Show Tube

Show Tube Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Show Tube, Senai.

हल्ला-होहल्ला र अफवाहका भीडमा सत्य, तथ्य निष्पक्ष सामग्रीहरू यहाँहरूमाझ पस्किनु हाम्रो अभिप्राय हो। तपाईँहरूको निरन्तर साथ र हौसलाको अपेक्षा गर्दछौँ।

हाम्रा कमी-कमजोरीहरू भए सुझाव दिनुहोला।

कर्णाली क्षेत्रका कतिपय जिल्लामा कसैको मृत्युपछि गाईलाई नदीमा बगाउने  कुरीति छ। परलोक जानेहरूले गतिमुक्ति पाउँछन् भन्ने ...
04/06/2026

कर्णाली क्षेत्रका कतिपय जिल्लामा कसैको मृत्युपछि गाईलाई नदीमा बगाउने कुरीति छ। परलोक जानेहरूले गतिमुक्ति पाउँछन् भन्ने भ्रमले यसो गरिन्छ।

हिन्दु धर्मभित्र गाईलाई पवित्र र मोक्षकारी पशु मानिन्छ। गाईभित्र करोडौँ देवताहरू रहेका छन् भन्ने धार्मिक विश्वास छ। तर कतिपय यस्ता कर्मले उल्टै धर्मका नाममा पाप गरिन्छन्।

तपाईँलाई चाहिँ यो कार्य कस्तो लाग्छ?



24/05/2026

पूरा हेर्न : Link In Comment



#राशिफल

 ゚   #राशिफल
23/05/2026




#राशिफल

के बिजुली/चट्टयाङबारे तपाईंलाई थाहा छ?चट्टयाङ पर्दा प्रकाशभन्दा आवाज ढिलो सुनिन्छ। यसको मुख्य कारण प्रकाशको गति र आवाज (...
23/05/2026

के बिजुली/चट्टयाङबारे तपाईंलाई थाहा छ?

चट्टयाङ पर्दा प्रकाशभन्दा आवाज ढिलो सुनिन्छ। यसको मुख्य कारण प्रकाशको गति र आवाज (ध्वनि) को गतिबिचको ठुलो अन्तर हो।

बिजुलीको प्रकाश प्रतिसेकेन्ड लगभग ३,००,००० किलोमिटरको तीव्र गतिमा यात्रा गर्छ। त्यसैले, आकाशमा बिजुली चम्किने बित्तिकै त्यो प्रकाश तुरुन्तै हाम्रो आँखासम्म आइपुग्छ। तर हावामा आवाजको गति प्रतिसेकेन्ड लगभग ३४३ मिटर वा तापक्रमअनुसार १ किलोमिटर दुरी तय गर्न झन्डै ३ सेकेन्ड मात्र हुन्छ।
चट्ट्याङ पर्ने ठाउँबाट बिजुली र आवाज एकैसाथ पैदा हुँदा हाम्रो पृथ्वीको सतहभन्दा धेरै माथि आकाशमा हुन्छन्।

प्रकाश अति तीव्र गतिमा हिँड्ने भएकाले हामी बिजुली चम्केको तुरुन्तै देख्छौँ, तर त्यहीँ पैदा भएको आवाज (गड्याङगुडुङ) लाई हामीकहाँ आइपुग्न केही सेकेन्ड समय लाग्छ।

यदि बिजुली चम्किएर पनि तपाईँ भएको ठाउँमा आइपुगेन भने त्यसपछि आउने आवाजसित नडराए पनि हुन्छ।




आजको पञ्चाङ्ग र राशिफल - २०८३-०२-०२ ゚ #राशिफल  #संस्कार
16/05/2026

आजको पञ्चाङ्ग र राशिफल - २०८३-०२-०२


#राशिफल

#संस्कार

तपाईँ जहाँ रहे पनि भोलि वरपीपलको पूजाआजा र अभिषेक गर्नुभएमा शनिदोष निवारण हुनेछ। ゚ #राशिफल #संस्कार
15/05/2026

तपाईँ जहाँ रहे पनि भोलि वरपीपलको पूजाआजा र अभिषेक गर्नुभएमा शनिदोष निवारण हुनेछ।


#राशिफल
#संस्कार

आजको राशिफल - २०८३ साल जेठ १ गते शुक्रबार 🥰🥰 ゚  #राशिफल #संस्कार
14/05/2026

आजको राशिफल - २०८३ साल जेठ १ गते शुक्रबार 🥰🥰



#राशिफल
#संस्कार

आजको पञ्चाङ्ग र राशिफलआज मिति २०८३ साल वैशाख ३१ गते बिहीबार, तदनुसार मे १४ तारिख २०२६, नेपाल संवत् ११४६ वछलागा, रौद्र ना...
14/05/2026

