Kul Bahadur Oli

Kul Bahadur Oli This is the official page of Juntara Khabar journalist Kul Bahadur Oli. Kul Bahadur Oli is also the Chairman of Juntara Media Group.

palpalkokura.com is newsportal site. We covers all the sports news, chitchat gossip, Events, Live Match Updates, Hot trending news etc.

07/09/2026
07/09/2026

अत्यन्त जरुरी सूचना || कृपया सबैले सक्दो सेयर गरिदिनुहोला
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल भक्तपुर ठिमी नगरपालिका-८, बोडे बस्दै आएकी १३ वर्षीया बालिका ईशा नेपाली काठमाडौं कोटेश्वर-३२, जडिबुटीबाट दिउँसो ४:३० बजेदेखि सम्पर्कविहीन हुनुभएको छ।
परिवारजनले खोजतलास गर्दा हालसम्म कुनै अत्तोपत्तो नलागेकाले उहाँलाई कतै फेला पार्नुहुने वा देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा तल दिइएको सम्पर्क नम्बरमा तुरुन्त खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
बालिकाको विवरण:
नाम: ईशा नेपाली
उमेर: १३ वर्ष
उचाइ: करिब ४ फिट ५ इन्च
लगाएको कपडा: कालो टिसर्ट र निलो पाइन्ट
हराएको स्थान: कोटेश्वर-३२, जडिबुटी
सम्पर्क नम्बर: ९७४३९७७१७३ / ९८६१८२०३५६ (जुनतारा खबर) / १०० (नेपाल प्रहरी)
तपाईंको एउटा सेयरले हराएकी बालिका सकुशल आफ्नो परिवारको सम्पर्कमा पुग्न मद्दत पुग्नेछ।
— जुनतारा खबर

06/09/2026

नेपालकाे दुखमा युएईकाे दराे साथ, बाढीपहिरो पीडितका लागि १ अर्ब ५१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि एक करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ।

भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोपछि प्रभावित बनेका नेपाली नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले यूएई सरकारले नेपाल सरकारलाई यो रकम उपलब्ध गराउन लागेको हो। यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको विशेष निर्देशनमा उक्त मानवीय सहायताको घोषणा गरिएको जनाइएको छ।

बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक घाइते र बेपत्ता भएको विषम परिस्थितिमा प्रभावित समुदायलाई तत्काल राहत सामग्री र सहयोग जुटाउन यो रकम खर्च गरिनेछ।

यूएई एड एजेन्सीमार्फत उपलब्ध गराइने उक्त सहायता प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा प्रयोग हुनेछ। त्यसका लागि यूएई एडको टोलीले स्थानीय प्रशासन तथा अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग प्रत्यक्ष समन्वय गरी अति प्रभावित र तत्काल सहायता आवश्यक परेका बस्तीहरूमा राहत सामग्री पुर्‍याउने बताएको छ।

06/09/2026

अन्ततः देउवा समूहको दबाबअगाडि झुके गगन थापा : क्रियाशील सदस्यतासम्बन्धी मुख्य माग पूरा, १५औँ महाधिवेशनको विवाद नयाँ मोडमा

काठमाडौँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्किएको क्रियाशील सदस्यता विवादमा अन्ततः सभापति गगनकुमार थापा पछि हटेका छन्। पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र तीव्र रस्साकस्सीबीच संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले उठाउँदै आएको मुख्य माग पूरा गर्ने निर्णय गरेको छ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले डिजिटल प्रणालीमा अद्यावधिक नभएका सदस्यहरूलाई पनि आगामी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो। यस निर्णयलाई पार्टी वृत्तमा गगन थापा देउवा समूहको कडा दबाबअगाडि झुक्न बाध्य भएको रूपमा हेरिएको छ।

के थियो विवादको चुरो ?

सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउने भन्दै १५औँ महाधिवेशनका लागि सबै क्रियाशील सदस्यता अनिवार्य रूपमा डिजिटल प्रणालीमा अद्यावधिक हुनुपर्ने कडा अडान लिँदै आएको थियो। तर, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले गाउँ–गाउँका पुराना र प्रविधिको पहुँच बाहिर रहेका हजारौँ क्रियाशील सदस्यहरू महाधिवेशन प्रक्रियाबाट वञ्चित हुने भन्दै यसको चर्को विरोध गर्दै आएका थिए।

देउवा समूहले डिजिटल प्रणालीलाई अनिवार्य गरिए महाधिवेशन नै बहिष्कार गर्नेसम्मको चेतावनी दिएपछि पार्टीभित्र विभाजनको त्रास बढेको थियो। अन्ततः विवाद उत्कर्षमा पुगेपछि सभापति थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग विशेष छलफल गरेका थिए। सोही छलफलमा भएको समझदारी अनुसार आइतबारको कार्यसम्पादन समितिले देउवा समूहको मागलाई सम्बोधन गरेको हो।

अब को–को सहभागी हुन पाउने ?

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अनलाइन प्रणालीमा अद्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन्। प्रवक्ता चालिसेले यो निर्णयले हजारौँ छुटेका कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा समेट्ने दाबी गरे पनि राजनीतिक रूपमा भने यो देउवा पक्षको स्पष्ट जित मानिएको छ।

देउवा समूहको अर्को अडान : 'नेतृत्व १४औँ महाधिवेशनकै हुनुपर्छ'

क्रियाशील सदस्यताको गाँठो फुके पनि देउवा समूह भने अझै पूर्ण रूपमा सन्तुष्ट भइसकेको छैन। देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले सदस्यताको निर्णय स्वागतयोग्य भए पनि पार्टीभित्रको मूल विवाद अझै बाँकी रहेको बताएका छन्।

डा. महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन गराउन पाउनुपर्ने आफूहरूको मूल माग यथावत रहेको प्रष्ट पारे। "हाम्रो मुख्य माग १४औँ महाधिवेशनबाट आएको नेतृत्वले नै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने हो। जबसम्म यो राजनीतिक माग पूरा हुँदैन, तबसम्म पूर्ण सहमतिको सम्भावना रहँदैन," उनले भने। यसले सदस्यताको विवाद समाधान भए पनि नेतृत्वको वैधानिकतालाई लिएर थप विवाद चर्कने संकेत गरेको छ।

वडा अधिवेशनको मिति सर्न सक्ने

यसैबीच, देशका विभिन्न भागमा आएको भीषण बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै बैठकले आगामी भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न निर्वाचन समितिलाई अनुरोध गरेको छ।

कार्यसम्पादन समितिमा महाधिवेशनको कार्यतालिका र अन्य सांगठनिक विषयमा छलफल बाँकी रहेकाले बैठक पुनः अर्को दिन दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। देउवा समूहको पहिलो सर्त पूरा गरेर लचिलो बनेका सभापति गगन थापाले अब १४औँ महाधिवेशनको नेतृत्वसम्बन्धी अर्को पेचिलो मागलाई कसरी व्यवस्थापन गर्छन्, त्यसैमा कांग्रेसको आगामी १५औँ महाधिवेशनको भविष्य निर्भर रहने देखिएको छ।

06/09/2026

दुखद खबर

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kul Bahadur Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kul Bahadur Oli:

Shortcuts

Share