Nagarik Sanchar

Nagarik Sanchar Professional News Media Centar
Journalist · Always open

14/12/2025

Harka Sampang

14/12/2025

देश कसरी बन्छ सुनाैँ || हर्क सामपाङले हर्कवाद किन भने || Harka Sampang

13/12/2025

जिवल नाथ पोख्रेल सर संग छोटो कुराकानी || Jibannath Pokhre Kulung Kesharman

३० वर्ष महानगर प्रहरीमा काम गरेका लोकनाथ चुडाल अब हर्क साम्पाङसँग राजनीतिमाकाठमाडौं महानगरपालिकामा करिब तीन दशक सेवा गरे...
12/12/2025

३० वर्ष महानगर प्रहरीमा काम गरेका लोकनाथ चुडाल अब हर्क साम्पाङसँग राजनीतिमा

काठमाडौं महानगरपालिकामा करिब तीन दशक सेवा गरेका पूर्व नगर प्रहरी सई लोकनाथ चुडाल अब धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष बनेका छन्। २०५० भदौदेखि २०७९ पुससम्म नगर प्रहरीमा काम गरेका चुडालले अवकाश लिँदै गर्दा तत्कालीन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गरेको अत्याचार सहन नसकेर राजीनामा दिएको सार्वजनिक रूपमा बताएका थिए। नगर प्रहरी सेवाबाट अलग भएको तीन वर्षपछि उनी राजनीतिमा प्रवेश गरेका हुन्।

चुडालले हर्क साम्पाङसँग पहिलो भेट काठमाडौंमा चार महिनाअघि भएको बताउँछन्। त्यतिबेला छोटो कार्यक्रममार्फत परिचय भएपछि धरानमा २०–२५ मिनेटको वैचारिक छलफलले आफू साम्पाङको विचार, श्रम–उत्पादनमूलक राजनीति र राष्ट्रवादप्रति उनी देखाएको प्रतिबद्धताबाट प्रभावित भएको चुडालले बताए। त्यसपछि भएका भेटघाट र निरन्तर संवादले पार्टीमा जिम्मेवारी लिन प्रेरित गरेको उनले बताए।

उनका अनुसार पार्टी उपाध्यक्षको प्रस्ताव स्वयं साम्पाङले नै गरेका थिए। यसअघि उपाध्यक्ष देवराज, महासचिव आरेन राईलगायतसँग लगातार भएको वैचारिक बैठकहरूले पनि आफूलाई पार्टीको नजिक ल्याएको चुडालको भनाइ छ। उनी भन्छन्, “राजनीति सही दिशामा भए मात्र राष्ट्र सही ट्रयाकमा जान्छ। श्रम, उत्पादन, आत्मनिर्भरता र सार्वभौमिकतामा आधारित नयाँ राजनीतिक मूल्य चाहिएको थियो।”

चुडालले मुलुकको मूलभूत समस्या विदेशी हस्तक्षेप, असमान सम्झौता, एनजीओ–आईएनजीओमार्फत समाजमा फैलिएको विभाजन र राजनीतिक नेतृत्वको कायरता भएको दाबी गरे। विशेषगरी एमसिसीलाई संविधानभन्दा माथि राखिएको आरोप गर्दै उनले यसलाई राष्ट्रिय स्वाधीनतामा ठाडो हस्तक्षेपको उदाहरण भने। “सबै दल बिक्री भएका छन्, व्याख्यात्मक टिप्पणी पनि त्यही प्रमाण हो,” उनले टिप्पणी गरे।

पूर्वराजनीतिक पृष्ठभूमिबारे चुडाल भन्छन्, विद्यार्थी जीवनमा माले हुँदै एमालेमा रहे पनि २०५३ सालमा महाकाली सन्धिपछि एमाले छाडे। त्यसपछि माओवादी पार्टीको परिवर्तनकारी एजेन्डाबाट प्रभावित भएर धेरै वर्षगतसम्म समर्थन गर्दै कर्मचारी संगठनमा सक्रिय रहे। २०७४ पछि माओवादी पनि छोडेर स्वतन्त्र बसेको उनी बताउँछन्।

बालेन शाहतर्फ कटाक्ष गर्दै चुडालले काठमाडौं महानगरमा नौ महिना काम गर्दा उहाँको टिम कमजोर, आर्थिक पारदर्शिता अभाव र कर्मचारीमाथि दमन देखिएको दाबी गरे। “यदि बालेनजी हर्कजीजस्तो आत्मनिर्भरता र राष्ट्रवादको विचार बोकेका भए, म त्यहीँ हुन्थेँ,” उनी भन्छन्।

चुडालले आफू अहिले असल राष्ट्रवाद, श्रमकेन्द्रित अर्थनीति, सामूहिक उत्पादन, जमिनको संरक्षण र आत्मनिर्भर नेपालको स्पष्ट एजेन्डासहित हर्क साम्पाङकै विचारमा विश्वास गरेर पार्टीको उपाध्यक्ष बन्न तयार भएको बताए। “यदि कुनै दिन श्रम संस्कृति पार्टीले पनि राष्ट्रिय हितविपरीत काम गर्‍यो भने म एक्लै भए पनि राष्ट्रिय स्वाधीनताको पक्षमा उभिरहनेछु,” उनले भने।

चुनाव गराउने सरकारलाई यत्रो ठुलो मन्त्रीमण्डल किन ?
12/12/2025

चुनाव गराउने सरकारलाई यत्रो ठुलो मन्त्रीमण्डल किन ?

नगर प्रहरीका पूर्वसई लोकनाथ चुडाल बने श्रम संस्कृति पार्टीको बरिस्ठ उपाध्यक्ष
12/12/2025

नगर प्रहरीका पूर्वसई लोकनाथ चुडाल बने श्रम संस्कृति पार्टीको बरिस्ठ उपाध्यक्ष

10/12/2025

हर्कमय देश बन्यो || अव चल्छ हर्कवाद || बन्यो श्रम संस्कृती पार्टीमय देश || Harka Sampang

जसपा सिङगै टिम श्रम संस्कृती पार्टीमा || हर्कवादले मात्र देश बन्छ || Harka Sampang A Revulation
09/12/2025

जसपा सिङगै टिम श्रम संस्कृती पार्टीमा || हर्कवादले मात्र देश बन्छ || Harka Sampang A Revulation

जसपा सिङगै टिम श्रम संस्कृती पार्टीमा || हर्कवादले मात्र देश बन्छ || Harka Sampang A Revulation ...

को कस्को कस्तो चुनाव चिन्ह हेराैँ ||
08/12/2025

को कस्को कस्तो चुनाव चिन्ह हेराैँ ||

08/12/2025

Harka sampang ||

07/12/2025

पुर्व उर्जा जलस्रोत तथा सिँचाई मन्त्री खडका गृह जिल्लामा आएर सञ्चार कर्मिहरु संगको भेट्मा यसतो ||

07/12/2025

नेपालको पछिलो राजनितिक घट्नाले नक्खु कारागारलाई राजनितिक पावर हाउस बनायो !

Address

Kathmandu
56900

Alerts

Be the first to know and let us send you an email when Nagarik Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Sanchar:

Share