Janata liv

Janata liv सत्य, तथ्य र खोजमुलक समाचार

गणेश भगवानको यो दर्शनले तपाईको बिग्रेको काम आवश्य नै सफल हुनेछ। ❤️🙏जय गणेश भगवान! 🙏
10/10/2025

गणेश भगवानको यो दर्शनले तपाईको बिग्रेको काम आवश्य नै सफल हुनेछ। ❤️🙏

जय गणेश भगवान! 🙏

06/10/2025
06/10/2025
06/10/2025

बडा दशैंको मङ्गलमय शुभकामना गणेश भगवानको आशीर्वादले तपाईंहरूको दिन शुभ रहोस्।🙏🕉️

06/10/2025

बौद्ध स्तुपा ❤️🙏

शान्ति, श्रद्धा र आस्थाको प्रतीक ✨
यो दृश्यले मनमा शान्ति र सकारात्मक ऊर्जा भरिदिन्छ।🌿

06/10/2025

Good morning 🌞 भगवान बुढानीलकण्ठको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। 🕉️🙏❣️

06/10/2025

"शुभ बिहानी 🌸🙏
ताप्लेजुङस्थित शक्तिपीठ पाथिभरा माताको मन्दिरबाट आशीर्वाद सहित । सबैमा माता पाथिभराको कृपा रहोस् ।"

06/10/2025

आज शुक्रवार २४७ जना भक्तजनले पाथीभरा माता कोे दर्शन गर्नुभएको छ ।❣️

06/10/2025

कालिञ्चोक माताले हामी सबैको कल्याण गरुन् ! ❤🙏

06/10/2025

बुद्धलाई किन भगवान भनिन्छ ?

भगवान शब्दको अर्थ ईश्वर होईन, जसले तृष्णालाई भंग गर्यो उ नै भगवान हो ।

गौतम बुद्धलाई तथागत बुद्ध वा भगवान बुद्ध दुइवटै नामले जानिन्छ । तर केही मनुष्यहरु भगवान शब्द प्रयोग गर्दा किसिम-किसिमका कुराहरू गर्दछन, कि बुद्धका साथमा भगवान शब्द प्रयोग गर्नु गलत हो र अलग-अलग तथ्य दिदै:-बुद्धलाई भगवान शब्दसग नजोड, उहाँ भगवान होइन इत्यादी कुरा, यस बिसयमा अक्सर चर्चा गरिन्छ ।

"तथागत"
तथ्य+आगत=तथागत ।
तथ्य-सत्य ( सच्चाई )
आगत-अवगत ( सचेत )
तथ्यका साथमा सच्चाइ पुर्बक अबगत गर्नेवला "बुद्ध" तथागत भनिन्छ । "तथागत" पाली भाषाको शब्द हो, जसको मतलब यथाचारी या तथाचारी हो ।
जे सत्य छ त्यो सत्य हो । जस्तैः चोरी नगर्नु, नसा जन्य पदार्थको सेवन नगर्नु, खराब संगत नगर्नु यो सत्य हो । यी चिजहरुले मनुष्यको जीवन दु:खमय ब्यतित हुनेछ । पूरा जिन्दगीभर उसले केही पनि गर्नु सक्दैन । यसका बारेमा कसैले सचेत गर्छ, साबधान गर्छ-कि पछी जीवन कष्ट पुर्बक बित्नेछ । यो खराब कुरा हो यसलाई त्यागी देउ । कुनै किताबमा पढेर कसैले बुझ्दैन बल्की सामाजिक जीवन जिएर मात्र बुझ्छ ।
अर्थात, जुन प्रकारले बोलिन्छ त्यसरी व्यबहारमा लागू गर्नु पर्यो । भगवान बुद्धले मनुष्यको क्षमता भन्दा परको कुरा कहिले बोल्नु भएन । तथागत जे बोल्नु हुन्थ्यो-त्यसलाई स्वयं कै व्यबहारले प्रमाणित गर्नुहुन्थ्यो । आफुले व्यबहारमा प्रयोग गरेपछि मात्र त्यो बोल्नु हुन्थ्यो । त्यस कारण भगवान बुद्धलाई "तथागत" यस नामले सम्बोधन गरिन्छ ।

"भगवान"
बुद्ध धम्ममा "भगवान" को मतलब ईश्वर वा परमेस्वर होइन । भगवान शब्द सबैभन्दा पहिले बौद्ध पुस्तकमा पाइन्छ । पछी यो शब्दलाई हिन्दू ग्रन्थमा अलग अर्थका साथमा प्रयोग गर्न थालीयो ।
भगवानको अर्थ:-
भग्ग+वान=भगवान
भग्ग-भंजन ( नस्ट ) गर्नु ।
वान-तृष्णा ( वासना )

जुन मानबले जिबनमा सम्पुर्ण तृष्णा र वासना, अहिंसा तथा तृष्णा नस्ट गरेको छ । त्यस महान मनुष्यलाई "भगवान" भनिन्छ ।
"भग्ग रागो, भग्ग मोहो, भग्ग दोसो अनासबो । भग्गस्स पापका धम्मा भगवातेनपाउच्चित ।"
अर्थ:-
"जुन मनुष्यले राग, मोह, देष एवं तृष्णालाई नस्ट गरेर सम्पुर्ण जीवन अकुसल कर्म र चित्तलाई नास गरेको छ । त्यस कुलकर्मी महापुरुषलाई "भगवान" भनिन्छ ।

