01/12/2025
जीवन विज्ञान प्रतिष्ठानमा २०८२ मङ्सिर १४ गते ‘तनाव विसर्जन कार्यशाला’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीले मानिसको जीवनमा आउने तनावका आयामबारे स्पष्ट हुदैँ त्यसको अभ्यास समेत गरेको बताए । कार्यक्रममा सिकेको अभ्यासलाई व्यवहारमा उतार्ने ऊर्जा मिलेको बताए ।
कार्यक्रममा श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवले तनावका चार आयामबारे चर्चा गर्दै अभ्याससमेत गराउनु भयो । दैनिक जीवनमा आइपर्ने तनावको व्यवस्थापन गर्ने कलाका वित्रिका विषयमा प्रशिक्षण दिनुभयो ।
कृषि तथा पशुपंछी विकास मन्त्रालयको आयोजनामा मन्त्रालय अन्तर्गतका विभिन्न आयोग, विभाग र कार्यालयहरूबाट सहभागी कार्यक्रम जीवन विज्ञान प्रतिष्ठान चाबहिलमा सम्पन्न भएको थियो ।