Jeevan Vigyan

Jeevan Vigyan Jeevan Vigyan is a complete spirituality center dedicated to the overall development of human life.

Life (Jeevan) is the reservoir of infinite knowledge, love, affluence, beauty and mystery that exists as a seed within us. Science (Vigyan) is the body of knowledge that is free from all dogmas, faiths, assumptions, and preconceptions. Jeevan Vigyan is the eternal and melodious flow of truthful, simple and liberating knowledge.

जीवन विज्ञान प्रतिष्ठान र अन्नपूर्ण न्युरो अस्पतालको संयुक्त आयोजनामा २०८३ असार ५ गते 'Medication based Treatment to Pre...
22/06/2026

जीवन विज्ञान प्रतिष्ठान र अन्नपूर्ण न्युरो अस्पतालको संयुक्त आयोजनामा २०८३ असार ५ गते 'Medication based Treatment to Preventive + Promotive Wellness' विषयक आरोग्य संवाद सम्पन्न भएको छ ।

गुरुदेवद्वयका मुख्य सन्देशहरू
श्रद्धेय रमेश गुरुदेव
– जीवनको आधार चेतना, चेतनाको प्रयोग गर्ने कला ध्यान र ध्यानलाई प्रयोग गर्ने कला आरोग्य हो ।
– चेतनाको जागरणका लागि सबैले ध्यान गर्नु आवश्यक छ ।
– सचेतना पूर्वको जीवन बाँच्न अभ्यास गर्नु नै आरोग्यको अभ्यास हो ।
श्रद्धेय भानु गुरुदेव
– औषधिले मानिसको जीवन बचाउँछ, आरोग्यले जीवन परिवर्तन गर्दछ ।
– आरोग्य नेपालको मौलिक विज्ञान हो यसलाई संसारभर पुर्याउनु पर्दछ ।
– मानिसले चिकित्सकलाई भगवान् मान्दछन्, ती भगवानरूपी चिकित्सकहरूलाई एकसाथ जीवन विज्ञानमा स्वागत गर्न पाउनु खुसीको क्षण हो ।

कार्यक्रमको विशेषता
– श्रद्धेय भानु गुरुदेव र वरिष्ठ न्युरोसर्जन प्रा.डा. बसन्त पन्तबिच प्रा. डा., दीपक रेग्मीद्वारा प्यानल मन्थन ।
– श्रद्धेय रमेश गुरुदेवले स्वजागरण ध्यानको अभ्यास ।
– प्रा.डा जे.पी अग्रवाल, प्रा.डा. सुनिल कुमार जोशी, डा. विजया पन्त, डा. रविन बस्नेतलगायत विभिन्न स्वास्थ्य संस्थाका सञ्चालक, प्राध्यापक, सर्जन, चिकित्सक, नर्स तथा आरोग्यकर्मीहरूको उल्लेखनीय सहभागिता ।
– औषधिले रोग घटाउँछ, तर आरोग्यमय जीवनशैलीले रोग लाग्न नदिने वातावरण बनाउनेमा सबैको जोड ।

सहभागी तथा विज्ञहरूको सुझाव —
– स्वास्थ्यको उद्देश्य अब रोगको उपचारमा मात्र सीमित नभई रोग लाग्न नदिने जीवनशैली, चेतना र संस्कृतिको विकासतर्फ केन्द्रित हुनु पर्ने ।
– अस्पतालहरू केवल रोग उपचारका केन्द्र नभई आरोग्य निर्माणका केन्द्र बन्नु पर्ने ।
– चिकित्सकहरू उपचारकर्तासँगै आरोग्य अभियन्ताका रूपमा विकास हुनु पर्ने ।
– योग, ध्यान, मानसिक स्वास्थ्य, पोषण, जीवनशैली व्यवस्थापन र निवारणमुखी स्वास्थ्य सेवाहरूलाई स्वास्थ्य प्रणालीको अभिन्न अङ्ग बनाउनु पर्ने ।
– नेपाल आरोग्य वर्ष २०२७ लाई स्वस्थ, सचेत, सुखी र समृद्ध नेपालको राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा ‘आरोग्य पाठ्यक्रम विकासका लागि आरोग्य संवाद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। का...
22/06/2026

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा ‘आरोग्य पाठ्यक्रम विकासका लागि आरोग्य संवाद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका मुख्य आकर्षण
श्रद्धेय रमेश गुरुदेवद्वारा स्वजागरणको प्रयोगात्मक अभ्यास ।
बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयकी सचिव अनिता निरौलाद्वारा शिक्षा क्षेत्रमा जीवन विज्ञानको योगदानबारे चर्चा ।
नाथमका पाठ्यक्रम प्रमुख सुजन कार्कीद्वारा ‘व्यावसायिक तालिमका लागि आरोग्य पाठ्यक्रम’ सम्बन्धी प्रस्तुति ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक विजयराज बडुद्वारा ‘विद्यालय शिक्षाको पाठ्यक्रममा आरोग्य’ विषयमा विचार प्रस्तुति ।
सिटिइभिटीका सदस्य सचिव डा. अनोज भट्टराईद्वारा ‘व्यावहारिक शिक्षामा आरोग्य’ विषयमा प्रस्तुति ।
विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे डा. केदार प्रसाद आचार्यद्वारा प्रस्तुति ।
शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलद्वारा विद्यालय शिक्षामा आरोग्य विषयमा धारणा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेद्वारा आरोग्य पर्यटनका अवसर र सरकारी पहल सम्बन्धी प्रस्तुति ।
श्रद्धेय भानु गुरुदेवद्वारा आरोग्य, आरोग्य पर्यटनको सम्भावना, पाठ्यक्रम विकास र राष्ट्रले गर्नुपर्ने तयारीबारे मार्गदर्शन ।

