Nepal Time Line News

Nepal Time Line News We are an officially registered news media under the name Bhokraha Network Pvt Ltd. (Company Act, 2079), Department Of Information Reg.

No 3809-3071/80

We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc .

06/10/2025

Sad News: नेपालमा केही दिन अघि आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृ!त्यु हुनेको संख्या ६० पुगेको छ। 😢💔

06/10/2025

जेन जी हरुले मागे अख्तियार प्रमुख प्रेम राईको राजीनामा 😯

06/10/2025

जापानमा बसोबास गर्दै आएका दिपेन्द्रले वैदेशिक रोजगारमा जान चाहने युवाबाट असुलिने शुल्कमा सीमा तोक्न सरकारसँग आग्रह गरेका छन्। आफ्नो अनुभव साझा गर्दै उनले धेरै युवाहरूले रोजगारको लागि जानुअघि नै आर्थिक शोषण भोग्नुपरेको बताए। उनले सरकारले निष्पक्ष र पारदर्शी शुल्क निर्धारण गरेर वैदेशिक रोजगारलाई सुरक्षित र सुलभ बनाउन नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

Koshi Barrage को अवस्था
05/10/2025

Koshi Barrage को अवस्था

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

05/10/2025

सिंहदरबारभित्र सुदन गुरुङ : जनप्रतिनिधि होइन, आदेश दिने व्यक्ति?

पछिल्ला दिनमा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका बैठकहरूमा सक्रिय देखिँदा सार्वजनिक रूपमा प्रश्नहरू उठ्न थालेका छन् — एक सामान्य नागरिकले सरकारी कर्मचारीलाई निर्देशन दिने अधिकार कसरी प्राप्त भयो?

गुरुङले हालै आएको अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित नागरिकहरूको उद्धार र राहतका विषयमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतदेखि विभिन्न विभागीय अधिकारीहरूसम्मलाई ठाडो निर्देशन दिएको भिडियो सार्वजनिक भएपछि विवाद बढेको हो। उक्त भिडियोमा उनले कर्मचारीहरूलाई “पहिले अड्किएका मान्छेको पहिचान गर्नुपर्‍यो”, “एम्बुलेन्स प्राथमिकतामा राख्नुपर्‍यो” भन्दै स्पष्ट आदेशजस्ता निर्देशन दिएका छन्।

यस्तो दृश्यले सामान्य प्रशासनिक कार्यशैली र सरकारी संरचनाप्रतिको सम्मानमा प्रश्न खडा गरेको छ। सरकारी कर्मचारीलाई निर्देशन दिने अधिकार उनीहरूको सेवा नियम र मातहतका उच्च अधिकारीसँग मात्र रहन्छ। तेस्रो पक्षबाट यसरी ठाडो आदेश दिने प्रवृत्तिले कर्मचारीको मनोबल घटाउन सक्छ र संस्थागत कार्यशैलीमा गम्भीर असर पार्न सक्छ भन्ने चिन्ता देखिएको छ।

सामाजिक संस्थाका प्रतिनिधिको रूपमा गुरुङले विपद् उद्धारका विषयमा सुझाव दिन पाउने अधिकार भने पक्कै राख्छन्। तर, निर्देशन र आदेश दिने अधिकार भने कार्यकारी तहका अधिकारीहरूको मात्र हो। यसरी सरकारी अधिकारीको बैठकमा गएर आदेश दिने शैलीले राज्यका औपचारिक संरचना कमजोर बनाउने खालको संकेत दिएको कतिपय विज्ञहरूको भनाइ छ।

कसैले पनि चाहे अनुसार सिंहदरबार पस्न पाउने र सरकारी संयन्त्रलाई निर्देशन दिने अभ्यासले शासन प्रणालीको मर्यादा नै संकटमा पार्छ। यदि हरेक नागरिक वा संस्था यस्तै ढंगले हस्तक्षेप गर्न थाले, राज्य सञ्चालन र जिम्मेवारीबीचको सीमारेखा मेटिन जाने खतरा रहन्छ।

सुदन गुरुङ ‘Gen Z’ आन्दोलनपछि चर्चामा आएका नाम हुन्। उनी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित प्रधानमन्त्री नियुक्ति अभियानमा समेत संलग्न थिए। पछिल्लो समयमा उनले आफ्नो संस्था ‘हामी नेपाल’ लाई जेन–जी आन्दोलनबाट अलग गर्दै सामाजिक कार्यमा केन्द्रित रहने घोषणा गरे पनि, सरकारी बैठकमा देखिएको उनको सक्रियता सामाजिक रूपमा प्रश्नवाचक बनेको छ।

