aafnokhabar

aafnokhabar News for all.

नेपाल उज्वकस्तानसँग टाईब्रेकरमा 4-2 ले पराजित भएको छ । यसअघि सावित्रा भण्डारीले ह्याटि्रक गरेपछि नेपालले बराबरी खेलेकाे ...
05/07/2025

नेपाल उज्वकस्तानसँग टाईब्रेकरमा 4-2 ले पराजित भएको छ । यसअघि सावित्रा भण्डारीले ह्याटि्रक गरेपछि नेपालले बराबरी खेलेकाे थियो ।

74 मिनेटसम्म नेपाल 3-3 उजेकिस्तान । 73 र 71 मिनेटमा गाेल गर्दै नेपालले उजेकिस्तानसँग बराबरी गाेल फर्काएकाे छ ।
05/07/2025

74 मिनेटसम्म नेपाल 3-3 उजेकिस्तान । 73 र 71 मिनेटमा गाेल गर्दै नेपालले उजेकिस्तानसँग बराबरी गाेल फर्काएकाे छ ।

आजको राशिफल: २०८२ असार १४ गते शनिवार
28/06/2025

आजको राशिफल: २०८२ असार १४ गते शनिवार

आजको राशिफल बि.सं २०८२ असार १४ गते शनिवार, ई.सं २०२५ जुन २८, नेपाल सम्बत ११४५ तक्षालाग तृतिया, नाम संवत्सर, सूर्य उत्....

बोर्डको परीक्षा क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै आएको छैन ।
26/06/2025

बोर्डको परीक्षा क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै आएको छैन ।

यसपटक माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा नियमित तालिकाभन्दा ढिलो प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले ....

नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले प्रस्तुत भएको सत्तारको आरोप छ
26/06/2025

नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले प्रस्तुत भएको सत्तारको आरोप छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले संसदमा अराजकता बढ्दै गएको बताएका छन । पछिल्लो समय ....

इंग्ल्यान्डविरुद्ध शतक हानेपछि भारतका विकेटकिपर ब्याट्सम्यान रिसभ पन्तको खुसीयाली । इंग्ल्यान्डविरुद्ध भारतका तीन खेलाडी...
21/06/2025

इंग्ल्यान्डविरुद्ध शतक हानेपछि भारतका विकेटकिपर ब्याट्सम्यान रिसभ पन्तको खुसीयाली । इंग्ल्यान्डविरुद्ध भारतका तीन खेलाडीले शतक प्रहार गरेका छन । जसमा कप्तान शुभमन गिलले १४७ उपकप्तान रिसभ पन्तले १३४ र जैसवालले १०१ रनमा आउट भए ।

रवी लामिछानेको -खुला पत्रआदरणीय आमा-बुवा, दाजु-भाइ तथा दिदी-बहिनीहरू,नमस्कार।राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको त...
21/06/2025

रवी लामिछानेको -खुला पत्र

आदरणीय आमा-बुवा, दाजु-भाइ तथा दिदी-बहिनीहरू,

नमस्कार।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको तीन वर्ष पूरा हुँदै गर्दा म अहिले ९७२५ नम्बरको थुनुवा रूपमा भैरहवा कारागारबाट यो सन्देश लेख्दैछु। आशा छ, कुनै न कुनै माध्यमबाट तपाईंहरू माझ पुग्नेछ।

तपाईंहरूले मलाई दुईपटक संसदसम्म पुर्‍याउनुभयो। रास्वपालाई करिब बाह्र लाख मत दिनुभयो। त्यस मतले यिनीहरूलाई झस्कायो, उपनिर्वाचनको परिणामले तर्सायो। अनि जब प्रतिस्पर्धाबाट जित्न नसकिने महसुस भयो, तब सुरु भयो षड्यन्त्र-मविरुद्ध। तपाईंहरूले देखिरहनुभएको छ, सिङ्गो राज्यको संयन्त्र प्रयोग गरेर मलाई जालमा पार्ने कोसिस कसरी भयो।

म जहिल्यै अन्यायविरुद्ध बोल्ने मान्छे हुँ। बोलेरै विश्व कीर्तिमान राखेको मान्छे हुँ। तर अहिले यस्तो अवस्थामा पुर्याइयो जहाँ म आफ्नै पक्षमा पनि बोल्न सकिनँ। मेरा कानुनी सल्लाहकारहरूले भने, तपाईं देशकै सबैभन्दा शक्तिशाली आपराधिक गिरोहसँग लड्दै हुनुहुन्छ, बोलेर फसिन सकिन्छ-त्यसैले मौन रहनुपर्छ।

नौ वटा अदालतमा मुद्दा चलाइयो-चार जिल्ला अदालत, चार उच्च अदालत, र एक सर्वोच्च। यति धेरै मुद्दामा अल्झिइरहँदा म मौन बस्न विवश भएँ। तर यो मौनता मलाई नै सबैभन्दा बढी बिझायो।

चैत १८ गते घोषणा गरेँ-अब मौन रहनेछैन। चैत २२ मा उच्च अदालतले थुन्ने आदेश दियो। अदालतमा विश्वास राख्न चाहन्छु, तर राज्यका सबै संयन्त्र कब्जा गरिएकाले अब न्यायको आशा जनताको अदालतबाहेक कतै छैन।

