Samata Press

Samata Press Official page of www.samatapress.com..
(Samata Media Lab)

'ताजा समाचार र निष्पक्ष विचार'का लागि https://samatapress.com/ हेर्दै गर्नुहोला। हामी समाचार मात्रै लेख्दैनौँ, समाचारकै माध्यमबाट समतामूलक समाज निर्माणको अभियानमा समेत टेवा पुर्‍याउने प्रयास गरिरहेका छौँ। हामीलाई साथ दिएर सहयोग गर्नुहोस्।

सल्लाह, सुझाव र प्रतिक्रियाका लागि :
Email : [email protected]
Website : https://samatapress.com/
Facebook : https://www.facebook.com/samatapress
Twitter : https://x.com/samatapress

सिस्नो प्रशोधन गरेर पाउडर बनाउन थालिएको छ, तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा।
27/09/2025

सिस्नो प्रशोधन गरेर पाउडर बनाउन थालिएको छ, तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा।

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती भोग्दै यात्रुतमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्...
27/09/2025

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती भोग्दै यात्रु

तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ ।

एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् ।

आकाश खुलेपछि शनिवार काठमाडौँ उपत्यकाबाट देखिएको हिमाल ।
27/09/2025

आकाश खुलेपछि शनिवार काठमाडौँ उपत्यकाबाट देखिएको हिमाल ।

पृथ्वी राजमार्गको गल्छी खण्डमा सवारी जाम । साँघुरो सडक र पुलका कारण जाम भएको हो।
27/09/2025

पृथ्वी राजमार्गको गल्छी खण्डमा सवारी जाम । साँघुरो सडक र पुलका कारण जाम भएको हो।

केही दिनदेखि सामाजिक सञ्जालमा चलिरहेको यो ट्रन्डबारे तपाई के भन्नुहुन्छ ?
27/09/2025

केही दिनदेखि सामाजिक सञ्जालमा चलिरहेको यो ट्रन्डबारे तपाई के भन्नुहुन्छ ?

ऐतिहासिक शृंखलामा नेपाललाई मौकायूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक...
27/09/2025

ऐतिहासिक शृंखलामा नेपाललाई मौका

यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक २ सय ५५ खेल आयोजना गरिसकेको छ । शारजहाँको यसै मैदानले शनिबारदेखि वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेटलाई आतिथ्यता दिँदै अर्को इतिहास बनाउने छ ।

नेपालले यसअघि शारजहाँ क्रिकेट रंगशालामा नखेलेको होइन । तर, जब नेपालका कप्तान रोहित पौडेल र वेस्ट इन्डिज समकक्षी अकेल हुसैन टसका लागि जानेछन्, शारजहाँ क्रिकेट मैदान नेपाली क्रिकेटको एउटा साक्षी बन्ने छ । नेपाल पूर्ण राष्ट्रविरुद्ध पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शृंखला खेल्न उत्रिँदा शारजहाँ क्रिकेट मैदानले आतिथ्यताको सौभाग्य पाउने छ ।
source : kantipur

भारतीयलाई पनि भिजिट भिसामा तेस्रो मुलुक पठाउने धन्दा, साढे ७ महिनामा ६ हजारलाई उडाइयो सहसचिव तीर्थराज भट्टराई त्रिभुवन अ...
27/09/2025

भारतीयलाई पनि भिजिट भिसामा तेस्रो मुलुक पठाउने धन्दा, साढे ७ महिनामा ६ हजारलाई उडाइयो

सहसचिव तीर्थराज भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका बेला ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिनै ६ हजार भारतीय नागरिकलाई तेस्रो मुलुक पठाइएको खुलेको छ । भट्टराई २३ असोज २०८१ देखि साढे ७ महिनासम्म विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत थिए । ती भारतीयबाट रकम असुलेर ‘सेटिङ’ मा तेस्रो देश उडाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलेको हो ।

Source : kantipur

Good Morning ! तपाईको दिन शुभ रहोस्। माता पाथीभराले सबैको रक्षा गरुन्।
27/09/2025

Good Morning ! तपाईको दिन शुभ रहोस्। माता पाथीभराले सबैको रक्षा गरुन्।

उपत्यका मेयर्स फोरमले सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग गर्ने घोषणा गरेकाे छ ।
26/09/2025

उपत्यका मेयर्स फोरमले सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग गर्ने घोषणा गरेकाे छ ।

दुर्गा प्रसाईंकाे दावी:जेनजी आन्दाेलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ।
26/09/2025

दुर्गा प्रसाईंकाे दावी:
जेनजी आन्दाेलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ।

Good Morning ! तपाईको दिन शुभ रहोस्। माता पाथीभराले सबैको रक्षा गरुन्।
25/09/2025

Good Morning ! तपाईको दिन शुभ रहोस्। माता पाथीभराले सबैको रक्षा गरुन्।

सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । जेन–जी आन्दोलनको दमनमा संलग्न र...
25/09/2025

सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।

‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ’ मन्त्रिपरिषद्सम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि थप कारबाही अघि बढ्ला ।’

Address

Kathmandu
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Samata Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samata Press:

Share