Lukeko Katha

Lukeko Katha भन्न नसकिएका र नलेखिएका कथा लेखिने ठाउँ

माटोले छाएको परम्परागत घरसल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारम...
09/04/2024

माटोले छाएको परम्परागत घर

सल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।

हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ लैजाँदै ।
08/04/2024

हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ लैजाँदै ।

चैते धान खेतीसर्लाहीको हरिपुर नगरपालिकाको जगतपुरस्थित स्थानीय किसानले गरेको चैते धान खेती । पर्याप्त सिँचाइ सुविधाको अभा...
03/04/2024

चैते धान खेती
सर्लाहीको हरिपुर नगरपालिकाको जगतपुरस्थित स्थानीय किसानले गरेको चैते धान खेती । पर्याप्त सिँचाइ सुविधाको अभावमा जिल्लामा चैते धान खेती गर्ने किसानको सङ्ख्या न्यून रहेको छ ।

गुराँसको जङ्गल र अन्नपूर्ण हिमालम्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहे...
02/04/2024

गुराँसको जङ्गल र अन्नपूर्ण हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर : सन्तोष गौतम

चौमुखे घरदैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घ...
31/03/2024

चौमुखे घर

दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् । तस्बिरः सुरेश आचार्य/रासस

स्याउला बोकेर ल्याउँदै महिला:बर्दिया राष्ट्रिय निकुञ्जबाट जाडोमा पशु बस्ने ठाउँमा ओछ्याउनका लागि स्याउला बोकेर ल्याउँदै ...
03/01/2024

स्याउला बोकेर ल्याउँदै महिला:

बर्दिया राष्ट्रिय निकुञ्जबाट जाडोमा पशु बस्ने ठाउँमा ओछ्याउनका लागि स्याउला बोकेर ल्याउँदै बाँकेको बैजनाथ गाउँपालिका-१ माथिल्लो करेली आरक्षण टोलका स्थानीय महिला।

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृङ्खला ।
30/11/2023

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित बचनी गाउँ र बचनीबाट देखिएको पुथा, धौलागिरिलगायत हिम श्रृङ्खला ।

पानी जमेको पञ्चकुण्ड तालचिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा जमेको पानीमाथि र...
16/11/2023

पानी जमेको पञ्चकुण्ड ताल

चिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक । अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ ।

जाजरकोटमा भूकम्पबाट मृत्यु भएकाहरुलाई सामूहिक दाहसंस्कारका लागि नलगाड नगरपालिकाको दल्लीमा लगिँदै।
05/11/2023

जाजरकोटमा भूकम्पबाट मृत्यु भएकाहरुलाई सामूहिक दाहसंस्कारका लागि नलगाड नगरपालिकाको दल्लीमा लगिँदै।

साइकलमा मेची-महाकाली गर्ने ‘च्याङबा दाइ’काठमाडौँ- रमेश तामाङ ( च्याङ्बा)  हिजोआज झापाको बाहुनडाँगीमा भेटिन्छन् । कुनै सम...
05/11/2023

साइकलमा मेची-महाकाली गर्ने ‘च्याङबा दाइ’

काठमाडौँ- रमेश तामाङ ( च्याङ्बा) हिजोआज झापाको बाहुनडाँगीमा भेटिन्छन् । कुनै समय झापाको फाँटमा भेटिन्थे । घर बनाउनका लागि इट्टा र ढुंगा दिने हातहरू अहिले घरमै थकाइ मार्न थालेका छन् ।

घर बनाउने मिस्त्रीको रुपमा चिनिने तामाङले हाल आफ्नै छुट्टै परिचय बनाएका छन् । साइकलमा कुद्ने ‘च्याङबा दाइ’ ।

उनी बेलाबखतमा साइकलमा बिर्तामोड र चारआलीमा झर्छन् । उनलाई चारआलीसम्म आइपुग्न २ घण्टा लाग्छ । बजार र दोकानमा के-के नयाँ कुराहरू देखा परे भन्दै अवलोकन गर्न पुग्छन् । मनपरेमा किन्छन् र साथमा पैसा नभए अर्को पटक आएर भए पनि किनेर लान्छन् ।

