Simpani News

Simpani News Simpani News

नेपाली काँग्रेस द्वारा प्रधानमन्त्री राहत कोषमा आज - रु. १ करोड प्रदान ।
07/09/2026

नेपाली काँग्रेस द्वारा प्रधानमन्त्री राहत कोषमा आज - रु. १ करोड प्रदान ।

06/09/2026

बाढीपछि विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज

भोटेकोशी–त्रिशूली बाढीपछि नेपाली सेनासँग मिल्दोजुल्दो पोसाकमा उद्धार तथा राहत कार्यमा देखिएर विवादमा आएको ‘ग्रिन आर्मी नेपाल’ नामक संस्थाको दर्ता खारेज गरिएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको यो संस्थामाथि नेपाली सेनासँग समानान्तर गतिविधि गरेको जस्तो देखिने गरी नाम, पोसाक र संरचना प्रयोग गरेको भन्दै प्रश्न उठ्दै आएको थियो।

ग्रिन आर्मी नेपाल सन् २०२० अर्थात् २०७७ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। यसको मुख्य उद्देश्य विद्यालय तहका विद्यार्थीलाई वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम दिने र आवश्यक अवस्थामा परिचालन गर्ने रहेको उल्लेख गरिएको थियो।

सेनाजस्तै पोसाक प्रयोग गरेपछि विवाद

रसुवा तथा नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ग्रिन आर्मीका सदस्यहरू नेपाली सेनासँग मिल्दोजुल्दो हरियो कम्ब्याट शैलीको पोसाक लगाएर उद्धार तथा राहत कार्यमा खटिएको देखिएपछि संस्थाको वैधानिकता र गतिविधिबारे बहस चर्किएको थियो।

अनलाइनखबरको रिपोर्टअनुसार, संस्थाले २०७८ सालमा रक्षा मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आफ्नो प्रस्तावित हरियो पोसाक प्रयोग गर्ने अनुमति पाएको थियो। त्यसबेला उक्त पोसाक नेपाली सेना वा अन्य सुरक्षा निकायको पोसाकसँग नमिल्ने भन्दै अनुमति दिइएको उल्लेख छ।

तर पछिल्लो बाढीका क्रममा त्यही स्वरूपको पोसाकमा टोली फिल्डमा देखिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक तहसम्म प्रश्न उठ्न थाले।

दर्ता खारेज भएपछि गतिविधिमा प्रतिबन्ध

सैनिक स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार दर्ता खारेज भएसँगै संस्थाका गतिविधिमा समेत स्वतः रोक लागेको छ। यद्यपि समाज कल्याण परिषद्मा रहेको संस्थाको आबद्धता भने छुट्टै प्रक्रियाबाट खारेज हुने बताइएको छ।

यस संस्थाका प्रमुख सल्लाहकारका रूपमा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल जोडिएको विषयले पनि पछिल्लो समय चर्चा पाएको थियो। संस्थाले भने आफूहरूको उद्देश्य वातावरण संरक्षण, नेतृत्व विकास र विपद्का बेला सामाजिक सहयोग रहेको बताउँदै आएको थियो।

यो विवादले विपद्का बेला राहत तथा उद्धारमा संलग्न गैरसरकारी संस्थाले सुरक्षा निकायसँग भ्रम पैदा गर्ने नाम, पोसाक वा संरचना प्रयोग गर्न पाउने कि नपाउने भन्ने प्रश्नसमेत उठाएको छ।

विदुर १० बेत्रावतीबाट बाढी गएको एघारौँ दिनमा उद्धार हुनुभएको आमा |
05/09/2026

विदुर १० बेत्रावतीबाट बाढी गएको एघारौँ दिनमा उद्धार हुनुभएको आमा |

https://www.simpaninews.com/2026/09/142257/
04/09/2026

https://www.simpaninews.com/2026/09/142257/

टोकियो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जापानमा रहेको डिपवे जापान कम्पनी प्रालिले .....

जापानका समाजसेवी एवम् सफल ब्यबसायी दीपक सुवेदी : बाढीपीडितका लागि डिपवे जापानद्वारा ३६ लाख येन सहयोगटोकियो । भोटेकोशी बा...
04/09/2026

जापानका समाजसेवी एवम् सफल ब्यबसायी दीपक सुवेदी : बाढीपीडितका लागि डिपवे जापानद्वारा ३६ लाख येन सहयोग

टोकियो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जापानमा रहेको डिपवे जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन सहयोग प्रदान गरेको छ।

कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार डिपवे जापान कम्पनीका तर्फबाट ३० लाख येन तथा कम्पनी परिवारका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सहयोगको घोषणा गर्दै कम्पनीले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

विपत्तिको समयमा पीडित नागरिकलाई राहत पुर्‍याउन सबैले आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सुवेदीले पीडितप्रति करुणा, सहयोग र एकताको भावना प्रदर्शन गर्न सबैमा आग्रह गरेका छन्।

विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा ठूलो आर्थिक सहयोग गर्दै दीपक सुवेदी र डिपवे जापान परिवारले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

३६ लाख येनको यो सहयोगले भोटेकोशी बाढीपीडितप्रति जापानमा रहेका नेपालीको मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई समेत प्रतिबिम्बित गरेको छ।

https://www.simpaninews.com/2026/09/142253/
01/09/2026

https://www.simpaninews.com/2026/09/142253/

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग गरेको छ टोकियो । नेपालमा हालै आ...

31/08/2026

🚨 अत्यन्त जरुरी सूचना!!!

गोरखाको छेकम्पार चौरीखर्क पारी ठूलो पहिरो गई चुमबाट बग्ने बूढीगण्डकी नदी थुनिएको खबर प्राप्त भएको छ।

यसका कारण नदीको बहाव अचानक बढ्न सक्ने तथा तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने भएकाले खोला तथा नदी किनारमा नजानुहोस्। खोला छेउछाउका बस्तीमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू उच्च सतर्कतामा रहनुहुन हार्दिक अनुरोध छ।

⚠️ आफू सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित बनाऔँ।
📢 यो सूचना बढीभन्दा बढी मानिससम्म पुर्‍याउन शेयर गरिदिनुहोस्।

स्रोत: समाजिक संजाल

30/08/2026

🚨 बाढीले धादिङको गल्छी–४ चिरौदीमा ४ वटा घर बगायो

धादिङ, भदौ १४ । आज आएको बाढीले धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत चिरौदीमा ४ वटा घर बगाएको छ।

स्थानीयका अनुसार कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बाढीले बगाएको हो। घटनामा मानवीय क्षति भने भएको छैन।

यसैबीच, त्रिशूली नदीमा पानीको बहाव बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

⚠️ नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

28/08/2026

9:00 AM Update: आज बिहान बाढी प्रभावित क्षेत्रबाट १०१ जना विदेशी नागरिकसहित ७२४ जनाको Helicopter बाट र २०० जनाको जमिनबाट उद्धार भएको छ। 🙏

Source: Nepal Army

28/08/2026

त्रिशूली–३ ए को टनेलमा फसेका ४ जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार

Address

Lekhnath Marg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Simpani News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simpani News:

Shortcuts

Share