05/05/2025
नेपालमा सधा झैँ अस्थिरता, बैमनुस्यता र दिक्दारीले सबैलाई पिरोलेको छ। परदेशमा बस्न बाध्य हामीलाई पनि तेत्तिकै निरिह बनाएको छ। ज्यान देशमा अहिले नभएतापनि आफ्नो तर्फबाट केहि गरौँ भन्ने सबै बाहिर भएका नेपालीलाई लाग्ने गर्छ।यो देशको मायाले अलिकति भएनी केहि गरौँ भन्ने हुटहुटि हामीलाई जागेको छ।
श्याम तमोट को गित ‘गाउँ गाउँ बाट उठ, बस्ती बस्तीबाट उठ’ मा आहवान गरिएझै हामी हाम्रो कलम र आवाज लिएर उठ्ने प्रयास गर्दौ छौँ। राणाशासन, राजतन्त्र, प्रजातन्त्र, पंचायत, र गणतन्त्रको लामो यात्रा अझै टुंगिएको छैन। चरम राजनीतिक अस्थिरता, लाखौ यूवाको विदेश पलायन, बेरोजगारी र भ्रस्टाचारले देशलाई गाँजेको छ। जनता सबै निराश छन् अनि कति त येही निराशाले गर्दा फेरि तेहि नरेश खोज्दैछन्। हामीलाई लाग्छ नेपाली जनता केवल बाच्न चाहन्छ, आरामको साँस फेर्ने चाहन्छ। तर प्रोपोगान्डा र दलहरुको हनुमान पन्तिले धेरैको आँखामा पट्टि बानिदिएको छ। हाम्रो प्रयास यो पट्टि अलिकति खोल्न सकिन्छ कि भन्ने हो, सबैलाई सत्य र तत्थ्य दिन सकिन्छ कि भन्ने हो। येही प्रतिज्ञा गर्दे हामी छिटैनै नयाँ तरिका फर्किदै छौँ।
कृपया कस्तो खालको भिडियोहरु हेर्न मन छ भनिदिनुहोला।
https://www.youtube.com/
゚viralシfypシ゚viralシalシ
B***n Swarnim Waglé Gopal Hamal Rastriya Swatantra Party - RSP Gagan Thapa Paras Khadka मह जोडी Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय Abdus Miya Badri Adhikari Renu Dahal Ashok Rimal Keshav Regmi Arun Poudel