यो पटक भने उनी पूर्वको प्रसिद्ध बजार मानिने चारआलीमा भेटिँदा उत्साहित थिए । जहाँ उनी जस्ता गरिखाने र रहर लागेर पुग्नेहरू बिहानै सडक किनारामा भेटिन्छन् ।

यसपालि बजार आउनुको कारण अनौठो थियो, राष्ट्रिय झण्डा फेर्नु । उनीसँग भएको झण्डा पुरानो र च्यातिएको थियो ।
झण्डा घरमा वा कोठामा सजाएर राख्‍नु थिएन । उनलाई नयाँ झण्डा साइकलको हेण्डिलमा सजाउनु थियो । यही कारण अरुको साइकलभन्दा उनको साइकल फरक देखिन्छ ।

साइकलमा हरदम खादा पनि झुण्डाइएको हुन्छ । साइकलको विभिन्‍न भागलाई रातो, हरियो र पँहेलो छ रंगले पोतिएको छ । । उनी उमेरभन्दा फुर्तिलो देखिन्छन् । रातो रंगले दिने जोश उनको जीवनमा पनि झल्किन्छ । भन्छन,’ दुई दिनको जीवन छ । सबैसँग बोल्ने र हाँस्ने हो । रिसाएर केही पाइँदैँन ।‘

तामाङ बाहुनडाँगीदेखि झापा र चारआलीसम्म साइकलमा ओहोरदोहोर गर्छन् । ‘मेरो सबैभन्दा भरपर्दो साधन साइकल हो । जहाँसुकै जानु परे पनि यही साइकलमा जाने गरेको छु,’ साइकललाई देखाउँदै उनले भने ।
५७ वर्षीय तामाङ केही महिना अघि मात्र पूर्वी सिमाना मेचीदेखि महाकालीसम्म पुगे । महाकालीको यात्रामा निस्कदा उनको साथी यही साइकल थियो ।

साइकलमै उनले महाकालीको किनारलाई पैताला र टायरले छोएका थिए ।
‘साइकलमा महाकाली पुग्न १३ दिन लागेको थियो ,’ उनले भने,’ बिस्तारै बिस्तारै गएँ । त्यतिका दिनसम्म बाटामा कुनै पनि दुःख भोग्नु परेन ।‘

उनले बाहुनडाँगीकै एकजना अर्जुन सहृदयीको सहयोगमा महाकालीसम्मको साइकल मार्चपास गर्ने साहस जुटाए । उनको साइकलमा ब्याट्री जडान गरिएको छ । उनले हर्न र लाइट ब्याट्रीको माध्यमबाट चलाउने गरेका छन । साइकल मर्मतका लागि वर्षमा चार हजार रुपैयाँ खर्च गर्छन् ।
उनले कक्षा ४ सम्म मात्र अध्ययन गरेका छन् । गरिबी र चेतनाको कमीले पढ्न नपाएको उनले गुनासो गरे । उनी परिवारविहिन छन ।

दुई सन्तानका पिता भए पनि तामाङ एक्लो जीवन बाँचिरहेका छन् । ‘छोरा र छोरी छन् तर म एक्लै छु । छोरा बिर्तामोडमा काम गरेर बस्छ भनेको सुनेको छु,’ मलिन अनुहार लगाउँदै बोले,’ कस्तो अवस्थामा छ । कहाँ बस्छ केही थाहा छैन । मलाई भेट्न पनि आउँदैन ।‘

त्यसो त उनलाई छोरीले भने साथ दिएकी छन् । वैदेशिक रोजगारमा पुगेकी छोरीले समय-समयमा खर्च पठाउँछिन् । बेलाबेलामा नाति-नातिनालाई भेट्ने जान्छन् । अर्काको घरमा जाने सन्तान भए पनि छोरी नै काम लागेको उनी बताउँछन् ।

अहिले भने आफ्नो सानो घर र बारीको सुपारीलाई हेरेर बसेका छन् । २ कठ्ठामा १ सय १५ वटा सुपारीको बोट छन् । सुपारीलाई गोबर मल लगाउँछन् । बजारमा पाइने रासायनिक मल लगाउनु नपरेको उनले सुनाए ।

