Smartpati

Smartpati Smartpati.com is an online News Portal of Nepal. Smartpati Media House.

सापकोटाको ‘यात्राको लय’माथि चर्चापरिचर्चा
03/06/2025

सापकोटाको ‘यात्राको लय’माथि चर्चापरिचर्चा

  काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’माथि चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएक....

गृहमन्त्रीको राजीनामाबाट माओवादी पछि नहट्ने अडान
02/06/2025

गृहमन्त्रीको राजीनामाबाट माओवादी पछि नहट्ने अडान

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुप....

बैशाख महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) प्रदान गरिएको !  #नेपाल  #नेपालप्रहरी
02/06/2025

बैशाख महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) प्रदान गरिएको !

#नेपाल #नेपालप्रहरी

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जेष्ठ १९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्र...
02/06/2025

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जेष्ठ १९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको आचरण, व्यवहारमा सुधार ल्याई अनुशाशित भई आफ्नो पदिय जिम्मेवारी अनुसार भातृत्व र बन्धुत्व भावका साथ संगठनको हित र श्रीबृद्दीमा लागि पर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुका साथै संगठनलाई आँच आउने कृयाकलाप गर्ने प्रहरी कर्मचारीहरुलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई तत्काल पुरष्कृत गरीने बताउनु भयो ।
वहाँले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान गर्न र धेरै खुल्ला सिमाना भएको झापा जिल्लामा हुन सक्ने सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागु औषध ओसार पसार नियन्त्रण गर्न आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ ।
सोही क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण गर्नुका साथै बिपद उद्धारमा प्रयोग हुने सामग्रीहरुको अवलोकन गर्नु भई वर्षायामको समयमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुख कार्कीलाई झापा जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु, भारतीय काउन्टर पार्टस संगको समन्वय र सहकार्य लगायतका विषयहरुमा अवगत गराउनु भएको थियो ।

#नेपाल #नेपालप्रहरी

02/06/2025

अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ।
तारकेश्वर नगरपालिका वडा नं -०६ , धर्मस्थली।

प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूलाई  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उ...
02/06/2025

प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीबाट मायाको चिनो प्रदान गरी एक समारोहका बिच बिदाइ गर्नुभएको कार्यक्रम सम्पन्न !

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख विनोद घिमिरेज्यूलाई नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२।०२।१३ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भई नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन हुनु भएका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूलाई आज मिति २०८२।०२।१९ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पदभार ग्रहण गर्नु भएका प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीबाट वहाँको व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जिवनमा सफलताको शुभकामना दिनु भई मायाको चिनो प्रदान गरी एक समारोहका बिच बिदाइ गर्नुभएको ।
#नेपाल #नेपालप्रहरी

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा प्रहरी टोली खटि गई चालकलाई उद्धार गर...
02/06/2025

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा प्रहरी टोली खटि गई चालकलाई उद्धार गरी उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको !
मिति २०८२।०२।१८ गते जिल्ला धनकुटा साँगुरीगढी गाँउपालिका १ तमोर करिडोर सडक खण्ड अन्तर्गत भगुवा खोलामा रौता कन्ट्रकसनको पानी बोक्ने ट्याङकर अनियन्त्रीत भई बाटोमा पल्टि दुर्घटना हुँदा ट्याङकर भित्रनै च्यापिएको अवस्थामा रहेको चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा प्रहरी टोली खटि गई चालकलाई उद्धार गरी उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको ।

#नेपालप्रहरी #नेपाल

01/06/2025

तारकेश्वरका माहिला दिदीबहिनी हरू उद्योग सञ्चालन गर्नु होस नगरपालिकाले सहयाेग गर्छ : नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी भएको आदेश आजका मिती देखि २ महिना सम्मका लागि !
01/06/2025

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी भएको आदेश आजका मिती देखि २ महिना सम्मका लागि !

नेपाल सार्बजनिक यातायात व्यवसायी संघको आन्दोलनलाई समर्थन जनाउदै तारकेश्वर यातायात प्रा. लि द्वारा भोलि देखि अनिश्चितकाली...
01/06/2025

नेपाल सार्बजनिक यातायात व्यवसायी संघको आन्दोलनलाई समर्थन जनाउदै तारकेश्वर यातायात प्रा. लि द्वारा भोलि देखि अनिश्चितकालीन सबै यातायात सेवा बन्द गर्ने भएको छ ।
#यातायात
#आन्दोलन
#तारकेश्वर

हराएको झोला  सहित नगद रकम फेला पारी जिम्मा लगाईएको :जिल्ला कपिलवस्तु,बाणगंगा नगरपालिका वडा नं. ०१ चार नं. बाट बुटवल जाने...
01/06/2025

हराएको झोला सहित नगद रकम फेला पारी जिम्मा लगाईएको :
जिल्ला कपिलवस्तु,बाणगंगा नगरपालिका वडा नं. ०१ चार नं. बाट बुटवल जाने क्रममा जेब्रा झोला अदली बदली भएको भनि खबर प्राप्त भए पश्चात खोजी कार्य गरी फेला पारी झोलामा रहेको नगद ११,००० अक्षरुपी (एघार हजार) आज मिति २०८२।०२।१७ गते फेला पारी निज (झोला धनि) लाई इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु कार्यालयमा उपस्थित गराई झोला र झोलामा रहेको नगद ११,००० अक्षरुपी (एघार हजार) जिम्मा लगाईएको,

#नेपाल #नेपालप्रहरी

८० किलो १२० ग्राम ला.औ.गांजा सहित २ जना मानिस पक्राउ ।मिति २०८२।०२।१८ गते राती बिहान अं. ०१:३० बजेको समयमा जिल्ला मकवानप...
01/06/2025

८० किलो १२० ग्राम ला.औ.गांजा सहित २ जना मानिस पक्राउ ।
मिति २०८२।०२।१८ गते राती बिहान अं. ०१:३० बजेको समयमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.०३ थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागू औषध ओसार पसार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटीएको प्रहरी चेकिङ टोलीले सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा डाडाँबास तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको बा.५ च ४४११ नम्बरको टाटा सुमो गाडीलाई रोकी चालक जिल्ला गोरखा पालुङटार न.पा. वडा नं.१० मिरकोट स्थायी घर भई हाल जि.का.म.न.पा.वडा नं.१३ कालिमाटी डेरा गरी बस्ने वर्ष २८ को मधु सुदन अधिकारी र सोही सुमोमा सवार रहि आएका जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं.०८ खोरभञ्ज्याङ स्थायी घर भई हाल जि.काठमाण्डौ स्थित डल्लुमा डेरा गरी बस्ने वर्ष २५ को नवराज खड्कालाई शंका लागी निजहरुको शरीर तथा सुमो गाडी समेतको रितपुर्वक खानतलासी गर्दा सुमो भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा ला.औ.गांजा ८० किलो १२० ग्राम फेला परेको हुंदा उक्त ला.औ. तथा सुमो बरामद गरी निजहरु मधु सुदन अधिकारी र नवराज खड्कालाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ला.औ.कसुर मुद्धामा १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।

#नेपालप्रहरी #नेपाल

Address

Ward No. 16
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Smartpati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smartpati:

Share