Janata news

Call Directions

Janata news where news comes first.. providing fastest news in nepal.
(3)

काठमाडौं । उत्तर कोरियाले दुईवटा शङ्कास्पद ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानी प्रधानमन्त्री सानाए ताकाइची...
12/10/2026

काठमाडौं । उत्तर कोरियाले दुईवटा शङ्कास्पद ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानी प्रधानमन्त्री सानाए ताकाइचीले सम्बन्धित निकायलाई सूचना विश्लेषण र यातायात सुरक्षामा जुट्न निर्देशन दिएकी छन्।

अक्टोबर १२ को बिहान ९ः२० र ९ः४० बजे जापान सागरतर्फ प्रक्षेपण गरिएको जापानी अधिकारीहरूको भनाइ छ। दुवै क्षेप्यास्त्र विशेष आर्थिक क्षेत्रबाहिर खसेको अनुमान गरिएको छ भने विमान र पानीजहाजमा क्षतिको खबर आएको छैन।

ताकाइचीले घटनासम्बन्धी सूचना समयमै सार्वजनिक गर्न पनि आग्रह गरेकी छन्। उत्तर कोरियाले यसअघि अक्टोबर ३ मा पूर्वी तटीय सहर वोनसानबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतान्त्रिक अधिकार खुम्चिएको र नागरिक बोल्न डराउने अवस्था आएको आरोप ल...
12/10/2026

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा लोकतान्त्रिक अधिकार खुम्चिएको र नागरिक बोल्न डराउने अवस्था आएको आरोप लगाएका छन्। आइतबार आयोजित पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलामा उनले फरक धारणा राख्नेहरूमाथि दबाब र दुर्व्यवहार भइरहेको दाबी गरे।

ओलीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटको आलोचना गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई लोकप्रिय बनाइएको बताए। जनताले राजनीतिक प्रचारबाजी चिन्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए।

आफूविरुद्ध देशभित्र र बाहिरबाट घेराबन्दी भएको आरोप लगाउँदै ओलीले भीष्मपितामहसँग आफ्नो तुलना गरे। पार्टीमा नयाँ पुस्तालाई जिम्मेवारी दिने प्रक्रिया सिलसिलाबद्ध रूपमा अघि बढ्ने उनको भनाइ थियो।

काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित भएका छन्। १५औँ महाधिवेशनमा १ हजार ७४५ मत ल...
12/10/2026

काठमाडौं । उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित भएका छन्। १५औँ महाधिवेशनमा १ हजार ७४५ मत ल्याएर विजयी भएका चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पछि पारे।

२०६४ सालको संविधानसभा निर्वाचनपछि एमालेको समानुपातिक सूचीबाट सभासद बनेका चौधरी २०७४ मा कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य बनेका उनी अहिले उपसभापतिमा पुगेका हुन्।

२०७९ मा पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य जितेका चौधरी पछिल्लो निर्वाचनमा भने रास्वपाका विक्रम खनालसँग पराजित भएका थिए। सुरुमा शेरबहादुर देउवा समूहमा रहेका उनी पछि गगन थापा पक्षमा लागेका हुन्।

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा अनियमितता भएको आरोपबारे पुनः अनुसन्धानको माग उठेको छ। २०७७ चैत १९ मा करिब...
12/10/2026

काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा अनियमितता भएको आरोपबारे पुनः अनुसन्धानको माग उठेको छ। २०७७ चैत १९ मा करिब पाँच अर्ब १९ करोड ८६ लाख रुपैयाँमा भएको ठेक्का सम्झौताको प्रतिस्पर्धा र पारदर्शितामाथि प्रश्न उठाइएको हो।