कार्यक्रमको उद्देश्य
विद्यालय, विश्वविद्यालय तथा व्यावसायिक तालिममा आरोग्य शिक्षा समावेश गर्ने विषयमा संवाद ।
आरोग्य पर्यटनका लागि आवश्यक जनशक्ति र पाठ्यक्रम विकासमा सहकार्य ।
नेपाललाई आरोग्य र वेलनेसको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने आधार तयार गर्नु ।
अन्य सहभागीद्वारा पाठ्यतक्रममा राख्नु पर्ने विविध विषयका सुझाव तथा राय प्रस्तुत ।

सहभागिता
कार्यक्रममा पर्यटन, शिक्षा, पर्यटन व्यवसाय, नीति निर्माण, विभिन्न व्यावसायिक संस्था तथा आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मानव शरीरका सूक्ष्म ऊर्जा केन्द्र (चक्र) सक्रिय र सन्तुलित बनाउने सातदिने ‘चक्र विज्ञान’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ...
21/06/2026

मानव शरीरका सूक्ष्म ऊर्जा केन्द्र (चक्र) सक्रिय र सन्तुलित बनाउने सातदिने ‘चक्र विज्ञान’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका मुख्य विशेषता
श्रद्धेय रमेश गुरुदेव र श्रद्धेय भानु गुरुदेवद्वारा योग, ध्यान र चक्र सन्तुलनका वैज्ञानिक तथा प्रयोगात्मक विधिको अभ्यास
चक्र सक्रियतामार्फत शरीर, मन र चेतनाको सन्तुलनमा केन्द्रित प्रशिक्षण
दैनिक जीवनमा प्रयोग गर्न सकिने सरल साधना र आरोग्यपूर्ण जीवनशैलीका सूत्र

सहभागीहरूको अनुभूति
जीवनमा नयाँ आयाम थपिएको अनुभव
आफूभित्रको क्षमता, ऊर्जा र सम्भावना चिन्न मद्दत
जीवन र कर्मलाई नयाँ दृष्टिकोणबाट हेर्ने सिकाइ
चक्र सन्तुलनले जीवन व्यवस्थित बनाउन सहयोग पुगेको अनुभूति
जीवनको उद्देश्यमा केन्द्रित हुन र आफूप्रति फर्कन प्रेरणा
सरल, स्वस्थ र आरोग्यपूर्ण जीवन बाँच्ने कला सिकाइ
शरीरका विभिन्न ऊर्जाको भूमिका र त्यसको सदुपयोगबारे ज्ञान प्राप्ति
शारीरिक, मानसिक र वैचारिक स्वास्थ्यका लागि उपयोगी अनुभव

सहभागीता
बानेश्वरमा सञ्चालन भएको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न तहका कर्मचारी, उद्योगी, व्यवसायी, विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध ४३५ जना सहभागी भएका थिए।

21/06/2026

शुभयात्रा तथा सफल अभियानको हार्दिक शुभकामना !


शुभयात्रा तथा सफल अभियानको हार्दिक शुभकामना !योग, ध्यान र आरोग्यका दिव्य ज्ञानलाई विश्व समुदायसम्म पुर्‍याउने पवित्र उद्...
21/06/2026

शुभयात्रा तथा सफल अभियानको हार्दिक शुभकामना !

योग, ध्यान र आरोग्यका दिव्य ज्ञानलाई विश्व समुदायसम्म पुर्‍याउने पवित्र उद्देश्यका साथ श्रद्धेय रमेश गुरुदेव, श्रद्धेय भानु गुरुदेव तथा श्रद्धेय देवी गुरुमा दुई महिनाका लागि अमेरिका र युरोपमा विभिन्न आरोग्य कार्यक्रम सञ्चालन गर्न आज अमेरिका प्रस्थान गर्नुभएको छ ।
उहाँहरूको यो अन्तर्राष्ट्रिय आरोग्य अभियान सफल, फलदायी र प्रेरणादायी बनोस् । योग, ध्यान, स्वास्थ्य, सुख, शान्ति, आत्मजागरण आराेग्यको सन्देश संसारभर फैलाउने यस पुण्य यात्राले असंख्य मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
सद्गुरुको कृपा, ईश्वरीय संरक्षण र शुभेच्छुकहरूको सद्भाव सधैँ साथ रहोस् । सम्पूर्ण यात्रा सुरक्षित, सुखद र सफल रहोस् भन्ने हार्दिक मङ्गलमय कामना ।

- जीवन विज्ञान परिवार

Address

Ganesh Marg, Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jeevan Vigyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jeevan Vigyan:

Share