Chiya Guff

Chiya Guff ☕ चिया, गफ र real talk
💬 मनोरञ्जन, विचार, सवाल – सबै एउटै ठाउँमा
🌱 खुला मञ्च: बोल, share गर, debate गर
“सिर्फ चिया होइन, विचार पनि”

23/05/2026

शान्त ठाउँ, थोरै मुस्कान अनि आफ्नै संसार..
Chiya Guff ☕

Happy Int'l Tea  day to all. ❤️ चिया संग जोडिएका मनपर्ने यादहरु सुनाउनुहोला! Chiya Guff ☕
21/05/2026

Happy Int'l Tea day to all. ❤️ चिया संग जोडिएका मनपर्ने यादहरु सुनाउनुहोला! Chiya Guff ☕

20/05/2026

कहिलेकाहीँ शब्दभन्दा पनि मौनताले धेरै कुरा बोलिरहेको हुन्छ। 🤗💯

17/05/2026

यात्रा नै जिन्दगी बुझ्ने साधन रहेएछ 💯🔥
#रोशी

09/05/2026

मलाइ पनि जबरजस्त भगाउँछु भन्ने मान्छे चाहियो...😜❤️
#रोशी

08/05/2026

“भीडभित्रको एक्लोपन”
मान्छेहरूको भीडमा उभिएको छु म,
तर आफ्नै मनसँगको दूरी
दिनदिनै बढ्दै गएको छ।
वरिपरि हाँसोको आवाज छ,
गफहरू छन्, रमाइलो छ,
तर मेरो भित्र भने
अझै पनि एउटा गहिरो चुप्पी बाँचेको छ।
पहिले साथीहरूबीच हराउँथेँ,
अहिले त साथीहरूकै बीचमा
आफैलाई खोजिरहनुपर्छ।
सबैसँग मन खोलेर बोल्ने म,
आजकाल आफ्नै भावनाहरू
आफैभित्र थुन्न सिकेको छु।
कसैले सोध्छ—
“किन यति चुप लाग्न थालेको?”
म हल्का मुस्कुराइदिन्छु,
किनकि सबै कुरा शब्दमा भन्न सकिँदैन,
र सबैले भावना बुझ्दैनन् पनि।
भीड बढ्दै गयो,
सम्बन्धहरू पनि धेरै बने,
तर अचम्म !
मेरो संसार भने झन् सानो हुँदै गयो।
अनि आज बुझें—
एक्लोपन भनेको
एक्लै हिँड्नु होइन रहेछ,
आफ्नो मन बुझ्ने
एउटा आत्मा नहुनु रहेछ।
- roshan

04/05/2026

“म ठीक छु भन्ने मान्छे”

सबैलाई भन्छु — “म ठीक छु…”
तर साँचो के हो भने,
म ठीक हुन खोजिरहेको छु।

मन भित्र धेरै थकान छ,
तर अनुहारमा अझै पनि
जिम्मेवारीको मुस्कान बाँकी छ।

पहिले आफ्नै लागि बाँच्छु जस्तो लाग्थ्यो,
अहिले थाहा भयो —
म त परिवार, समाज र देशका लागि
अझै उभिनु पर्ने मान्छे रहेछु।

रातमा आफ्नै सोचसँग हारिन्छ,
तर बिहान फेरि उठिन्छ —
किनकि हार मान्ने छुट छैन।

कहिलेकाहीँ सबै छोडेर भाग्न मन लाग्छ,
तर देशले केही अपेक्षा गरेको छ जस्तो लाग्छ…
त्यसैले फेरि आफैलाई सम्हाल्छु।

म ठीक छैन,
तर कमजोर पनि छैन।
म लड्दैछु —
आफ्नै भित्री युद्धसँग,
र त्यो जित्नेछु…

किनकि मेरो संघर्ष
मेरो मात्र होइन,
समाज र राष्ट्रको लागि पनि हो।
-Roshan

01/05/2026

कहिलेकाहीँ मञ्चमा उभिनु भन्दा,
भीड बाहिर बसेर निहाल्नु बढी साँचो हुन्छ।
आज म सहभागी होइन, साक्षी हुँ—
जहाँ देखिएका तालीभन्दा नदेखिएका कथा धेरै गहिरा छन्।
Chiya Guff

28/04/2026

राष्ट्रिय चिया दिवसको शुभकामना.. चिया संग जोडिएका मनपर्ने यादहरु सुनाउनुहोला! ❤️
Chiya Guff ☕ परिवार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chiya Guff posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share