लेख्नुहोस्।

रसुवाबाट काठमाडौं जाने वैकल्पिक सडक हिलोले चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि बाटो सफा गर्दै स्थानीय युवाहरू। संकटको बेला ...
05/09/2026

रसुवाबाट काठमाडौं जाने वैकल्पिक सडक हिलोले चिप्लिएर दुर्घटनाको जोखिम बढेपछि बाटो सफा गर्दै स्थानीय युवाहरू।
संकटको बेला यस्तै सहयोगी हातहरू नै सबैभन्दा ठूलो आशा हुन्।
pic:Monicka Singh

अत्यन्तै खुसीको खबर!  नुवाकोटको बेत्रावतीमा बाढीले घर पुरिएको ११ दिनपछि चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। लामो...
05/09/2026

अत्यन्तै खुसीको खबर! नुवाकोटको बेत्रावतीमा बाढीले घर पुरिएको ११ दिनपछि चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। लामो समयपछि चन्द्रिकालाई सुरक्षित अवस्थामा उद्धार गर्न सफल भएको खबरले सबैमा खुसी र आशाको सञ्चार गरेको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nagarkot Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarkot Network:

Shortcuts

Share