‘गाउँ-गाउँमा सुपारी व्यापारी घुम्दै आउँछन्,’ उनले अगाडि थपे,’ नेपाली व्यापारी भन्दा पनि भारतीय व्यापारी आइपुग्छन् । आँगनमा आउने भारतीय व्यापारीले बढी मूल्य तिर्ने गरेका छन् ।‘

मेची खोलाले भारत र नेपालको सीमाना छुट्याएको छ । सीमा पारि देख्‍ने गाउँले भन्दा आफ्नै वातावरणले उनलाई भुलाएको छ । मेची सुसाएको उनको कानमा पर्छ । तर, उनको जीवन भने सुस्त सुस्त चलिरहेको छ । जसै साइकलको पाइडल सुस्त सुस्त चल्छ ।

हलो जोत्दै महिलातुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटकी कौशिका वली हलो जोत्दै । बुवाको मृत्यु भएपछि विगत ११ वर्षदेखि हलो ...
01/11/2023

हलो जोत्दै महिला

तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटकी कौशिका वली हलो जोत्दै । बुवाको मृत्यु भएपछि विगत ११ वर्षदेखि हलो जोत्दै आएको उहाँ बताउनुहुन्छ ।

दशैँको अवसरमा देशका धेरै ठाउँमा लिङ्गे पिङ हालिएका छन्। पोखरा महानगरपालिका -११, काहुँडाडामा लिङ्गे पिङ खेल्दै एक स्थानीय...
23/10/2023

दशैँको अवसरमा देशका धेरै ठाउँमा लिङ्गे पिङ हालिएका छन्। पोखरा महानगरपालिका -११, काहुँडाडामा लिङ्गे पिङ खेल्दै एक स्थानीय ।

शवबहानमा शव राख्दै नेपाली सेनाइजरायल युद्धमा ज्यान गुमाएका दार्चुलाका विद्यार्थी लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको स...
22/10/2023

शवबहानमा शव राख्दै नेपाली सेना

इजरायल युद्धमा ज्यान गुमाएका दार्चुलाका विद्यार्थी लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको सव आइतबार गाडीमा राख्दै नेपाली सेनाको टोली ।

ब्रेड र युद्ध गाजा सहरमा  एक बालक साइकलमा ब्रेड लिएर साइकलमा । पछिल्लो केही दिनयता हमास समूहले इजरायलमा आक्रमण गरेपछि  य...
17/10/2023

ब्रेड र युद्ध

गाजा सहरमा एक बालक साइकलमा ब्रेड लिएर साइकलमा । पछिल्लो केही दिनयता हमास समूहले इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको छ । युद्धले गाजाको जनजीवन प्रभाव परेको छ ।

तस्विरः अलजजिरा

हेल्का बोकेर स्थानीय गुर्जे खोलामा माछा मार्न जाँदै दाङको घोराही उपमहानगरपालिका-१३ स्थित सेवार बनगाउँका थारू महिला।
13/10/2023

हेल्का बोकेर स्थानीय गुर्जे खोलामा माछा मार्न जाँदै दाङको घोराही उपमहानगरपालिका-१३ स्थित सेवार बनगाउँका थारू महिला।

चोकबाट गल्लीमा आइपुगेका एक कमलेशकमलेश दास कुवेत गएको एक वर्ष नपुग्दै फर्किए । अरबको मरुभूमिलाई विदा गर्दै आठ महिनाअघि स्...
12/10/2023

चोकबाट गल्लीमा आइपुगेका एक कमलेश

कमलेश दास कुवेत गएको एक वर्ष नपुग्दै फर्किए । अरबको मरुभूमिलाई विदा गर्दै आठ महिनाअघि स्वदेशको आँगन टेक्न आइपुगे ।

कुवेत उनले सोचे जस्तो पाएनन् । तातो हावा र गर्मी अनि नेपालमा भोगेको अभावको तातोले झन् पिरोल्यो उनलाई ।

