27/08/2026
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न ८ जिल्लाबाट हालसम्म १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढीपछि खोज तथा उद्धारका क्रममा ८ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।