Beauty News Nepal

Beauty News Nepal Beautynewsnepal.com

असोज १२ गते ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, १० विधामा मनोनयन सार्वजनिक :नेपालमा पहिलोपटक डिजिटल कन्टेन्ट क्रिएटरलाई केन्द...
07/09/2026

असोज १२ गते ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, १० विधामा मनोनयन सार्वजनिक :
नेपालमा पहिलोपटक डिजिटल कन्टेन्ट क्रिएटरलाई केन्द्रमा राखेर आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न लागेको अवार्डका लागि १० विधामा मनोनयन सार्वजनिक गरिएको हो।
आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपाली डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हो। ‘क्रिएट, इन्स्पायर, इम्प्याक्ट’ भन्ने नारासहित आयोजना हुन लागेको अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एन्ड पेमेन्ट्सको प्रस्तुतिमा हुनेछ।
(बिस्तृत समाचारको लिंक कमेन्ट बक्समा)

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि :आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्...
07/09/2026

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि :
आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन्। एमएस प्रोडक्सनद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइस्ताले उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन्।
प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि हासिल गरेका छन्। उपाधि विजेता आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका छन्।
(बिस्तृत समाचारको लिंक कमेन्ट बक्समा)

दसैँको फुलपातीमा आउने यी ६ वटा नेपाली चलचित्र :यो वर्ष दसैँको फुलपातीमा मात्रै ६ वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् ...
07/09/2026

दसैँको फुलपातीमा आउने यी ६ वटा नेपाली चलचित्र :
यो वर्ष दसैँको फुलपातीमा मात्रै ६ वटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । गत वर्ष दशैँमा तीन वटा चलचित्र आपसमा जुध्दा तीन वटै चलचित्रको व्यापार बिग्रेको थियो । तर यो वर्ष ६ वटा चलचित्र रिलिज हुँदैछन् । जसमा दीपकराज र दीपाको ६ मायाँ छपक्कै २, बिराज र समिर भट्टको १२ गाउँ २, पल शाहको आबाट आमा २ गरी तीन वटा सिक्वेल रहेका छन् । यस्तै अनमोल केसीको बाटुलो जुन, दयाहाङ राईको कबड्डी ५ र डबल त्रिपल रहेका छन् । यो दशैँमा दयाहाङका दुई चलचित्र रिलिज हुँदैछन् । के एकसाथ ६ वटा चलचित्र रिलिज हुँदा सबै चलचित्र हिट होलान त ? हुन्नन भने यी मध्ये कुन चलचित्र व्यबसायिक रुपमा सफल होला ? यी मध्ये तपाईँ कुन चलचित्र हेर्नु हुन्छ ? कमेन्ट बक्समा प्रतिक्रिया लेख्नु होला ।

‘फर्की फर्की : बियोन्ड टाइम’ निर्माण हुँदै, मुख्य भूमिकामा अनमोलअभिनेता अनमोल केसी यति बेला नयाँ चलचित्र ए मेरो हजुर ५ क...
07/09/2026

‘फर्की फर्की : बियोन्ड टाइम’ निर्माण हुँदै, मुख्य भूमिकामा अनमोल
अभिनेता अनमोल केसी यति बेला नयाँ चलचित्र ए मेरो हजुर ५ को छायांकनमा छन् । उनी दुई साता पछिबाट आफ्नै गृह ब्यानरको चलचित्र बाटुलो जुनको प्रचारमा जुट्ने छन् । यसै बिच अभिनेता अनमोल नयाँ चलचित्र ‘फर्की फर्की : बियोन्ड टाइम’ मा अनुबन्धित भएका छन् ।
(पुरा समाचारको लिंक कमेन्ट बक्समा हेर्नु होला)

06/09/2026
मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखिका वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ कृतिल...
06/09/2026

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार लेखिका वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ कृतिलाई प्रदान गर्ने निर्णय गरेको छ। यस्तै, करिब छ दशकदेखि नेपाली गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई यस वर्षको जगदम्बा–श्री पुरस्कार प्रदान गरिने भएको छ।

गुठीका अनुसार नेवार समुदायमा प्रचलित परम्परागत मुकुन्डोनाचको संकलन, अनुसन्धान तथा अभिलेखीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएकाले जोशीको कृति छनोट गरिएको हो। करिब १४ सय पृष्ठको उक्त पुस्तकमा मुकुन्डोनाचको इतिहास, सांस्कृतिक पक्ष र विभिन्न नृत्य परम्पराको विस्तृत अध्ययन समेटिएको छ।

खरेलले १९ वर्षको उमेरदेखि गीत लेखन सुरु गरेका हुन्। उनले करिब सात सय गीत लेख्नुका साथै एक सयभन्दा बढी चलचित्रका लागि गीत सिर्जना गरेका छन्। ‘ए दूरका सितारा’, ‘के हो तिम्रो नाउँ’, ‘मेरी पारु’ र ‘प्रियतमा’ उनका चर्चित कृतिमध्ये हुन्। यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएकामा १० कृति श्रेष्ठ सूचीमा परेका थिए।

आफ्नो श्रीमतीलाई पनि म्युजिक भिडियो मोडलिङमा ल्याए प्रकाशले: गायक प्रकाश सपुतले पहिलो पटक आफ्नो श्रीमती बिन्दुलाई तिज गी...
06/09/2026

आफ्नो श्रीमतीलाई पनि म्युजिक भिडियो मोडलिङमा ल्याए प्रकाशले:
गायक प्रकाश सपुतले पहिलो पटक आफ्नो श्रीमती बिन्दुलाई तिज गीतको भिडियोमा मोडल बनाएका छन् । निशा सुनार र आफुले गाएको गीतको भिडियोमा उनले अभिनेत्री निरुता सिंहसँग आफ्नी श्रीमतीलाई अभिनय गराएका हुन् । यो गीतको भिडियो आज रिलिज भएको छ । (बिस्तृत समाचारको लिंक कमेन्ट बक्समा हेर्नु होला)

06/09/2026

भोटेकोशीले आफ्ना छोराहरु बगाएर लापता भएपछि दिनरातको खोजीमा नभेटिएपछि यी आमाहरु यसरी घटना स्थलमै पुगेर रोइरहनु भएको छ ।

06/09/2026

राहतका लागि भनेर आफूले लगाएका लुगासमेत मन खोलेर पठाइयो। तर आज त्यही राहतको सामग्री झरीमा भिजेर यस्तो अवस्थामा पुगेको दृश्यले मन नै भारी बनायो। 😔
पीडितको घाउमा मल्हम बन्नुपर्ने सहयोग नै यसरी पानीमा भिजेर खेर नजाओस्। सम्बन्धित सबैको ध्यान जाओस्। 🙏

Address

Putalisadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Beauty News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Beauty News Nepal:

Shortcuts

Share