Janata news

Janata news where news comes first.. providing fastest news in nepal.

इजरायलले दुई वर्षपछि मात्रै भन्यो– “विपिन जोशी जीवित छैनन्”; नेपालमा उठ्यो प्रश्न– के परिवारको पीडा ‘कूटनीतिक खेल’को हिस...
13/10/2025

इजरायलले दुई वर्षपछि मात्रै भन्यो– “विपिन जोशी जीवित छैनन्”; नेपालमा उठ्यो प्रश्न– के परिवारको पीडा ‘कूटनीतिक खेल’को हिस्सा थियो?

हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युबारे इस्रायलले करिब दुई वर्षपछि औपचारिक रूपमा पुष्टि गरेको छ। इस्रायली अधिकारीहरूले अमेरिकामा रहेका विपिनकी आमा र बहिनी तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई सम्पर्क गरी उनको निधनको जानकारी दिएका हुन्। यो तथ्य इस्रायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन्।

जोशीलाई २०८० असोज २३ गते हमासले किबुज आलुमिमबाट अपहरण गरेको थियो। मंसिरसम्म जीवित रहेको उनको भिडियो सार्वजनिक भए पनि त्यसपछि उनीबारे कुनै सूचना दिइएको थिएन। अहिले जब हमासले आफ्ना कब्जामा रहेका २० युद्धबन्दी हस्तान्तरण गर्दैछ, ठीक त्यही समयमा इस्रायलले विपिनको मृत्युको पुष्टि गरेको छ — जसले असंख्य प्रश्नहरू जन्माएको छ।

राजनीतिक विश्लेषकहरू र सर्वसाधारणबीच अहिले चर्चा छ — के इस्रायललाई जोशीको मृत्यु पहिले नै थाहा थियो? के उनले विपिनको परिवारलाई दुई वर्षसम्म आशाको भ्रममा राख्दै यो ‘कूटनीतिक कार्ड’को रूपमा प्रयोग गर्‍यो?

जोशी परिवार विगत वर्ष इस्रायल पुगेको थियो, अहिले उनीहरू अमेरिका रहेका छन्। इस्रायलले लगातार सहानुभूति देखाए पनि सत्य लुकाएको आरोपले अहिले तातो बहस सिर्जना गरेको छ।

नेपालका नागरिकका लागि यो केवल एक नेपाली युवकको मृत्यु होइन — यो विदेशमा रहेका श्रमिक र विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाउने घटना बनेको छ। साथै, यसले ठूला शक्तिहरूले मानवीय संवेदनालाई राजनीतिक औजारका रूपमा प्रयोग गर्ने संस्कृतिमाथि पुनः ध्यानाकर्षण गराएको छ।

काठमाडौँ — जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले अब सबै भ्रष्टाचारका फाइलहरू क्रमशः बाहिर आउने दाबी गरेका छन्।माओवादी केन्...
13/10/2025

काठमाडौँ — जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले अब सबै भ्रष्टाचारका फाइलहरू क्रमशः बाहिर आउने दाबी गरेका छन्।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको पक्राउपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, **“सुरु भयो, अब सबै फाइलहरू खुल्नेछन्।”**

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार, सन् २०७९ पुस १० गते दुबईबाट नेपाल ल्याइएको सुन प्रकरणमा महराको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

एक टेलिभिजन अन्तर्वार्तामा नाम नलिई उनले जेन–जी आन्दोलनपछि देखिएका राजनीतिक व्यवहार र प्रतिक्रियाहरूमा यी दुई नेताको चरि...
13/10/2025

एक टेलिभिजन अन्तर्वार्तामा नाम नलिई उनले जेन–जी आन्दोलनपछि देखिएका राजनीतिक व्यवहार र प्रतिक्रियाहरूमा यी दुई नेताको चरित्र झल्किएको उल्लेख गरे।

‘म व्यक्ति होइन, प्रवृत्तिको कुरा गर्दैछु,’ उनले भने, ‘यो जेनजी आन्दोलनले सतहमा ल्याएको कुरा के हो भने, संविधान जारी भएपछि देशले सुशासन र समृद्धिको बाटो लिनुपर्नेमा तीनवटै ठूला दलका नेताले पालैपालो कुर्सीको खेल खेले। र आन्दोलन पनि उनीहरूकै विरुद्ध लक्षित भयो।’

उनका अनुसार, ‘तीनमध्ये एक जना अहिले पनि सबै ठीक छ भन्छन्, त्यो बाघ प्रवृत्ति हो — आफैँ डगमगाउँदा पनि गर्जन खोज्ने। अर्कोचाहिँ ब्वाँसो प्रवृत्ति — फेरि मौका मिल्ला कि भनेर भेडाको छाला ओढ्ने ब्वाँसोझैँ प्रस्तुत हुने।’
भट्टराईले शनिबार सामाजिक सञ्जालमा लेखेका स्टाटसको आशय पनि यही रहेको स्पष्ट पारे। उनले लेखेका थिए,
“सफलताका सय पिता हुन्छन्, असफलता टुहुरो हुन्छ। माछा देखे भित्र हात, सर्प देखे बाहिर हात।”