समाजका अनेकौँ बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने उनको अभियान प्रशंसनीय मानिए पनि, सरकारी संयन्त्रभित्र हस्तक्षेप गर्न खोजिएको शैलीले आन्दोलनको मूल मूल्य र निष्ठालाई नै कमजोर बनाएको देखिन्छ।

विपद् र संकटको घडीमा सुझाव र सहकार्य आवश्यक हुन्छ, तर अधिकारको सीमाना र सरकारी मर्यादा पनि उतिकै महत्वपूर्ण छन्। सुदन गुरुङ जस्ता सामाजिक अभियन्ताले जनताको आवाजलाई सशक्त बनाउन सक्नुपर्छ — तर त्यसको माध्यम सरकारी कर्मचारीलाई निर्देशन दिने होइन, नीतिगत सुधारका लागि आवाज उठाउने हुनुपर्छ।

राज्य चलाउने जिम्मा सरकारसँग हुन्छ, र गैर–सरकारी पात्रले त्यस सीमाभित्र रहेर भूमिका निर्वाह गर्नुपर्छ। अन्यथा, यस्तो हस्तक्षेपले “सहयोग” भन्दा बढी “हस्तक्षेप” को रूप लिने खतरा रहन्छ — जसले अन्ततः नागरिक र राज्यबीचको विश्वास नै कमजोर बनाउने सम्भावना बढाउँछ।

05/10/2025

राष्ट्रसेवक कर्मचारी /प्रहरी
लाई निर्देशन दिने ई सुदन
गुरुङको हैसियत के हो?
इनलाई निर्देशन गर्ने प्राधिकार
कहाँबाट आयो?? भन्ने प्रश्न
पनि सार्वजनिक रूपमा उठेको छ।

05/10/2025

Heartbreaking Sad News: ईलाममा पहिरोमा परेर मृ:त्यु हुने संख्या ३७ जना पुगेको छ। 💔

Source: Nepal Police's Spokesperson

05/10/2025

Koshi Barrage को अवस्था! 😮

Video. Jivan Panjiyar

Rescue operation in Sunsari! 🙏🏼
05/10/2025

Rescue operation in Sunsari! 🙏🏼

Mangsebung गा.पा.-1 गजुरमुखीको बिरामीलाइ Nepal Army को Helicopter बाट rescue भएको छ !
05/10/2025

Mangsebung गा.पा.-1 गजुरमुखीको बिरामीलाइ Nepal Army को Helicopter बाट rescue भएको छ !

Mangsebung गा.पा.-1 गजुरमुखीको बिरामीलाइ Nepal Army को Helicopter बाट rescue भएको छ !

wow: एक हप्ताभित्र अभियोगसहित भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्न धनगढीका मेयर गोपाल हमालले माग गरेका छन्।
13/09/2025

wow: एक हप्ताभित्र अभियोगसहित भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्न धनगढीका मेयर गोपाल हमालले माग गरेका छन्।

South Asia Journalists Federation Condemns Recent Attacks on Journalists and Media Houses in NepalKathmandu – September ...
13/09/2025

South Asia Journalists Federation Condemns Recent Attacks on Journalists and Media Houses in Nepal

Kathmandu – September 13, 2025: The South Asia Journalists Federation (SJF) has strongly condemned the recent incidents of violence targeting journalists and media organizations in Nepal. In an official statement released on Saturday, SJF expressed deep concern over the growing threats and attacks against members of the press, calling it a direct assault on press freedom and democratic values.

According to reports, several journalists and media outlets across Nepal have faced harassment, intimidation, and physical attacks in recent days. The federation described these acts as “unacceptable and alarming,” warning that such violence undermines the fundamental right to free expression and the safety of those working in the media sector.

“The attacks on journalists and media institutions are not just an attack on individuals, but an attack on democracy itself,” the SJF said in its statement. The organization urged the Government of Nepal to immediately investigate the incidents, bring the perpetrators to justice, and ensure the protection of journalists across the country.

SJF also called on political parties, civil society, and the international community to stand in solidarity with Nepalese journalists and to pressure authorities to guarantee a safe working environment for media professionals.

Media rights groups in Nepal have echoed the federation’s concerns, warning that increasing hostility toward the press could have a chilling effect on independent journalism. The SJF reaffirmed its commitment to supporting Nepalese journalists and vowed to continue monitoring the situation closely.

Address

Koteshwar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Time Line News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Time Line News:

Share

Category