महालेखा परीक्षकको २०७९ को प्रतिवेदनमा अन्य प्रस्ताव अस्वीकृत भएपछि एउटै बोलपत्र स्वीकृत गरिएको र ठेक्का रकम लागत अनुमानभन्दा ०.३९ प्रतिशत मात्र कम रहेको उल्लेख छ। अग्रिम भुक्तानी र निजी परामर्शदाता नियुक्तिको खर्चबारे पनि प्रश्न उठेका छन्।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले अवकाशप्राप्त पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत अनुसन्धानको दायरामा आउन सक्ने तर्क गरेका छन्। अधिवक्ता भोजराज भट्टले पनि न्यायपालिकाको स्वतन्त्रताका नाममा अनियमितताको आरोपलाई छानबिनबाट अलग राख्न नहुने बताएका छन्।

काठमाडौँ । कांग्रेसको १५औँ महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौलालाई निर्वाचित गरेको छ।उपस...
11/10/2026

काठमाडौँ । कांग्रेसको १५औँ महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौलालाई निर्वाचित गरेको छ।

उपसभापतिको प्रतिस्पर्धामा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी विजयी भएका छन्। महाधिवेशनबाट यी दुई पदमा गरी छ जना नयाँ पदाधिकारी निर्वाचित भएका हुन्।

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्रीको सुरुवाती मतगणनामा रामहरि खतिवडा पहिलो र डिल्लीराम सुवेद...
11/10/2026

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्रीको सुरुवाती मतगणनामा रामहरि खतिवडा पहिलो र डिल्लीराम सुवेदी दोस्रो स्थानमा छन्। हालसम्म गनिएका ५८४ मतमा खतिवडाले २८९ र सुवेदीले १८७ मत ल्याएका छन्। सुवेदीभन्दा १३ मत पछाडि रहेका अजयबाबु शिवाकोटीको १७४ मत छ।

त्यसपछि देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८० र रमेश धमलाले ७७ मत पाएका छन्। अमृतकुमार अर्याललाई ३२ तथा विमलराज क्षेत्रीलाई २१ मत प्राप्त भएको छ।

यो समूहबाट दुई जना सहमहामन्त्री चयन हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

काठमाडौं । कांग्रेसको खुलातर्फ उपसभापतिका उम्मेदवार चन्द्रकान्त भण्डारीले गणना भएको ६ हजार मतमध्ये ३ हजार १०६ मत पाएका छ...
11/10/2026

काठमाडौं । कांग्रेसको खुलातर्फ उपसभापतिका उम्मेदवार चन्द्रकान्त भण्डारीले गणना भएको ६ हजार मतमध्ये ३ हजार १०६ मत पाएका छन्। पार्टीको १५औँ महाधिवेशनमा उक्त पदका लागि सात उम्मेदवार प्रतिस्पर्धामा छन्।

पछिल्लो विवरणमा भण्डारीको विजय सुनिश्चित भएको बताइएको छ। यद्यपि अन्य उम्मेदवारको मत र अन्तिम परिणाम सार्वजनिक भएको विवरण उपलब्ध छैन। महाधिवेशनमा कुल ७ हजार ३९ प्रतिनिधि रहेका छन्।

11/10/2026

नेपालले क्यानाडा बिरुद्द २४ रनले जित्यो !

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको जारी मतगणनामा समावेशीतर्फ उपसभापतिका उम्मेदवार विनोद कुमार चौधरीले अग्रता ...
11/10/2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको जारी मतगणनामा समावेशीतर्फ उपसभापतिका उम्मेदवार विनोद कुमार चौधरीले अग्रता कायम राखेका छन्। ३ हजार ४३५ मत गनिसक्दा चौधरीले ८९६ र जीवन परियारले ८२९ मत पाएका छन्।

फरमुल्लाह मंसुरले ४६९, रञ्जीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेकाले अन्तिम परिणाम आउन बाँकी छ।

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। आइतबार जारी सूच...
11/10/2026

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। आइतबार जारी सूचनाअनुसार उद्धारमा चार हेलिकप्टर र स्थलमार्गबाट खटिएको सुरक्षा टोली परिचालित थिए।

अन्य सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्दै थप खोज तथा उद्धार जारी रहेको सेनाले जानकारी दिएको छ।

Address

Chabahil
Kathmandu
44600

Telephone

+17032299706

Website

Alerts

Be the first to know and let us send you an email when Janata news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share