
24/08/2025
मेरो अध्ययनले देखाउँछ, Yango भन्ने गाडी र बाइक बुक गर्ने एप केवल सवारी सेवा मात्रै होइन, यहाँ केही गहिरो आशंका र खेल लुकेको छ ।
मानौं तपाईंले Yango बाट ६०० रुपैयाँमा यात्रा बुक गर्नुभयो। तर उता, Yango ले ड्राइभरलाई ६५०, ७००, कहिलेकाहीँ ८०० रुपैयाँसम्म तिर्छ। यात्रुले दिएको रकम ६०० मात्र भए पनि, ड्राइभरले पाएको रकम बढी हुन्छ।
अब सोच्नुस, दिनमा हजारौं बुकिङ हुन्छन्। प्रत्येक बुकिङमा Yango ले ५० देखि २०० रुपैयाँसम्म अतिरिक्त हाल्नुपर्छ भने, दैनिक लाखौं रुपैयाँ कहाँबाट आउँछ? यही प्रश्न सबैभन्दा गहिरो हो।
यसरी बुझ्दा, Yango ले यात्रुबाट आएको रकमभन्दा बढी रकम ड्राइभरलाई “Bonus” वा “Promotion” भनेर तिर्छ।
त्यो अतिरिक्त रकम कहाँबाट आउँछ ? यदि त्यो रकम बाहिरबाट आएको हुन्छ र “Subsidy” भनेर देखाइन्छ भने यो आशंका गर्ने ठाउँ हो ।
संसारमा यहि Subsidy को नाममा नै कालो धन सेतो बनाउने माध्यमहरु चलाईन्छ ।
उदाहरणका लागि,
बाहिरबाट आएको अनौपचारिक पैसा खातामा हालिन्छ। त्यसलाई “Incentive” भनेर देखाएर बैंकमार्फत पठाइन्छ। ड्राइभरको खातामा गएको रकम वैध आम्दानी जस्तो देखिन्छ तर यसरि कालो धन वैध खर्चमा रूपान्तरण हुन्छ।
यात्रुले दिएकोभन्दा बढी पैसा ड्राइभरलाई दिनु कुनै सामान्य व्यापार मोडल होइन। यदि त्यसो हो भने सस्तो छौन्जेल चल्नसक्छ तर महंगो भएपछी फेरि छाड्दै जान्छन किनकि यो मोडेल नेपालमा चल्न सक्दैन, नेपालीहरु यो कुरामा सचेत छन् , त्यसैले यस्तो हो भने त्यो यांगोकै लागि घाटा भयो
मूल प्रस्श्न !
दिनमा हजारौं ट्रान्जेक्सन भइरहँदा करोडौं रुपैयाँ नेपालको बैंकिङ प्रणालीमार्फत कहाँबाट कसरी आउँछ ? के हो खोजिको विषय हैन ?
यसैले मेरो अध्ययन अनुसार,
मैले कुनै आरोप लगाएको वा पुष्टि गर्न खोजेको हैन तर Yango मा केही गडबडी छ , यसको खोजी , अनुसन्धान गरिनुपर्छ या त यसको चित्तबुझ्दो जवाफ Yango ले दिनुपर्छ ।
यदि ब्यापारिक मोडेल नै हो भनेपनि सच्चिनुपर्छ, Yango कै कारण ट्याक्सी ब्यवशायी वा बाईक राईडरहरुलाई कुनै दिर्घकालिन असर पर्नु हुँदैन ।
- शोहन शिवोहम बाट साभार