14/11/2025
निर्वाचन आयोगले ‘नेपाली कम्युनिस्ट पार्टी’लाई आधिकारिक दल दर्ता प्रमाणपत्र प्रदान
👉 निर्वाचन आयोगले नवगठित नेपाली कम्युनिस्ट पार्टीलाई आधिकारिक रूपमा दल दर्ताको मान्यता प्रदान गरेको छ।
👉 आयोगले शुक्रबार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० अनुसार एकीकृत पार्टीलाई दर्ता प्रमाणपत्र दिएको हो।
👉 विभिन्न १० वाम दल र समूहहरू एकीकृत भएर २० कात्तिकमा आयोगमा दर्ता निवेदन दिएका थिए।
👉 साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकतापछि बनेको पार्टीलाई अब पूर्ण वैधानिक दलको हैसियत प्राप्त भएको छ।
👉 पार्टीले ‘पाँचकुने तारा’लाई आफ्नो आधिकारिक चुनाव चिह्नका रूपमा पाएको छ।
👉 एकता घोषणा भएको भोलिपल्टै दर्ता प्रक्रियामा पुगेको यो दल देशको वाम राजनीति पुनःसंरचना गर्ने दावा गर्दै अघि बढेको छ।
#हाम्रोनेपाल