
22/07/2025
मिति २०८२।०४।०६ गते अं. ०८;३० बजेको समयमा जि.रौतहट गरुडा न.पा.-४ नापी कार्यालय स्थित चपुर गौर सडकखण्डमा चपुरबाट गौर तर्फ जादै गरेको ग ३ च ६८९६ नंं. को रातो रंगको कार ट्राफिक प्रहरिको चेकिङगको क्रममा भाग्दा प्रहरी द्वारा पिछा गर्ने क्रममा सो कार अनियन्त्रित भइ गरुडा स्थित झाझपुल नजिक बाटोबाट अ. १० फिट तल कार झरेको, चालक फरार भएको।
उक्त सवारी साधन बाटोमा निकाली चेकजँच गर्दा गाडीको डिक्कीमा प्लाष्टिकको १३ वटा पोकामा बेरी लुकाई छिपाई राखेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ १३३ के.जि. बरामद गरी उक्त ला.औ.गाँजा र गाडी इप्रका गरुडाको नियन्त्रणमा राखिएको । थप अनुसन्धान भइरहेको।