आजको पञ्चाङ्ग र राशिफल

आज मिति २०८३ साल वैशाख ३१ गते बिहीबार, तदनुसार मे १४ तारिख २०२६, नेपाल संवत् ११४६ वछलागा, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, शुद्ध ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि बिहान ०८ ः ०० बजेसम्म त्यसपछि त्रयोदशी तिथि, रेवती नक्षत्र, आनन्दादि योगमा मित्र योग, गर करण, सूर्योदय बिहान ५ ः १८ र सूर्यास्त साँझ ६ ः ४४ मा हुनेछ । चन्द्रमा मीन राशिमा छन् भने बृहस्पति मिथुन राशिमा रहेका छन् । आज प्रदोष व्रत परेको छ ।

मेष – रमाइलो यात्राको सम्भावना छ । मान्यजनसँग हुने सुखद मिलनले मन प्रसन्न रहला । आकस्मिक धनलाभको योग रहेको छ ।
वृष – अध्ययनमा मन लाग्नेछ । तपाईँको बोलीको कदर हुनेछ । सन्तानबाट सुख मिल्ने योग देखिन्छ ।
मिथुन – वैरीहरूसँग मुकाविला हुने भएकाले मन अशान्त हुनसक्छ । अपमानित हुनुपर्ने भए पनि साँझपछि सोचेको काम पूरा हुने योग छ ।
कर्कट – फाइदाजनक काममा लगानी गर्ने समय छ । आर्थिक स्थिति सुधारका काम बन्नेछ । शत्रुवर्गले सताउन खोज्ने भएकाले सजग रहनुहोला ।
सिंह – आहारविहारमा ध्यान नदिए रोगको भय छ । अनावश्यक मुद्दामामिलामा पर्न सकिने भएकाले सोचेर अघि बढ्नुपर्ने देखिन्छ ।
कन्या – कुनै पनि सभासमारोहमा उपस्थित भई आफ्ना कुरा राख्न पाइने योग छ । पदोन्नति तथा प्रशंसा पाइने योग छ ।
तुला – केही शारीरिक समस्या निम्तिन सक्छ । सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला ।
वृश्चिक – राज्यबाट सुख मिल्ने देखिन्छ । सन्तान सुख मिल्ने तथा शत्रु पराजय भई आनन्द प्राप्तिको योग देखिन्छ ।
धनु – मान्यजनको आशीर्वाद लिएर गरेको कर्मले सफलता दिलाउने छ । दिनको उत्तराद्र्धमा केही स्वास्थ्य जटिलता नआउला भन्न सकिन्न ।
मकर – सोचविचार गरेर अघि बढ्दा आँटेको कुरा पूरा हुनसक्छ । अनावश्यक वादविवादमा पर्नाले मानसिक चिन्ता बढ्ने देखिन्छ ।
कुम्भ – इष्टदेवता र मान्यजनको आशीर्वादले मनमा प्रसन्नता छाउनेछ । आँटेका काम पूरा हुनेछन् । शत्रु पराजय हुनेछन् ।
मीन – शिक्षा क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्ला । परिवार र आफन्तको सहयोगले मन प्रफुल्ल रहनेछ ।



#राशिफल
#संस्कार

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, तदनुसार मे १३ तारिख २०२६, नेपाल संवत् ११४६ वछलागा, रौद्र नामक संवत्सर, सूर्य उत्तर...
13/05/2026

आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, तदनुसार मे १३ तारिख २०२६, नेपाल संवत् ११४६ वछलागा, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, शुद्ध ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि बिहान ०९ ः १९ बजेसम्म त्यसपछि द्वादशी तिथि, उत्तरभाद्रा नक्षत्र, आनन्दादि योगमा लुम्ब योग, कौलव करण, सूर्योदय बिहान ५ ः १८ र सूर्यास्त साँझ ६ ः ४४ मा हुनेछ । चन्द्रमा मीन राशिमा छन् भने बृहस्पति मिथुन राशिमा रहेका छन् । आज अपरा एकादशी व्रत परेको छ ।

मेष - आकस्मिक खर्च बढ्नाले आर्थिक सङ्कट आइलाग्न सक्छ, त्यसैले समयमै सचेत रहनुहोला। नियमित काममा ढिलासुस्ती हुनुका साथै सहयोगीहरूको अभाव महसुस हुने देखिन्छ।

