Creator Nepal

Creator Nepal news & video

26/09/2025

भ्रष्टाचार अब क्षम्य हुँदैनः उर्जामन्त्री घिसिङ

26/09/2025

विजया दशमी शुभ दिपावली छठपर्व तथा नेपालसम्बतको उपलक्ष्यमा यहाँहरु सम्पुर्णमा शुभकामना ब्यक्त गर्दछौँ ।
रघु नाथ खराल
प्रधानाध्यापक तुलसी मेयर मेमोरियल उच्च मावि तथा नारायणी कलेज परिवार

26/09/2025

राजनीतिक कनेक्शनले रोकिएका अपराध अनुसन्धानको काम तत्काल अघि बढ्छः गृहमन्त्री अर्याल

26/09/2025

प्राइभेट स्कुलले लिएको फी सरकारले दिएको सुविधा भन्दा कम छ: खराल || CREATOR CAST || Ep-4- kharal
त्रिभुवन विश्वविद्यालयबाट एम बि ए, एम एड र बि एल गर्नुभएका तुलसी मेयर मेमोरियल स्कुल तथा नारायणी कलेजका प्रधानाध्यापक रघुनाथ खरालसँगको कुराकानी


त्रिभुवन विश्वविद्यालयबाट एम बि ए, एम एड र बि एल गर्नुभएका तुलसी मेयर मेमोरियल स्कुल तथा नारायणी कलेजका प्रधानाध्यापक रघ...
26/09/2025

त्रिभुवन विश्वविद्यालयबाट एम बि ए, एम एड र बि एल गर्नुभएका तुलसी मेयर मेमोरियल स्कुल तथा नारायणी कलेजका प्रधानाध्यापक रघुनाथ खरालसँगको कुराकानी

मन्त्री महावीर पुनसँग पनि कुनै जादुको छडी छैन। एकैचोटि कायापलट हुँदैन : खरालPrincipal, Tulsi Mayor Memorial Secondary School and Narayani Collegeत्रिभुवन व....

25/09/2025

जेन–जी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन गरेका थिएनन्, देशी–विदेशी शक्तिहरुले हाइज्याक गरेः कमल थापा

25/09/2025

भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिनु हुँदैनः पूर्वप्रधानमन्त्री भट्टराई

25/09/2025

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक शुरु

25/09/2025

विजया दशमी शुभ दिपावली छठपर्व तथा नेपालसम्बतको उपलक्ष्यमा यहाँहरु सम्पुर्णमा शुभकामना ब्यक्त गर्दछौँ ।

हामीले रोम्स मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरमा सम्पूर्ण पार्लर सम्बन्धी कामहरूमा ३०% डिस्काउन्ट राखेका छौं र पार्लर सिक्न इच्छुकहरूका लागि विशेष छुटको व्यवस्था गरेकाछौं चाँडै सम्पर्क राख्नुहोला

24/09/2025

मुग्लिङ–नारायणगढ अनिश्चितकालको लागि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम होपूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी...
24/09/2025

बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम हो
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताउनु भयो । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्नुहुँदै देश नेपालीले नै बनाउनुपर्ने बताउनु भयो । सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उहाँको भनाइ छ । बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताउनु भयो । सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताउनु भयो । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताउनु भयो । अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्नुहुँदै धेरै देशहरुले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गर्नुभयो । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरु कसैले नगर्दिने उहाँको भनाइ छ । सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरुको लहलहैमा लाग्दाको परिणामका रुपमा लिनुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पती जलाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दशैँको शुभकामना । दशैँ राम्रोसँग मनाउनु होला । देशको अवस्था यस्तो छ । मान्यजनको हातको टीका लगाउने, आशिर्वाद लिने हाम्रो चलन । धेरै ठूलो क्षति भएको छ, नोक्शान भएको छ, राष्ट्रलाई पीर परेको छ । चाडवाड आएको छ । यो देश हामीले सच्याउने हो, हामीले सच्याउनुपर्छ, बनाउनुपर्छ । मानिसहरुको बानी बिग्रिएको छ । सेन्टीमेण्टमा काम गरेका छन् । हाम्रो बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो हुनुपर्छ । समाज उपयोगी हुनुपर्छ । हामी सभ्य, सुसंस्कृत हुनुपर्छ । असभ्य हुनु, गैरजिम्मेवार हुनु युवापन होइन । जिम्मेवार हुनुपर्छ । असल हुन सिक्नुपर्छ । यो युवाको गुण हो । अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन । अहिले भिसा नदिने, काम नदिने स्थिति नेपालीलाई भइसक्यो । नेपाल एउटा बद्नाम अवस्थामा पुगिसकेको छ । त्यसबाट हामीले जोगाउनु छ । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर अघि बढाउनुपर्छ । ठूलो क्षति भएको यसबाट देशलाई अघि बढाउनुपर्छ । यस प्रकारका क्षति नहुन संगठित भएर अघि बढ्नुपर्छ । तर हरेस र हिम्मत खानु हुँदैन । यो देश हाम्रो हो, हामीले बनाउने हो । अरुको लहलहैमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलाएन । अरु नै घुसपैठ तत्वहरुले जलाए । जो पहिलादेखि नै भन्दै थिएः सिंहदरबार जलाइन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरै पल्ट त भएन त । धेरै पल्ट भइसक्यो । यो एउटा योजनावद्ध काम हो ।’

अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पयो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गर्नुभयो ।

Address

Kathmandu

Telephone

+9779821117588

Website

Alerts

Be the first to know and let us send you an email when Creator Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creator Nepal:

Share