अर्थ स्मार्ट ह्युमन रिसोर्सबाट कमलेश वैदेशिक रोजगारीका लागि पुगेका थिए । सेक्युरीटी गार्डमा गए पनि उनले सम्झौता अनुसार काम र तलब पाएनन् । ८ घण्टाको १ सय २५ केडीको सम्झौता गरेका थिए उनले ।

‘आठ घण्टाको १२५ केडी पाउने शर्तमा पुगे पनि दैनिक १६ घण्टा काम गर्नुपर्थ्यो,’ उनले भने,’ सेक्युरिटी गार्डको काममा लगेको थियो तर, क्लिनरको काम गर्नुपर्‍यो ।‘
उनको यो पीडा वैदेशिक रोजगारमा रहँदाको थियो । तर, अहिले पनि उनको व्यथा ज्युका त्यु छन् । अहिलेको पीडा गरिबी र राज्यले दिएको सास्ती सडकमा बसेर बिताउँदै आएका छन् ।
समय फेरिए, उमेर बढे, स्थान बदलिए तर उनको दुःख र संघर्ष गर्ने शैली र मैदान बदलिएन् । परिवार र जीवनको अभाव हटाउने आशामा विदेशिए पनि त्यही नियति पुनः उनको जीवनमा दोह्रोयियो ।

नियतिले कुवेत पुगे पनि अन्ततः स्वदेशको सडकमा आइपुगेका छन् । सडकमा व्यापार गरिहिड्ने हिजोआज कमलेशको दैनिकी र समय फेरिएको छ ।

सर्लाही बरहथवा ३ का २४ वर्षीय कमलेश हिजोआज साँझ सडकमै भेटिन्छन् । काठमाडौँ महानगरले फुटपाथमा व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाएपछि उनी पैदल व्यापारी बनेका छन् । पैदललै काठमाडौँका चोक-चोक नाप्ने गरेका छन् ।
फुटपाथमा व्यापार गर्न महानगरले अवरोध गरेपछि काठमाडौँका गल्ली गल्लीमा व्यापार गर्नु परिरहेको उनी बताउँछन् ।

‘महानगरको कारणले हामीलाई धेरै गाह्रो बनाएको छ । घरमा मासिक रुपमा पैसा पठाउने फुटपाथमा व्यापार गर्न नपाएपछि पैसा पठाउन सकेको छैन,’ ठमेलको नरसिंहको चोकमा भेटिएका उनले भने,’ कहिले कहाँ पुगिन्छ कहिले कहाँ केही थाहा हुँदैन । दैनिक उभिएर गर्ने स्थान बदलिने गरेको छ ।‘

महानगरले फुटपाथ व्यापारीलाई व्यवस्थित गरेमा साना व्यापारीले पैदलै व्यापार गर्न जानु नपर्ने उनको भनाइ छ । फुटपाथमा बसेर पनि व्यापार गर्न सक्ने व्यवस्था मिलाए केही दुःख कम हुने उनको बुझाइ छ । नगर प्रहरीले उनलाई पनि दुःख दिएको अनुभव सुनाए ।

साना लगानीकर्ताले व्यवसाय गर्न पाए हामी जस्ता व्यापारीलाई जीवन धान्न सहज हुने उनी बताउँछन् । महानगरले फुटपाथ व्यवस्थित गर्ने नाममा साना व्यापारीको गाँस खोसेको उनले व्यथा पोखे ।

‘दुई पटकसम्म महानगरका प्रहरीले सामान खोसेर लगेको थियो,’ नगर प्रहरीले कुदाइ कुदाइ सामान खोसेको दिन सम्झँदै भन्छन्,’ एक पटक २ हजार र अर्को पटक २५ सयको सामान खोसेको थियो । सामान खोसेर लगेपछि प्रहरीले दिदैनन् । जरिवाना तिर्छु भन्दा पनि दिँदैनन् ।‘

उनले नगर प्रहरीबाट मात्र नभई अन्य व्यक्तिबाट सास्ती खेपेका छन् । बाटामा हिडिरहेका केही व्यक्तिले गाली गरेर सामान खोस्ने र सामानको पैसा नतिर्ने गरेको तीतो अनुभव पनि उनीसँग छ । उनीहरूले मागेको सामान नदिए उल्टै कुटपिट गर्ने त्रास रहेको उनले बताए ।