तीन दशकभन्दा बढी समय यिनीहरूले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका-सबै कब्जा गरिसके। मिडियादेखि प्रहरीसम्म यिनकै सेवा केन्द्र बनेका छन्। ममाथि भएको यो आक्रमण मात्र व्यक्तिगत होइन, यो जनआशामाथिको हमला हो।

म राजनीतिज्ञ बन्न चाहेको थिइनँ। मिडिया क्षेत्रमा थिएँ, जीवन राम्ररी चल्दै थियो। अमेरिका गएँ, तर देश फर्किएँ-किनभने देशलाई केही दिन सक्छु भन्ने भावनाले। गिनिज बुकमा नाम राख्न पनि फर्किएँ। तर, आज म यहाँ छु-न व्यक्तिगत उन्मुक्तिका लागि, न कीर्तिमानका लागि। म यहाँ छु, देशलाई अपराधी सिन्डिकेटबाट मुक्त गराउने संकल्पसहित।

आज, जब म कालकोठरीमा छु, म आत्मसमीक्षा गरिरहेको छु। के मैले संगठित अपराध गरेँ? कि ममाथि संगठित राज्यशक्तिले अपराध गरिरहेको छ? ममाथि झुटा उजुरी दिनेहरूमध्ये कतिले सत्य बोल्न थालेका छन्। बाँकीलाई आग्रह गर्छु-एकपटक छातीमा हात राखेर आफैंलाई सोध्नुस्, के म ठग थिएँ? के तपाईंहरूले मलाई देखेर पैसा राख्नुभएको थियो?

प्रहरीले तयार पारेको जाहेरीमा डर, लोभ, प्रलोभन दिएर ल्याप्चे लगाइयो। मलाई मुद्दा लगाउन मान्छे समातेर ल्याइयो। अनि मलाई जेल हालियो, हतकडी लगाइयो। तर, यी हतकडी बिउ हतकडी हुन्। अब फुल्नेछन्, हुर्कनेछन्।

अब मेरो जीवनको उद्देश्य व्यक्तिगत होइन-देशको मुक्ति हो।

संविधान संशोधन होइन, पुनर्लेखन हुनुपर्छ। सबै उच्चपदस्थको सम्पत्ति छानबिन होस्। प्रदेशसभा खारेज गरौं। राष्ट्रको पुनर्संरचना गरौं। हरेक संवैधानिक निकायहरूलाई दलीय कब्जाबाट मुक्त गरौं।

म अहिले लडिरहेको छु, अदालतमा पनि, जनतासँग पनि। न्याय दिन ढिला होस्, तर अन्धा नहोस्। र यदि म मरेँ भने पनि-म विश्वस्त छु, तपाईंहरू यी अपराधीहरूबाट त्यो तस्करीको घडी खोस्नुहुनेछ, हतकडी लगाउनुहुनेछ।

र यदि बाँचेर निस्केँ भने-म अझै दृढ भएर जनताको अगाडि उभिनेछु।

म रवि लामिछाने-देश र जनताका लागि हरेक परीक्षा दिन तयार छु।
ममाथि गरिएको अन्यायको फैसला अब जनताकै अदालतमा हुनेछ।

र यो युद्ध म जित्न जन्मिएको छु।

शुभेच्छासहित,
रवि लामिछाने
थुनुवा नम्बर: ९७२५
भैरहवा कारागार

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता
19/06/2025

राईनासमा बेथितीको चाङ : मरेका मान्छेको खातामा वृद्धभत्ता

लमजुङ । राईनास नगरपालिकामा मरेका मान्छेको नाममा वृद्ध भत्ता बाडेको पाइएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन ...

आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार
13/06/2025

आजको राशिफल: २०८२ जेठ ३० गते शुक्रबार

आजको राशिफल बि.सं २०८२ जेठ ३० गते शुक्रबार, ई.सं २०२५ जुन १३, नेपाल सम्बत ११४५ तक्षालाग द्वितीया, नाम संवत्सर, सूर्य ....

🅴🆅🅴🆁🆈🆃🅷🅸🅽🅶 🅸🆂 🅿🅾🆂🆂🅸🅱🅻🅴 🅸🅽 ........हार पनि जित जस्तै ...all the best for next match....
08/06/2025

🅴🆅🅴🆁🆈🆃🅷🅸🅽🅶 🅸🆂 🅿🅾🆂🆂🅸🅱🅻🅴 🅸🅽 ........

हार पनि जित जस्तै ...
all the best for next match....

तीन खेलाडीले अर्धशतक बनाएको खेलमा नेपाल ३ सय २१ रनमा अल आउट भयो ।
08/06/2025

तीन खेलाडीले अर्धशतक बनाएको खेलमा नेपाल ३ सय २१ रनमा अल आउट भयो ।

काठमाडौं । आईंसीसी विश्वकप लिग २ मा नेपाल ऐतिहासिक जीतबाट वञ्चित भएको छ । स्कटल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य ...

आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने
27/05/2025

आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्प...

Address

Https://www. Google. Com/maps/place/aafnokhabar/@27. 6885215, 85. 3316933, 15z/data=, 4m2, 3m1, 1s0x0:0xde258630e1d5e06e?sa=X&ved=2ahUKEwiitKPesNfqAhVNWX0KHTDXC4kQ_BIwFnoECA8QCA
Kathmandu

Alerts

Be the first to know and let us send you an email when aafnokhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to aafnokhabar:

Share

aafnokhabar

Nepali script News publisher ...