02/09/2025
विषयः ध्यानाकर्षण विज्ञप्ती ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको संयोजकतामा आज मिति २०८२ भदौ १७ गते मङ्गलबारका दिन नेपाल शेर्पा संघको भवन, नरायणटारमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपालका जातीय सामाजिक संस्कार (भाग ९) मा प्रकाशित लेख “शेर्पा समुदाय र तिनका सामाजिक संस्कारहरु” विषयक विचार विमर्श र छलफलका लागि एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ । उक्त लेखमा शेर्पा समुदायको उत्पत्तिका बारेमा तथ्यहीन र समुदायको सम्मानमा आँच पर्ने खालका शब्दहरु प्रयोग गरिएको विषयमा प्रमुख ६ संस्था—हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा संचार समूह नेपाल, नेपाल शेर्पा विद्यार्थी संघ, नेपाल शेर्पा महिला संघ, नेपाल शेर्पा युवा संघ, र शेर्पा कलाकार संघ—सहित एकजुट भई निम्नलिखित निर्णयहरु लिएका छन् । बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष तथा पदधिकारीहरु, नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव आङकाजी शेर्पा र लेखक तथा अनुशन्धानकर्ता सेर्कु शेर्पासमेतको सहभागिता रहेको छ ।
प्रस्तावहरुः
१. लेखकबाट लेखको सक्कल प्रति माग गर्ने ।
२. नेपाल प्रज्ञा प्रतिष्ठानको सम्पादक मण्डललाई ध्यानाकर्षण गराउने ।
३. विविध ।
निर्णयहरुः
१. प्रस्ताव नम्बर १ माथि विशेष छलफल गर्दा शेर्पा समुदाय र तिनका सामाजिक संस्कारहरु विषयक लेखको सक्कल प्रति लेखक आङ्लेमी शेर्पासँग माग गर्ने र उक्त लेखको शब्दहरु र प्रकाशित सामग्रीमा कुनै भिन्नता भएमा, समुुदायका संघ संस्थाहरुले सोही अनुरुप कदम चाल्ने निर्णय गरियो । यसका अतिरिक्त, आवश्यक परेको खण्डमा प्रेस विज्ञप्ति र प्रेस मिट गर्ने निर्णय समेत सर्वसम्मत गर्ने निर्णय गरियो ।
२. प्रस्ताव नम्बर २ माथि विशेष छलफल गर्दा लेखकबाट लेखको सक्कल प्रति प्राप्त भएपछि, नेपाल प्रज्ञा प्रतिष्ठानको सम्पादक मण्डलसँग सम्पर्क गरी उक्त पुस्तकमा उल्लेख गरिएको गलत तथ्य र शब्दावली प्रति ध्यानाकर्षण गर्ने र पुस्तकको बिक्री वितरण तत्काल रोक्नको लागि आवश्यक कदम चाल्ने निर्णय गरियो । बिक्री भइसकेका पुस्तकहरुलाई फिर्ता गर्न र गराउने तथा संकलन गर्ने कार्य पनि तुरुन्तै सुरु गर्ने निर्णय भएको छ । साथै, यस सम्बन्धमा तत्काल सच्याउने प्रक्रियाको लागि समिति गठन गर्ने निर्णय गरियो ।
३. प्रस्ताव नम्बर ३ माथि विशेष छलफल गर्दा यदि माथि उल्लेखित निर्णयहरु समयमा पूरा नभएमा शेर्पा समुदायले सशक्त र चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको छ । समुदायका प्रत्येक सदस्यको सम्मान र हकको रक्षा गर्न हामी दृढ छौं भन्ने कुरा यस पत्र मार्फत प्रष्ट गरिन्छ ।
नोटः नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित नेपालका जातीय सामाजिक संस्कार (भाग नौ) मा लेखिएको लेख शेर्पा समुदाय र तिनका सामाजिक संस्कारहरु भन्ने शीर्षकका लेखक आङ्लमी शेर्पाले प्रकाशित लेखमा लेखिएको शेर्पाको उद्गमथलो गोरखा जिल्ला भन्ने नलेखिएको तर सम्पादनको क्रममा सम्पादकले त्रुुटि गरिएको जनकारी दिनुुभयो । साथै शेर्पाको उत्पत्ति भन्ने उप शीर्षकमा बाँदर र राक्षसनीको सन्तान मानिने भन्ने शब्दवली राख्नुु गलत हो भनी स्वीकारी त्यसलाई तत्काल सच्याउने र सच्याउन लगाउने प्रतिवद्धता गर्नुभयो ।
१. हिमालयन शेर्पा सांकृतिक केन्द्र
२. नेपाल शेर्पा विद्यार्थी संघ
३. शेर्पा संचार समूह नेपाल
४. नेपाल शेर्पा युवा संघ
५. नेपाल शेर्पा महिला संघ
६. शेर्पा कलाकार संघ