Aarthik Abhiyan

Aarthik Abhiyan The official page of Aarthik Abhiyan, Nepal's leading economic daily. Available in both print and online formats. Check us out now!

Looking for comprehensive coverage of the Nepali economy? 'Aarthik Abhiyan' business news portal has got you covered! Get a 360-degree view of every topic, including investment & capital market, technology, transport, jobs, education, development, housing & real estate, share market, Nepal Stock Exchange, import, export, trade, manufacturing, production, startup business, factory, custom, trade &

exchange, and IPO. Our in-depth coverage of every business vertical of Nepal makes us the first door to Nepali economic information. Staying up-to-date on Nepali economic news, especially regarding the liquor sector? Arthik Abhiyan is your source for current business coverage and intelligence – you'll find what you need here!

‘Arthik Abhiyan’ covers it all! Investment and capital markets, tech, transport, education, housing, real estate - you name it. It even includes info on the liquor industry.

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा निर्वाचन क्षेत्र नं ५ मा आगामी प्रतिनिधि...
20/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा निर्वाचन क्षेत्र नं ५ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उनले निर्वाचन कार्यालय पुगेर आज (मंगलवार) मनोनयन दर्ता गराएका हुन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका निर्वाचन क्षेत्रमा आज मनोनयन दर्ता भइरहेको छ । 

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनयन दर्ता भइरहे...
20/01/2026

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।
 
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार १० ओटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मनोनयन दर्ता भइरहेको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको उनले जानकारी दिए । मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म हुनेछ ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

ठूला पूर्वाधार तथा जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्...
20/01/2026

ठूला पूर्वाधार तथा जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी सो शेयर लिलामीमा राखेको हो ।

कम्पनीको उक्त शेयर प्रतिकित्ता न्यूनतम् रु. ७५ माथि बढाबढ मूल्यमा खरीद गर्न पाइनेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २१ गतेसम्म निष्कासनमा रहने भएको छ । छिटो अवधि माघ ६ गतेभित्र माग बमोजिम आवेदन ...
20/01/2026

सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ माघ २१ गतेसम्म निष्कासनमा रहने भएको छ । छिटो अवधि माघ ६ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि माघ २१ गतेसम्मको निष्कासन मिति तय गरेको हो । यस अवधिभित्र मागभन्दा बढी आवेदन प्राप्त भएमा जुनकुनै दिन निष्कासन बन्द गरिने जानकारी कम्पनीले दिएको छ । 

कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको हो । पुस २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी माघ ४ गते बाँडफाँट गरिसकेको छ । 

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको एफपीओ बाँडफाँट गरेको छ । कम्पनीले पुस २१ गतेदेखि २४ ग...
20/01/2026

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको एफपीओ बाँडफाँट गरेको छ । कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४६ हजार ६८१ जना आवेदकहरुमा माघ ६ गते कम्पनीले एफपीओ बाँडफाँट गरेको हो । यी आवेदकहरुमा पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा बाँकी रहेको ७ कित्ता शेयर भने यी न्यूनतम २० देखि १ हजार कित्तासम्म शेयर माग गर्ने आवेदकहरुमध्येबाट ७ जनालाई एक कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको एफपीओ खरीदका लागि २१ लाख ९९ हजार २६ जनाले आवेदन दिएका थिए । यी आवेदकहरुमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन मात्र रितपूर्वक भएको जानकारी विक्री प्रबन्धकले दिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको एफपीओ बाँडफाँट भएको हो ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गते (आज) देखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने ...
20/01/2026

शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गते (आज) देखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२ दशमलव ६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता आईपीओ सर्वसाधारण लगानीकर्तामा निष्कासन गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

काठमाडौँ । नेपाल टेलिकमले करीब ५ अर्ब रुपैयाँको विवादित बिलिङ प्रणाली खरीदको ठेक्का प्रक्रिया रद्द गरेको छ । कम्पनीले आइ...
20/01/2026

काठमाडौँ । नेपाल टेलिकमले करीब ५ अर्ब रुपैयाँको विवादित बिलिङ प्रणाली खरीदको ठेक्का प्रक्रिया रद्द गरेको छ । कम्पनीले आइतवार सूचना जारी गर्दै ‘कन्भर्जेन्ट रियलटाइम बिलिङ’ तथा ग्राहक सहयोग प्रणालीसम्बन्धी विवादित ठेक्का प्रक्रिया रद्द गरेको हो । 

आपूर्ति, डेलिभरी, जडान तथा सञ्चालनका लागि आह्वान गरिएको बोलपत्र रद्द गरिएको टेलिकमको केन्द्रीय खरीद विभागले जारी गरेको सूचनामा उल्लेख छ । उक्त बोलपत्र सन् २०२५ मार्च १८ मा सार्वजनिक खरीद प्रणाली (ई–जीपी)मार्फत प्रकाशन गरिएको थियो । कम्पनीका अनुसार २ माघ २०८२ को निर्णयअनुसार ठेक्का प्रक्रिया रद्द गरिएको हो । 