उनका अनुसार, हाल जेन–जी आन्दोलन सुस्ताएको बेला विगतमा मौन रहेका पुराना नेताहरू फेरि सतहमा आएका छन् र आन्दोलनको श्रेय लिन खोज्दै छन्।

‘विद्रोहका बेला लुकेका नेताहरू अहिले फुत्त निस्किएर सबै मैले गर्‍याँ भनेर बोलिरहेका छन्,’ उनले भने, ‘त्यही सन्दर्भमा मैले त्यो भनाइ प्रयोग गरेको हुँ — माछा देखे भित्र हात, सर्प देखे बाहिर हात।’

भट्टराईले थपे, ‘संविधानपछि सुशासन र समृद्धिको बाटो सुरु हुनुपर्नेमा ठूला दलका नेताहरूले नै त्यसलाई भड्काए। अहिले पनि उनीहरूकै प्रवृत्तिले देशलाई पछाडि तानिरहेको छ।’

12/10/2025

न्युयोर्क टाइम्सको अनुसन्धानले भदौ २४ मा नेपालमा भएको आगजनी स्वतःस्फूर्त नभई सुनियोजित र संगठित प्रकृतिको हुनसक्ने संकेत देखाएको छ। हाना बिच र सजल प्रधानद्वारा तयार गरिएको रिपोर्टमा आगजनीमा संलग्न व्यक्तिहरू, प्रत्यक्षदर्शी, विज्ञसँगको कुराकानी र फोटो–भिडियोको विश्लेषणका आधारमा त्यस्तो नतिजा निकालिएको बताइएको छ।

रिपोर्टले यसअघि नै अनलाइनमा सार्वजनिक भएका नामठेगानाका सूची र त्यसपछि भोलिपल्ट दिउँसो ती नै व्यक्तिहरूका घरहरूमा आगो उठेको तथ्यलाई जोडिएको छ। रिपोर्टमा भनिएको छ, विनाशको परिमाण यस्तो थियो कि दृश्य हेर्दा एकै पटकमा सयौँ हवाई आक्रमण भएको जस्तो देखिन्थ्यो।

अग्नि विज्ञ रिचर्ड ह्यागरले टाइम्सलाई दिएको टिप्पणी उद्धृत गर्दै रिपोर्टले जारी राखेको छ कि “त्यस्तो छोटो समयमा व्यापक रूपमा भवनमा आगो लगाउन कुनै पनि समूहले बिना ठूलो संगठनात्मक तयारी सम्भव छैन; यसका लागि हप्तौँ वा महिना लामो योजना चाहिन्छ।”

हालसम्म जलेको सामग्रीको ल्याब परीक्षण हुन नसक्दा वास्तविक कारण पुष्टि गर्न कठिन भएको रिपोर्टमा उल्लेख छ। विशेषज्ञहरूले नमुना परीक्षण ढिलाइ हुनुले दोषी पत्ता लगाउने प्रक्रिया थप कठिन बनाउने अवस्था सिर्जना गरेको बताएका छन्।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख पवन ढुंगानाले आफ्नो टोलीलाई आगजनी अनुसन्धानका लागि बोलाइएको नभएको र अनुसन्धानमा प्रयोग हुने नमूना परीक्षण नभएको जानकारी दिएका छन्। उनले भनेका छन्, “देशभरि नजरअन्दाजजस्तो देखिने आगजनीका घटना हुँदा नियोजित भएको शंका उठ्न सक्छ, तर अहिले हामीसँग ठोस प्रमाण छैन।”

टाइम्सको रिपोर्टमा भनिएको छ कि २०७९ साउन २३ गते गोली चलाउनुअघि नै भ्रष्टाचारमा संलग्न ठानिएका व्यक्तिहरूको नामको सूची अनलाइनमा देखा परेको थियो र भोलिपल्टै ती व्यक्तिहरूको घरमा आगो लागेको।

रिपोर्टले संसद् भवनबाट दुई घन्टाभित्र भीड सिँहदरबार तिर पुगेको, सिँहदरबारबाट धुवाँ निस्केको र त्यसपछि ठूलो ज्वाला देखा परेको उल्लेख गरेको छ — ती ज्वाला साधारण भवन जले जस्तो नभई पहिल्यै कुनै द्रव्य राखेर फैलाउन सकिने किसिमको तीव्रता भएको विज्ञहरूले बताएका छन्।