त्यसैले बुद्ध धम्मलाई अनुसरण गर्नेहरू बुद्धलाई "भगवान बुद्ध" पनि भन्छन । तर यर्थाथमा "बुद्ध" भन्दा धेरै प्रतिष्ठित एवं गौरवपुर्ण नाम या शब्द दुनियाँमा अर्को कुनै छैन । त्यसैले बुद्ध नामको अगाडी "भगवान", "महात्मा" या अरु कुनै गौरवपुर्ण शब्द लगाउनुको आबस्यक्ता छैन ।

भगवान शब्दको शाब्दिक अर्थ:-
आम भाषामा भगवान शब्दको अर्थ हो ईश्वर या परमात्मा, सर्ब शक्तिमान, सृष्टिको रचयिता, पालनहारक र यसको संहार गर्नेवाला जसको नाम मात्रै जप्नाले, ध्यान गर्नाले उ प्रसन्न हुन्छ र भक्तका पापलाई क्षमा गरेर उसलाई भाव सागरबाट तारी दिन्छ ।
फेरि बुद्धका अनुयायीद्वारा बुद्धलाई भगवान शब्दको उपाधी किन ?
यसका लागी अलिकति गहिराइमा जानू पर्छ । पाली भाषामा कयौं शब्द संस्कृत भाषा जस्तैः छ । तर काहीं काहीं त्यसको साब्दिक अर्थ अलग अलग छ ।
पाली भाषामा भगवानको अर्थ:-
पालिमा भगवान अथवा भगवतं दुई शब्दले बनिएको छ-भग+वान । पालिमा भगको अर्थ हुन्छ-भंग गर्नु, तोडनु अथवा भाग गर्नु उपलब्धिलाई बाडनु आदि र वानको अर्थ हुन्छ धारणकर्ता, तृष्णा आदि । यानी जसले तृष्णालाई भंग गरिदियो त्यो भगवान ।

पाली ग्रन्थमा बुद्धका लागी प्रयुक्त भगवान अथवा भगवा शब्दलाई परिभाषित गर्ने धेरै उदाहरणहरु छ:-
"भग्गरागोती भगवा"-जसले राग भंग गर्यो उ भगवान ।
"भग्दोसोती भगवा"-जसले देष भंग गर्यो उ भगवान ।
"भग्गमोहित भगवा, भग्गमानोती भगवा, भग्ग किलोसोती भगवा, भवानं अंतकरोती भगवा म भग्गकण्डकोती भगवा".........जसले मोह भंग गर्यो, अभिमान नस्ट गर्यो, क्लेस भंग गर्यो, भव संस्कारको अन्त गर्यो, बाधा भंग गर्यो उ भगवान ।
"भग्गमोहिती भगवा"-मोह भंग गर्यो, यस अर्थमा भगवान ।
"भग्गमानोती भगवा"-अभिमान नस्ट गर्यो, यस अर्थमा भगवान ।
"भग्गदिटठिती भगवा"-दार्सनिक मान्यतालाई भंग गर्यो, यस अर्थमा भगवान ।
"भग्गकिलेसोति भगवा"-क्लेस भंग गर्यो, यस अर्थमा भगवान ।
"भजी विभजी पविभजि धम्म्रतन्तिभगवा"-भजी यानी जसले धम्म रत्नलाई सेवन गर्यो, यस अर्थमा भगवान ।

यस्ता कयौ उदाहरण छन जसले भगवान शब्दको अर्थ संस्कृतको शाब्दिक अर्थभन्दा बिल्कुल अलग्गै देखाउछ ।

पालिमा एउटा सुत्त छ:-
इतिपी सो भगवा, अरहं, सम्मासम्बुद्धो,
विज्जाचरणसम्पन्नो सुगुतो लोकविदु,
अनुत्तरो पुरिस सम्म सारथि सत्था देवमनुस्सानं, बुद्धो भगवती ।।

यस्तो जो अर्हन्त छ, सम्यक सम्बुद्ध छ, सम्पुर्ण जागृत छ, लोभ, देष र मोहबाट मुक्त यस्ता भगवान हुनुहुन्छ । सर्बज्ञ छ, ज्ञान र आचरणमा परिपुर्ण हुनुहुन्छ, सुगती प्राप्त छन, बर्तमान, भुत र भबिस्यलाई जान्नेवाला छ, यर्थाथबादी-तथाकारी, जे बोल्छ त्यही अनुरुपको व्यबहार हुन्छ, मनुष्यलाई लोभ, द्धेष र मोहबाट छुटाउने वाला अनुपम सारथि हुनुहुन्छ, देवता र मनुष्यको शास्ता हुनुहुन्छ, उपदेशक हो, मनुष्यमा यस्तो अनुपम-श्रेष्ठतम भगवान बुद्ध हो ।

-सुर्य तामाङ्ग घिसीङ्ग

Address

Chuchchepati, Chabahil
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Janata liv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share