25/10/2024
"ईण्डोनेशियाको राजधानी शहर जाकार्तावाट १ हजार किलोमिटर टाढा रहेको बाली आफैमा गौरबशाली पर्यटकीय शहर हो। ईण्डोनेशियाको पर्यटकीय शहर बालीमा यो बर्षको दर्शमा यतै बरालिदा मैले काठमाडौंको कोरसिटीलाई झलझल्ती सम्झे। काठमाडौंको कोरसिटीमा नेवार परम्पराग अनुसार, विहान उठ्नासाथ आमा तथा छोरी–बुहारीहरुले घरको आँगन कुचोले सफा गरेर आँगन देवता अर्थात कुमारको पूजा गरेजस्तो प्रत्येक विहान यहाँ पनि त्यस्तै चलन देख्दा मैले आफूलाई बालीमा होइन, काठमाडौंैकै कोरसिटीमा भएको अनुभव गरे। अझ अर्को मिल्दोजुल्दो कुरामा बालीमा एक घर–एक मन्दिरको अवधारणा रहेछ । जुन हाम्रो देशमा एक टोल एक मन्दिर भएजस्तै यहाँ सबै घरहरूमा आफ्नो गच्छे अनुसारको मन्दिर बनाएको पाएँ। नेपालमा जस्तै प्रत्येक दिन आफ्नो घर आंगनमा, पसल अगाडि नरिवलको पातको दूना÷बोतामा रंगिचंगीफूहरू, फलफूल, खानेकुरा राखेर, धूप सल्काएर, जल सिंचन गरेर भगवानको प्रार्थना गर्ने चलन यहाँ पनि रहेछ । जसवाट पनि अत्यन्त प्रभावित भए। धार्मिक परम्परा र मेल पाउंदा म आफू ईण्डोनेशियाको बाली शहरमा नभइकन नेपाल अझ काठमाडौंमा नै रहेको अनुभव गरे । काठमाडौंसंग धेरै मेल खाने शहरको रुपमा मैले बालीलाई पाए।"
यो अनुभव हालै ईण्डोनेशियाको बाली शहरको भ्रमण गरेर फर्कनुभएका आदरणिय रंगियो सिंउदो रातै भएर बोल लगायत दर्जनौ कालजयी गीतका गीतकार एवम् प्रखर लेखक प्रकाश कुइँकेलको यो हप्ता प्रकाशति नामी साप्ताहिकमा मूलखबर । साथमा विविध रोचक तथा खोजमूलक सामाग्री सहित नामी साप्ताहिकको बर्ष ११ अंक २ को विशेष आकर्षण।
-Shyam Smrit -SMRIT NEWS SERVICE -Sankalpa Nepal