सोधपुछकर्ताहरू र फायर साइन्स विशेषज्ञहरूले आगोको आकार र तीव्रतालाई हेर्दा सोडियम वा म्याग्नेसियमजस्ता रासायनिक पदार्थ प्रयोग गरिएको शंका व्यक्त गरेका छन्; यद्यपि यस्तो निष्कर्ष ल्याउन ल्याब परीक्षण आवश्यक रहेको तिनीहरूले जोड दिएका छन्। ती रासायनिक पदार्थ सामान्य इन्धनझैँ सस्तोमा उपलब्ध नहुने र ठूलो भवन जलाउन धेरै इन्धन आवश्यक पर्ने रिपोर्टले औँल्याएको छ।

थप रूपमा, सिँहदरबारका माथिल्लो तलाका झ्यालहरू सामान्यतया बन्द राखिने भएता पनि उक्त दिन खुला भएका र त्यसले आगो फैलिन मदद पुगेको रिपोर्टमा उल्लेख छ। सिंगापुरस्थित फायर साइन्स फरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कलेйсले प्रश्न उठाएका छन् — “आगो लगाउने द्रव्य भवनभित्र कसरी पसे? के भित्री मिलेमतो थियो? सुरक्षाकर्मीले आफ्नो चौकी छाडेका थिए?”

प्रत्यक्षदर्शी र हिंसामा संलग्न केही व्यक्तिहरूले आगजनीमा इन्धन भरेका भाँडा र पेट्रोल बमसहितका बोतल प्रयोग गरिएको बताएका छन्। रिपोर्टअनुसार आगजनीमा सामेल तीन युवकले अलग–अलग सिफ्टमा काम गरेको र अपरिचित व्यक्तिले मोटरसाइकलबाट तेल बाँडेको बताएका छन्; ती मध्ये दुईजनाले आक्रमणको भिडिओ पनि देखाइएको बताए।

प्रयोगशाला प्रमुख ढुंगानाले अन्ततः भनेका छन्, “हामी यो घटनाका बारेमा जान्न चाहन्छौँ, तर परीक्षण र प्रमाणबिना पत्ता लगाउन गाह्रो जस्तै देखिन्छ।”

12/10/2025

नेपाली सेनाले बेलायतको वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सम्पन्न ‘एक्सर्साइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएको छ।

अन्तर्राष्ट्रिय स्तरको यो सैनिक अभ्यासमा संयुक्त अधिराज्य (बेलायत) सहित ३३ देशका ११७ टोलीले प्रतिस्पर्धा गरेका थिए। सन् १९६० देखि हरेक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि नियमित सहभागिता जनाउँदै आएको हो।

अभ्यासका क्रममा टोलीले करिब ५० पाउण्ड तौल बराबरको हतियार र बन्दोबस्ती सामग्रीसहित दुई दिनभित्र ५० किलोमिटर दूरी पूरा गर्नुपर्ने हुन्छ। यस क्रममा उनीहरूको सैनिक तयारी, सूचना सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापन लगायत विभिन्न सीप र संयमको परीक्षण गरिन्छ।

यसअघि पनि नेपाली सेनाले सोही प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो। यसपालिको जितसँगै नेपाली सेनाले चौथोपटक स्वर्ण पदक आफ्नो नाममा लेखाएको हो।

12/10/2025

सिंहदरबार जलाउनेलाई कारबाही हुनुपर्छ: रक्षा बम

12/10/2025

सुशीला कार्की ओलीकै सिफारिसमा प्रधानमन्त्री बन्नुभएको हो, हाहाहुहु भन्न मिल्दैन

12/10/2025

नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य महेश बस्नेतको खुलेर प्रशंसा गरेका छन्।

बैठकमा ओलीले पार्टीमा चुनौतीपूर्ण समय आएको बेला साहसपूर्वक बोल्ने नेता बस्नेत रहेको भन्दै उनलाई “बहादुर नेताको” रुपमा व्याख्या गरेका हुन्।

महेश बस्नेतबारेको चर्चा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उठाएकी थिइन्। उनले बस्नेतले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिले पार्टीलाई फाइदा नपुगेको दाबी गर्दै सावधानी अपनाउन सुझाव दिएकी थिइन्। “यस्तो बोलाइले संगठनमा गलत सन्देश जान सक्छ,” शाक्यले बैठकमा भनिन्।

उनको भनाइपछि ओलीले तुरुन्तै प्रतिक्रिया जनाउँदै भने, “अप्ठ्यारो समयमा सबै चुप बस्ने रहेछन्, बोल्ने र काम गर्ने चाहिँ महेश मात्रै रहेछन्।” ओलीले संकटको घडीमा बोल्ने नेताको रुपमा बस्नेतको योगदानको उच्च मूल्याङ्कन गर्दै उनको शैली पार्टीका लागि उपयोगी भएको तर्क गरे।