वृष - आम्दानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन् र गरिएको मिहिनेतको उचित फल प्राप्त हुनेछ। व्यापारमा प्रगति हुनुका साथै पठनपाठनमा पनि सोचेजस्तै नतिजा हात लाग्नेछ।

मिथुन - सामाजिक प्रतिष्ठा बढ्ने कार्यमा संलग्न भइनेछ र नयाँ अवसरहरूले मन प्रसन्न रहनेछ। पुराना साथीभाइको साथ र भाग्यको सहयोगले रोकिएका कामहरू सफल हुनेछन्।

कर्कट - समयको सही सदुपयोग नगर्दा व्यवहारिक कठिनाइ उत्पन्न हुन सक्छन्। अरूका लागि समय र स्रोत खर्चनुपर्ने स्थिति आए पनि अपेक्षित उपलब्धि हासिल गर्न समय लाग्नेछ।

सिंह - स्वास्थ्यमा केही कमजोरी देखिन सक्ने भएकाले आहारविहारमा विशेष ध्यान दिनुहोला। सोचेको जस्तो प्रतिफल नआउँदा केही निराश भइएला, तर निरन्तरको प्रयास भने आवश्यक छ।

कन्या - रचनात्मक कार्यको थालनी हुनेछ र आर्थिक अवस्थामा सुधार आउनाले उत्साह बढ्नेछ। रोकिएका कामहरू सुचारु हुनुका साथै व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय छ।

तुला- आफ्नो कार्यकुशलताले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ र नयाँ कार्यको योजना बन्नेछ। पहिलेका असमझदारीहरू हट्नेछन् र हिम्मत गर्दा जटिल काम पनि सहजै बन्नेछन्।

वृश्चिक - धेरै मिहिनेत र धैर्यता पछि मात्र सामान्य प्रतिफल हात लाग्न सक्छ। स्वास्थ्य र शिक्षामा केही बाधा देखिए पनि निरन्तरको लगनशीलताले मात्र लक्ष्यमा पुग्न मद्दत गर्नेछ।

धनु- निर्णय लिँदा हतार नगर्नुहोला, अन्यथा परिस्थितिले तपाईंलाई नै चुनौती दिन सक्छ। पारिवारिक असमझदारी बढ्न सक्ने र स्वास्थ्यमा केही समस्या देखिने सम्भावना छ।

मकर - साहस र पराक्रम बढ्नाले आफ्नो अधिकार स्थापित गर्न सहज हुनेछ। नयाँ आर्थिक स्रोतहरू पहिचान हुनेछन् र शत्रुमाथि विजय प्राप्त गरी काममा सफलता मिल्नेछ।

कुम्भ - बोली र व्यवहारमा संयमता अपनाउनुहोला, नत्र अनावश्यक झमेलामा फस्न सकिन्छ। आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनुहोला किनकि खर्चको मात्रा बढ्न सक्छ।

मीन- आफन्तको सहयोगले वातावरण सुखद रहनेछ र नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक कार्यमा रुचि बढ्नुका साथै मिहिनेतले मान-सम्मान र सफलता दिलाउनेछ।



#राशिफल
#संस्कार

आजको पञ्चाङ्ग र राशिफलआज मिति २०८३ साल वैशाख २९ गते मङ्गलबार, तदनुसार मे १२ तारिख २०२६, नेपाल संवत् ११४६ वछलागा, रौद्र न...
12/05/2026

आजको पञ्चाङ्ग र राशिफल

आज मिति २०८३ साल वैशाख २९ गते मङ्गलबार, तदनुसार मे १२ तारिख २०२६, नेपाल संवत् ११४६ वछलागा, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, शुद्ध ज्येष्ठ कृष्णपक्षको दशमी तिथि बिहान १० ः १२ बजेसम्म त्यसपछि एकादशी तिथि, पूर्वभाद्रा नक्षत्र, आनन्दादि योगमा काण योग, बव करण, सूर्योदय बिहान ५ ः १८ र सूर्यास्त साँझ ६ ः ४४ मा हुनेछ । चन्द्रमा मीन राशिमा छन् भने बृहस्पति मिथुन राशिमा रहेका छन् ।

मेष : नयाँ अवसर र व्यापारिक सफलताले आम्दानीका स्रोतहरू बढ्नेछन्। यद्यपि, साँझदेखि खर्चमा वृद्धि हुनाले आर्थिक दबाब र यात्रामा केही कठिनाइ महसुस हुन सक्छ।

वृष : मिहिनेतले लक्ष्य प्राप्ति हुनुका साथै गरिएका कामको प्रशंसा र नयाँ अवसरहरूले मनमा उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने साँझतिर व्यापारमा फाइदा भई बक्यौता रकम समेत हातलागी हुनेछ।