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)मा योजना व्यवस्थापकले लगानी गर्नुपर्ने बीज पूँजी रकम घटाएको छ । ...
20/01/2026

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फन्ड)मा योजना व्यवस्थापकले लगानी गर्नुपर्ने बीज पूँजी रकम घटाएको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९(२) मा रहेको व्यवस्थाबमोजिम म्युचुअल फन्ड सञ्चालनका लागि योजना व्यवस्थापकले लगानी गर्नुपर्ने बीज पूँजीको प्रतिशत घटाएको हो । 

यसअघि १५ प्रतिशत बीज पूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकोमा अब तोकेको निश्चित मापदण्ड पूरा गरेको अवस्थामा योजनाको आकारको १० प्रतिशत वा ५ प्रतिशत बीज पूँजी राख्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था माघ १ गतेदेखि लागू भएको बोर्डले जानकारी दिएको छ । 

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढेको छ । यसका लागि निर्वाचन आयोग र दलहरूले चुनावी तयारीका क...
20/01/2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढेको छ । यसका लागि निर्वाचन आयोग र दलहरूले चुनावी तयारीका कामलाई तीव्रता दिन थालेका छन् । दलहरूले उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुर्याएका छन् भने प्रचारप्रसारलाई पनि अघि बढाउँदै छन् । 

आयोगले देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा आज (मंगलवार) हुने मनोनयनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मुलुकभरका १६५ ओटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ/छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जानकारी दिए ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

नेपालको जलविद्युत् क्षेत्र पछिल्लो २ दशकमा अर्थतन्त्रको सबैभन्दा गतिशील र रूपान्तरणकारी क्षेत्रका रूपमा उभिएको छ । स्वतन...
20/01/2026

नेपालको जलविद्युत् क्षेत्र पछिल्लो २ दशकमा अर्थतन्त्रको सबैभन्दा गतिशील र रूपान्तरणकारी क्षेत्रका रूपमा उभिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको पछिल्लो अध्ययनले यो तथ्यलाई अझ स्पष्ट बनाएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको लगानी १३ खर्ब रुपैयाँ नाघ्नु भनेको नेपालको ऊर्जा आत्मनिर्भरता, वित्तीय प्रणालीको विस्तार र समग्र आर्थिक रूपान्तरणको संकेत हो ।

सञ्चालनमा रहेका, निर्माणाधीन तथा विकासका विभिन्न चरणमा रहेका ९ सयभन्दा बढी जलविद्युत् आयोजनामध्ये करीब ९० प्रतिशतमा निजी क्षेत्रको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता छ । कुल विद्युत् उत्पादन क्षमतामा ८० प्रतिशतभन्दा बढी योगदान निजीक्षेत्रकै हुनु यो क्षेत्र राज्यकेन्द्रित सोचबाट निजी–सार्वजनिक सहकार्यतर्फ निर्णायक रूपमा अघि सरेको प्रमाण हो ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

पूर्वी नेपालका जिल्लाहरूमा सीमित ठूलो अलैंची खेतीलाई पश्चिम नेपालका जिल्लाहरूमा पनि विस्तार गर्न सकिने सम्भावना रहेको एक...
20/01/2026

पूर्वी नेपालका जिल्लाहरूमा सीमित ठूलो अलैंची खेतीलाई पश्चिम नेपालका जिल्लाहरूमा पनि विस्तार गर्न सकिने सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय खाद्य र कृषि संगठनको सहयोगमा काठमाडौँको किङ्स कलेज नेपालले २२ महीना लगाएर गरेको अध्ययनले यस्तो सम्भावना उजागर गरेको हो । हाल अलैंची खेती पूर्वी नेपालका तेह्रथुम, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, सोलुखुम्बुलगायत जिल्लामा केन्द्रित छ ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

सम्पत्ति शुद्धीकरणका लागि आयात तथा निर्यात व्यापारलाई माध्यम बनाउने क्रम बढेको आशंका गरिएको छ । सम्पत्ति शुद्धीकरणमा भएक...
20/01/2026

सम्पत्ति शुद्धीकरणका लागि आयात तथा निर्यात व्यापारलाई माध्यम बनाउने क्रम बढेको आशंका गरिएको छ । सम्पत्ति शुद्धीकरणमा भएका शंकास्पद कारोबारको सूचनामध्ये व्यापारमा आधारित सूचनाको संख्या वृद्धि उच्च देखिएको छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचनाहरूको संकलन तथा विश्लेषण गर्ने निकाय वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा शंकास्पद कारोबार÷गतिविधिको रिपोर्टिङमध्ये आयात तथा निर्यात व्यापारसँग सम्बद्ध सूचनाको संख्या उल्लेख्य रूपमा बढेको छ ।

आर्थिक अभियानमा प्रकाशित पूरा समाचारहरू पढ्न हाम्रो बायोमा दिएको लिङ्कमा क्लिक गर्नुहोस् ।

Address

Thapathali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aarthik Abhiyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarthik Abhiyan:

Share