khabarmandu.com

khabarmandu.com The official page of www.khabarmandu.com

बाढीपछी त्रिशुली नदि किनार क्षेत्र खण्डहर बनेको छ ।         तस्बिर: राज ढुंगाना
27/08/2026

बाढीपछी त्रिशुली नदि किनार क्षेत्र खण्डहर बनेको छ ।
तस्बिर: राज ढुंगाना

यो लिस्टमा तपाईका आफन्त हुनुहन्छ की हेर्नुहोला ।
27/08/2026

यो लिस्टमा तपाईका आफन्त हुनुहन्छ की हेर्नुहोला ।

उद्धार गरेर सैन्य तालिम केन्द्र त्रिशूलीमा राखिएका २४१ जना (नामावली)
27/08/2026

उद्धार गरेर सैन्य तालिम केन्द्र त्रिशूलीमा राखिएका २४१ जना (नामावली)


बाढीमा हराएकाहरू खोज्दै अस्पतालमा आफन्तअस्पतालमा केहीले आफन्तको तस्वीरसहित हराएको सूचना भित्तामा टाँसेका छन् भने केहीले ...
27/08/2026

बाढीमा हराएकाहरू खोज्दै अस्पतालमा आफन्त
अस्पतालमा केहीले आफन्तको तस्वीरसहित हराएको सूचना भित्तामा टाँसेका छन् भने केहीले सरकारी तथ्यांकमा नाम खोजिरहेका छन्।

कतै तपाईको आफन्त यो लिस्टमा छन की.......
27/08/2026

कतै तपाईको आफन्त यो लिस्टमा छन की.......



रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हु...
27/08/2026

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझ्न थाल्नुभएको छ।

पछिल्लो ६ घण्टामा तल उल्लेखित दाताहरुबाट मन्त्रालयमा आई हस्तान्तरण भएको रकम २७ करोड ३३ लाख रहेको छ । कोषमा योगदान गर्ने योगदानकर्ता कम्पनीहरुको विवरण यसप्रकार रहेको छ ।


भोटेकोशी बाढीले रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त ...
27/08/2026

भोटेकोशी बाढीले रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र सरकारले बेलिब्रिज जडानको काम अघि बढाएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ भने सडक खुलाउन २० वटा उपकरण परिचालन गरिएको छ ।

27/08/2026

नुवाकोटमा यतिसम्म क्षति, स्थानियसँग न घर छ, न त जमिन !

रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी अकस्मात् बाढीपछि अलपत्र परेका...
27/08/2026

रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी अकस्मात् बाढीपछि अलपत्र परेका विदेशी नागरिकहरूमध्ये २७ जनाको सकुशल उद्धार गरिएको छ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड ले औपचारिक स्थिति प्रतिवेदन जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएका २७ जना विदेशी पर्यटकहरूको आधिकारिक नामावली सार्वजनिक गरेको हो।

पर्यटन बोर्डका अनुसार २७ अगस्ट २०२६ (भदौ ११) अपराह्न ३:३० बजेसम्म उद्धार गरिएका नागरिकहरूमा भारत, अमेरिका, इटाली, दक्षिण कोरिया तथा अन्य देशका नागरिकहरू रहेका छन्:

भारत (११ जना): थिरुमा भालन, बालानी याप्पन, रत्न कुमार, रनानगा सवाई, रघुनन्दन, सीमा रञ्जन, नघु कबीर दोष, मारन गोबिन्दा स्पानु, सत्याई ढाकम, विजय बाखु र पङ्गा सवाई।

दक्षिण कोरिया (४ जना): तेयुन किया, तेहुन युम, जोङ्घोलिम र जेपोक याङ।

इटाली (२ जना): लोटुमुव स्टेकानो र भालुन्टिना पिच्चिन्टाई।

अमेरिका (२ जना): अञ्जना राजा र पट्टाबिरामन भेङ्कटेसन।

अन्य पहिचान खुलाउन बाँकी (८ जना): गङ फु, पुङ्गानाङ फुई, फाङ न्योताउ, झाङ चुआन, तियान यु, जिन्झी ग्याङ, झाङ कर्ग र ज्याङ ग्याङ।

पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन व्यवसायीहरूसँगको सहकार्यमा प्रभावित क्षेत्रमा रहेका अन्य स्वदेशी तथा विदेशी पर्यटकहरूको अवस्था पत्ता लगाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीव्र प्रयास जारी राखिएको छ।

27/08/2026

नुवाकोट त्रिशुली जाने बाटो कहिले खुल्छ ?

Address

Chandragiri
Kathmandu

Alerts

Be the first to know and let us send you an email when khabarmandu.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share