WTF Nepal

WTF Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WTF Nepal, Media/News Company, Kathmandu.

उत्तरगया बेत्रावतीमा आएको बाढीका बीच उनले आफ्नै विद्यालयका ४ जना साथीलाई जोगाउन सफल भए। ❤️आफ्नो जीवनमै ठूलो पीडा सहँदै अ...
30/08/2026

उत्तरगया बेत्रावतीमा आएको बाढीका बीच उनले आफ्नै विद्यालयका ४ जना साथीलाई जोगाउन सफल भए। ❤️

आफ्नो जीवनमै ठूलो पीडा सहँदै अरूको ज्यान बचाउने उनको साहस र मानवता साँच्चै सम्मानयोग्य छ। 🙏

गृहमन्त्रीज्यू, गज्जब! स्यालूट छ।
30/08/2026

गृहमन्त्रीज्यू, गज्जब! स्यालूट छ।

चीनबाट थप ४ जना सुरुङ उद्धार विशेषज्ञ आज बिहान नेपाल आइपुगेका छन्। उनीहरू घटनास्थलमा पुगेर जारी उद्धार कार्यमा सहभागी भइ...
30/08/2026

चीनबाट थप ४ जना सुरुङ उद्धार विशेषज्ञ आज बिहान नेपाल आइपुगेका छन्। उनीहरू घटनास्थलमा पुगेर जारी उद्धार कार्यमा सहभागी भइसकेका छन्।

विशेषज्ञ टोलीले सुरुङभित्रको जटिल अवस्थाको प्राविधिक मूल्याङ्कन गर्दै नेपाली उद्धार टोलीसँग समन्वयमा काम गर्ने बताइएको छ। 🇨🇳🤝🇳🇵

स्रोत: चिनियाँ दूतावास, नेपाल

तीन दिनसम्म राहत वितरण किन नभएको भन्दै सांसद आशिका तामाङ र स्थानीय जनप्रतिनिधिबीच भएको सवाल–जवाफको भिडियो सामाजिक सञ्जाल...
30/08/2026

तीन दिनसम्म राहत वितरण किन नभएको भन्दै सांसद आशिका तामाङ र स्थानीय जनप्रतिनिधिबीच भएको सवाल–जवाफको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको छ।

भिडियो सार्वजनिक भएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रभावित क्षेत्रमा राहत पुगे पनि वितरणमा ढिलाइ भएको भन्दै स्थानीय व्यवस्थापनमाथि प्रश्न उठाएका छन्। अर्कोतर्फ, राहत रोकिएको वा लुकाइएको भन्ने दाबीबारे सम्बन्धित निकायको स्पष्ट जवाफ आवश्यक देखिन्छ।

आशिका तामाङले पछिल्ला घटनाहरूमा पनि सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएकी छन्। बैंकको लकर तोडिएको घटनादेखि राहत वितरणसम्म उनले जनतासँग जोडिएका विषयमा कडा रूपमा आवाज उठाएको भन्दै समर्थकहरूले प्रशंसा गरेका छन्।

उनको बोल्ने शैलीलाई लिएर आलोचना, ट्रोल र समर्थन सबै भइरहे पनि विपद्को समयमा मुख्य प्रश्न एउटै हो—पीडितका लागि आएको राहत समयमै, पारदर्शी र निष्पक्ष रूपमा उनीहरूसम्म पुग्यो कि पुगेन?

Rasuwa Flood Update:
30/08/2026

Rasuwa Flood Update:

देशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला हर्क साम्पाङ पार्टी प्रवेश तथा राजनीतिक गतिविधिमा व्यस्त दे...
30/08/2026

देशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला हर्क साम्पाङ पार्टी प्रवेश तथा राजनीतिक गतिविधिमा व्यस्त देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

केही प्रयोगकर्ताले विपद्को यस्तो समयमा राजनीतिक कार्यक्रमभन्दा बाढीपीडितको राहत, उद्धार र सहयोगमा बढी ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

गृहमन्त्री सुधन गुरुङले भने, “हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा ...
29/08/2026

गृहमन्त्री सुधन गुरुङले भने, “हामी सुरुङको माथिल्लो भाग (crown) सम्म पुग्न सफल भएका छौँ। हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ।”

“नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचार गलत हो,” उनले स्पष्ट पारे।
29/08/2026

“नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचार गलत हो,” उनले स्पष्ट पारे।

गायिका समीक्षा अधिकारीले बाढी प्रभावितका लागि खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेकी छन्। उनले उक्त सामग्री पोखरास...
29/08/2026

गायिका समीक्षा अधिकारीले बाढी प्रभावितका लागि खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेकी छन्। उनले उक्त सामग्री पोखरास्थित जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेकी हुन्।

यसअघि पनि आर्थिक सहयोग गरेकी समीक्षाले अहिले पुनः प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै सामग्री सहयोग गरेकी हुन्।

उनले यो सहयोग प्रचारका लागि नभई विपत्तिमा परेकाहरूको साथमा उभिने आफ्नो सानो प्रयास भएको बताएकी छन्। 🙏❤️

सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि NNMGA का अनुभवी माउन्टेन गाइड र Simrik Helicopter को टोलीले आज सुरुङभित्र प्...
29/08/2026

सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि NNMGA का अनुभवी माउन्टेन गाइड र Simrik Helicopter को टोलीले आज सुरुङभित्र प्रवेश गरी अवस्था निरीक्षण गरेको छ।

उद्धार टोली डोरीको सुरक्षासहित करिब १२०–१३० मिटर भित्रसम्म पुगेको थियो। तर सुरुङभित्र गहिरो हिलो, लेदो र माटो जमेको तथा केही स्थानमा हिलो छातीसम्म पुगेका कारण थप अगाडि बढ्न निकै कठिन भएको बताइएको छ। पूर्ण रूपमा अवरुद्ध भागसम्म टोली पुग्न सकेन।

अबको योजनाअनुसार होज पाइप र पम्प/मोटर प्रयोग गरेर हिलो तथा लेदो हटाउने प्रयास गरिनेछ। अवरुद्ध भाग सफा गर्न सकिए सुरुङभित्र फसेकाहरूसम्म पुग्ने सम्भावना रहेको उद्धार टोलीको आकलन छ।

आजको खोजीका क्रममा सुरुङबाहिर एक जनाको शवसमेत फेला परेको छ। शवको व्यवस्थापन तथा स्थानान्तरण नेपाली सेनाको टोलीले गरेको बताइएको छ। 🙏

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when WTF Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to WTF Nepal:

Shortcuts

Share