‘देशभित्र आफ्नै दाजुभाइले ठग्छन् । काम गरेर खानेलाई काम गर्न दिनुपर्छ,’ सामान लुट्दाको क्षण सम्झँदै उनी भन्छन्,’ म दुःख गर्ने मानिस हुँ । काम नपाएर काम गर्न आएको मानिस हुँ ।‘

व्यापार गर्नका लागि उनले दैनिक २० देखि २५ किलो मिटरसम्म पैताला सार्छन् । कलंकी, कालीमाटी, दरबार मार्ग र नयाँ बसपार्कसम्म हिडेर पुग्छन् । उनको व्यापारिक थलो सडक बनेको छ ।

कमलेश सडक व्यापारी बन्न साँझ ६ बजेदेखि निस्कन्छन् । सडकमै ओहोरदोहोर गरेर ९ बजेसम्म बसेर व्यापार गर्छन् । क्षेत्रपाटीमा चार जना साथीसँग उनी बस्छन् । कोठाभाडा ६ हजार तिर्छन् र कोठाभाडा तिर्ने पैसा कमाइ हुन छाडिसकेको उनले बताए ।
उनका साथी पनि कमलेश जस्तै व्यापार गर्छन् । कमलेश सडकमा बेलुन बिक्री गर्छन् । एउटा बेलुनको दुई सय रुपैयाँ पर्ने उनले जानकारी दिए । पर्यटकीय क्षेत्रमा बसेर बिक्री गरे पनि उनका ग्राहक नेपाली हुन् ।

विभिन्न रंगका बेलुन बिक्री गरेर दैनिक ५ देखि ६ सय रुपैयाँ कमाइ हुने गरेको उनले बताए ।
कक्षा १० सम्म पढेका कमलेशले किशोरवयमा आर्थिक अवस्था कमजोर हुँदा पढाइ छोडे । बाध्यताले पढाइ पूरा गर्न नसकेकोमा उनी पछुतो मान्छन् ।

‘पढेर इञ्जिनियर बन्न मन थियो । पढन नसकेकाले मानिस र सरकारको हेपाइ खाएर बस्नुपरेको छ,’ उनले मलिन अनुहार बनाएर भने,’ गरिबलाई घर र सडकमा सुख छैन भनेको सायद यहीँ रहेछ ।‘

त्यसो त उनले काठमाडौँ प्रवेश गरेदेखि संघर्षका दिन बिताएका छन् । तीन वर्षअघि काठमाडौँ टेकेका उनले । सुरुवातीदेखि संघर्षका पाइला चालेका छन् ।
उनले सार्वजनिक यातायातमा पानी र पुष्टकारी बेच्ने पनि काम गरे ।

‘पानी र पुष्टकारी बेचेरै घरमा मासिक ८ देखि १० हजार घरमा पठाउँथे,’ विगत सम्झदै उनले सुनाए,’ कालीमाटीको कपडा पसलमा ७ हजार तलबमा पनि काम गरेको थिएँ ।‘

परम्परागत सीप :भेडाको ऊनबाट राडीपाखी बुन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका स्थानीय। यहाँका गुरुङ ...
08/10/2023

परम्परागत सीप :

भेडाको ऊनबाट राडीपाखी बुन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका स्थानीय। यहाँका गुरुङ समुदायले पुर्ख्यौली पेसाका रूपमा बुनेका राडीपाखी विदेशसमेत निर्यात हुने गरेको छ।

खोलाको घाँस सहाराजंगल तथा खोलाको किनारमा पाइने काँसको प्रयोग गरेर ढकिया बुन्दै दाङको घोराही–१७ कर्जाहिकी स्थानीय थारू मह...
05/10/2023

खोलाको घाँस सहारा

जंगल तथा खोलाको किनारमा पाइने काँसको प्रयोग गरेर ढकिया बुन्दै दाङको घोराही–१७ कर्जाहिकी स्थानीय थारू महिला । आफूले तयार गरेको ढकिया ५०० रुपैयाँ बिक्री गर्ने उनी बताउँछिन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Lukeko Katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lukeko Katha:

Share