पार्टीभित्रको यो संवादले बस्नेतको अभिव्यक्ति र शैलीबारे नेताहरूबीच भिन्न धारणा रहेको देखाएको छ।

12/10/2025

जेन–जी पुस्ताको तर्फबाट मन्त्रीका लागि सिफारिस भएकी टासी ल्हान्जोममाथि लगाइएका आरोप असत्य र भ्रामक भएको भन्दै इन्डिजिनियस जेन–जी कलेक्टिभ्स र जेन–जी मुभमेन्ट अलायन्सले ती दावाहरू खारेज गरेका छन्।

दुवै समूहले आज संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा आदिवासी जनजातिलाई पछाडि पार्न नियोजित रूपमा षड्यन्त्र र चरित्रहत्या अभियान चलाइएको आरोप लगाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा टासी ल्हान्जोममाथि गरिएको अपमानजनक टिप्पणी र नकारात्मक टिप्पणीको कडा निन्दा पनि गरेका छन्।

विज्ञप्तिमा हुम्लाको नाम्खा गाउँकी २५ वर्षीया जलवायु परिवर्तन अभियन्ता ल्हान्जोममाथि हालसालै ‘नेपालीजस्तो नदेखिने’, ‘विदेशी शक्तिद्वारा प्रभावित’ र ‘नक्कली नागरिकता लिएको’ जस्ता जातीय पूर्वाग्रहपूर्ण र कपोलकल्पित आरोप लगाइएको उल्लेख छ।

यी आरोपहरू पूर्ण रूपमा असत्य र बदनियतपूर्ण रहेको बताउँदै संस्थाहरूले यसलाई आदिवासी समुदायमाथिको ऐतिहासिक पक्षपातको निरन्तरता भनेका छन्। विज्ञप्तिमा भनिएको छ, “नेपालमा गैर–खस भाषा, गैर–हिन्दु संस्कृति र मंगोलियन अनुहार भएकै कारण आदिवासी समुदायहरू दशकौँदेखि राज्यबाट बहिष्कृत हुँदै आएका छन्।”

संविधानको धारा १८ र ४२ ले समानता, सामाजिक न्याय र समावेशी अधिकारको ग्यारेन्टी गरे पनि व्यवहारमा ती अधिकार अझै कार्यान्वयन नभएको उल्लेख गर्दै विज्ञप्तिले यसलाई संविधानको उल्लंघन र संरचनागत अन्यायको निरन्तरता भनेको छ।

संस्थाहरूले राज्यका सबै निकायलाई आदिवासी र आदिवासी महिलाको पहिचानलाई पूर्ण नागरिकका रूपमा मान्यता दिन र विभेद गर्नेहरूमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्। उनीहरूले भनेका छन्, “समावेशी लोकतन्त्रको अर्थ केवल बहुमतको शासन होइन, सबै नागरिकको समान सहभागिता र सम्मानमा आधारित शासन हो।”

विज्ञप्तिसँगै टासी ल्हान्जोमको प्रमाणित नेपाली नागरिकता र वडा कार्यालयको सिफारिसपत्रका प्रतिलिपिहरू पनि सार्वजनिक गरिएका छन्, जसले उनको वैधानिक पहिचानलाई पुष्टि गर्छ।

12/10/2025

हमास र इजरायलबीच भएको युद्धविराम सम्झौतापछि पहिलो चरणमा सोमबारदेखि बन्धकहरूलाई मुक्त गर्ने प्रक्रिया सुरु हुने भएको छ। यही तयारीसँगै गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरिएको छ, जसमा नेपाली नागरिक **विपिन जोशीको नाम पनि समावेश** भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

यसअघि सीएनएनले विपिनसहित दुईजनाको अवस्था अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर, अहिले *टाइम्स अफ इजरायल*, *एपी* लगायतका सञ्चारमाध्यमहरूले जारी गरेको नयाँ सूचीमा विपिन पनि जीवित बन्धकको सूचीमा परेको पुष्टि गरेका छन्।

शुक्रबार सम्पन्न युद्धविराम सम्झौताअनुसार सोमबारदेखि मंगलबारसम्म बन्धकहरूलाई क्रमशः रिहा गरिने अपेक्षा गरिएको छ। सो सम्झौताअन्तर्गत इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरिरहेको बताइएको छ।

२२ जना जीवित ठानिएका बन्धकमध्ये नेपालका विपिन जोशी पनि परेका छन्, जसले नेपालभित्र ठूलो आशा जगाएको छ। उक्त सूचीमा जोशीसँगै गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ–चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।

12/10/2025

पहिलो पटक नेपाललाई दलाई लामाको शुभकामना अनि T.O.B (तिब्बतको र'ग'त) को आतंक के सामान्य संयोग हो?

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Janata news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share