Routine Of Gaushala Banda

Routine Of Gaushala Banda Hello Namaste �Join Our Official Page For Fun & Entertainment And News Also....Please connect the

भोटेकोशी बाढी पीडितका लागि गौशाला नगरपालिकाद्वारा १० लाख सहयोग घोषणागौशाला, महोत्तरी — भोटेकोशी नदीमा आएको भीषण बाढीका क...
26/08/2026

भोटेकोशी बाढी पीडितका लागि गौशाला नगरपालिकाद्वारा १० लाख सहयोग घोषणा

गौशाला, महोत्तरी — भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति गौशाला नगरपालिकाले दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोद्वारा जारी प्रेस विज्ञप्तिमार्फत विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नगरपालिकाले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
विज्ञप्तिमा विपद्का समयमा उद्धार तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
यसैबीच, पछिल्लो मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै गौशाला नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढी तथा डुबानको जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन नगरपालिकाले अपिल गरेको छ।
नगरपालिकाले विपद्को समयमा सबै नागरिकलाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सम्भावित जोखिमबारे सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनसमेत अनुरोध गरेको छ।

26/08/2026

उच्च सतर्कताका लागि विशेष अनुरोध
भोटेकोशी नदीमा बाढी/पानीको अभाव उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भैई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन र अर्को सूचना न आउन्जेलसम्म त्यस क्षेत्रका नदी किनारका ठाउँहरूमा यात्रा नगर्न अनुरोध गर्दछु।

stay safe

महोत्तरी: गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतोद्वारा दुर्गा मन्दिरमा फिल्टर फ्रिज प्रदान
16/08/2026

महोत्तरी: गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतोद्वारा दुर्गा मन्दिरमा फिल्टर फ्रिज प्रदान

Information about Durga pooja samiti गौशाला बजारमा श्री दुर्गा पूजा समिति–२०८३ गठन, गौशाला बजारमा आगामी श्री दुर्गा पूजा...
14/08/2026

Information about Durga pooja samiti

गौशाला बजारमा श्री दुर्गा पूजा समिति–२०८३ गठन,
गौशाला बजारमा आगामी श्री दुर्गा पूजालाई सु-सम्पन्न गर्ने उद्देश्यले “श्री दुर्गा पूजा समिति–२०८३, गठन तथा चयन गरिएको छ। समितिको अध्यक्षमा धिरज कुमार साह, उपाध्यक्षमा अभिषेक कुमार गुप्ता र सुनिल कुमार साह, सचिवमा हेमन्त कुमार सिंह, महासचिवमा शुभम प्रसाद साह तथा कोषाध्यक्षमा धर्मेन्द्र कुशवाहा (भिलेन्द्र) चयन हुनुभएको छ। त्यसैगरी समितिको सदस्यमा सुरज कुमार गुप्ता, शिवजी साह, प्रशान्त साह, धिरज शाह सोनार र अमन कुमार साह चयन हुनुभएको छ।

गौशाला: महोत्तरी प्रहरीले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेको छ। उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी सहायक निर...
02/07/2026

गौशाला: महोत्तरी प्रहरीले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेको छ। उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा उनलाई ५ वर्ष कैद सजाय सुनाएपछि प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ असार १८ गते साँझ करिब ६ बजे प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२, निगौल निवासी कोइरीलाई नियन्त्रणमा लिएको हो।

२०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनासम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते दिएको फैसला उच्च अदालत जनकपुरले २०८३ असार १७ गते उल्टाउँदै कोइरीलाई ५ वर्ष कैद सजाय हुने निर्णय गरेको थियो।

सोही अदालतको फैसला कार्यान्वयन गर्न पक्राउ गरिएका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरी प्रवक्ता पञ्चलाल गोलेले जानकारी दिएका छन्।

स्रोत : BG Media

31/05/2026

Big Breaking: घर बचाउन आन्दोलनको घोषणा....
महोत्तरीको गौशाला बजार आज बन्द रहने भएको छ। गौशालामा रहेको वडा नम्बर ५ अन्तर्गत कित्ता नम्बर ११५ मा बनेका घरटहरा हटाउने समयसीमा सकिएपछि स्थानीय घरधुरीहरूमा तनाव र हलचल बढेको हो।

अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्यासम्बन्धी विवाद चर्किएपछि प्रभावित स्थानीयहरूले केही दिनअघि बजार क्षेत्रमा नाराजुलुस समेत गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले “सुकुम्बासी समस्या समाधान गर”, “लालपुर्जा देऊ”, “घरटहरा भत्काउन पाइँदैन” लगायतका नाराहरू लगाएका थिए।

संघर्ष समितिका प्रतिनिधिहरूले शनिबार साँझ माइकिङ गर्दै आइतबार बिहान ११ बजेसम्म गौशाला बजारका सम्पूर्ण पसल बन्द गर्न व्यापारी तथा सर्वसाधारणसँग आग्रह गरेका छन्। बजार बन्दको आह्वानपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता समेत बढाइएको बताइएको छ।
उता, कित्ता नम्बर ११५ मा रहेका घरहरू तत्काल नहटाउन माग गर्दै प्रभावित पक्षले दिएको निवेदनमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको स्रोतले जनाएको छ। अदालतबाट अन्तरिम आदेश नआएपछि घर हटाउने प्रक्रिया अगाडि बढ्न सक्ने भन्दै स्थानीय बासिन्दा थप चिन्तित बनेका छन्।

स्थानीयवासीहरूले आफूहरू वर्षौंदेखि बसोबास गर्दै आएको भन्दै उचित व्यवस्थापन, पुनःस्थापना तथा लालपुर्जाको माग गरिरहेका छन् भने सम्बन्धित निकायले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ।

Source : Kumar Samrat

गौशालामा किता नम्बर ११५ को जग्गा नापी कार्य तीव्र, अतिक्रमण हटाउने तयारी?महोत्तरीको गौशाला नगरपालिकाले किता नम्बर ११५ मा...
21/05/2026

गौशालामा किता नम्बर ११५ को जग्गा नापी कार्य तीव्र, अतिक्रमण हटाउने तयारी?

महोत्तरीको गौशाला नगरपालिकाले किता नम्बर ११५ मा बनेका घर–टहरा सम्बन्धी विवादमा गतिविधि तीव्र बनाएको छ। उक्त जग्गामा घर–टहरा निर्माण गरेका व्यक्तिहरूलाई उच्च अदालत जनकपुर बाट अन्तरिम आदेश जारी नभएको अवस्थामा नगरपालिकाले जग्गा नापी कार्य अघि बढाएको हो।

नगरपालिकाले गौशालास्थित किता नम्बर ११५ को जग्गा नापी गर्ने कार्य सुरु गरेको छ। जानकारी अनुसार, उक्त नापी तरकारी बजारको पश्चिम, मालपोत कार्यालय जाने सडकको पूर्व तथा दक्षिण र उत्तरतर्फ सुकदेव भवनसम्म गरिएको छ। नापी सम्पन्न भएपछि नगरपालिकाले आगामी कदम के चाल्ने भन्ने विषयलाई लिएर स्थानीयवासीको चासो बढेको छ।

नापी कार्यका क्रममा स्थानीयबासी तथा सरोकारवालाहरूले आ–आफ्ना धारणा व्यक्त गरेका छन्। केहीले सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाई खाली गराउनुपर्ने बताएका छन् भने केहीले वर्षौंदेखि बसोबास गर्दै आएका परिवारहरूका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नु उपयुक्त हुने धारणा राखेका छन्।
यस्तै, केही स्थानीयले “यदि सरकारले आफ्नो स्वामित्वको जग्गा संरक्षण गर्न सकेन भने सार्वजनिक सम्पत्तिको अस्तित्वमाथि नै प्रश्न उठ्ने” बताएका छन्।

स्थानीयवासीका अनुसार विगतमा भएका सरकारी कमजोरी तथा स्पष्ट नीति अभावका कारण अहिले घरधनीहरू समस्यामा परेका छन्। अब नापीपछि नगरपालिकाले के निर्णय लिन्छ भन्ने विषय सबैको नजरमा रहेको छ।

Source: GK Khabar

Address

Gaushala Mahottari
Kathmandu
07

Alerts

Be the first to know and let us send you an email when Routine Of Gaushala Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share