मिथुन : थपिएको जिम्मेवारी र कमजोर स्वास्थ्यका कारण दिनको सुरुवाती समय केही संघर्षमय रहे पनि साँझदेखि स्थितिमा सुधार आउनेछ। परिश्रमले धेरैको मन जित्दै नयाँ र दिगो काम प्रारम्भ हुनेछ, जसले अन्ततः फाइदा र लोकप्रियता दिलाउनेछ।

कर्कट : स्वास्थ्यमा कमजोरी र जिम्मेवारीको दबाबले सुरुमा केही चुनौती देखिए पनि संयमित भई मिहिनेत गर्दा फाइदाका ढोकाहरू खुल्नेछन्। साँझतिर विभिन्न अवसर र सुखद नतिजाहरू प्राप्त हुनाले मनमा नयाँ उत्साह जाग्नेछ।

सिंह : प्रियजनसँगको भेटघाट र व्यापारिक लाभले दिन रमाइलो रहे पनि प्रेम र मित्रताको बन्धन अझ कसिलो हुनेछ। साँझदेखि भने काम बिग्रने डर र स्वास्थ्यमा कमजोरी देखा पर्न सक्ने भएकाले सजग रहँदै न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति आउन सक्छ।

कन्या : साहस र मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्दै रोकिएका कामबाट मनग्य लाभ उठाउने अवसर मिल्नेछ। साँझको समय प्रियजनसँगको भेटघाटले रमाइलो रहनेछ भने आम्दानीका नयाँ र दिगो कामहरूको जग बसाल्ने मौका प्राप्त हुनेछ।

तुला : जिम्मेवारी बढे पनि अरूका लागि समय खर्चनुपर्ने र आर्थिक मन्दीका कारण सुरुमा केही व्यावहारिक चुनौतीहरू देखा पर्न सक्छन्। स्वास्थ्य र कार्यक्षमतामा केही कमजोरी रहे पनि साँझदेखि परिस्थिति सुध्रिनेछ र नयाँ कामको थालनीसँगै प्रतिस्पर्धामा सफलता मिल्नेछ।

वृश्चिक : सुरुमा परिस्थिति केही प्रतिकूल रहनाले अरूको स्वार्थका लागि उपयोग भइने र साझेदारहरूसँग असमझदारी बढ्ने देखिन्छ। साँझदेखि स्वास्थ्यमा कमजोरी र खर्च बढ्न सक्ने भएकाले सजग रहनुहोला, यद्यपि निरन्तरको मिहिनेतले सामान्य उपलब्धि भने प्राप्त हुनेछ।

धनु : नयाँ कामको थालनी र सोचेजस्तै सफलताले मनमा उत्साह जगाउनुका साथै प्रेम र मित्रताको बन्धन अझ कसिलो हुनेछ। साँझतिर केही घरेलु समस्या देखिए पनि साथीभाइको सहयोग र आफ्नै प्रयत्नले ती समस्या सुल्झनेछन् र व्यवसायबाट मनग्य लाभ मिल्नेछ।

मकर : आफ्ना कमजोरीमाथि अरूले टिप्पणी गर्न सक्ने र बिनासोच चुनौती लिँदा काम रोकिन सक्ने भएकाले आज विशेष सजग रहनुहोला। साँझदेखि भने समय अनुकूल बन्नेछ, जसले गर्दा नयाँ काममा सफलता, व्यापारमा लाभ र मनग्य धन आर्जन हुने योग छ।

कुम्भ : आफन्तबाट टाढा रहन मन लाग्ने र खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्ने समय रहेकाले विशेष सतर्कता अपनाउनुहोला। परिस्थिति केही चुनौतीपूर्ण देखिए पनि बुद्धिको सही उपयोग र पुराना कमजोरी सुधार्ने प्रयत्न गरेमा अवस्थालाई सहज बनाउन सकिनेछ।

मीन : बढ्दो खर्च र आर्थिक अभावले केही दबाब सिर्जना गरे पनि वैदेशिक यात्राको प्रयास गर्नेहरूका लागि समय अनुकूल रहनेछ। साँझतिर भने आफन्तसँगको भेटघाट र स्वादिष्ट भोजनको आनन्द मिल्नुका साथै व्यापारमा सुधार भई आर्थिक अवस्था सुदृढ हुनेछ।


#राशिफल
#संस्कार

Address

Senai
44600

Alerts

Be the first to know and let us send you an email when Show Tube posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Show Tube:

Share