EBS Media Group

EBS Media Group Business promotion

यिनिहरु र बादरमा कुन कुराको फरक देख्नुभयो???
01/06/2026

यिनिहरु र बादरमा कुन कुराको फरक देख्नुभयो???

काठमाण्डौ - सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार...
30/05/2026

काठमाण्डौ - सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो ।
मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ । आर्थिक विधेयकअनुसार गुड, सख्खर भेलीको अन्तःशुल्क प्रतिक्विन्टल १३८ बाट बढाएर १४० रुपैयाँ पुर्‍याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ११० बाट बढाएर ११५ रुपैयाँ पुर्‍याइएको छ ।
चिनीले छोपेको वा नछोपेको तथा मिठो लेप लगाइएको वा नलगाइएको चुइगम, कोकोको धुलो, चिनी वा गुलियो पदार्थ नहालेको चकलेट र अरू कोको मिसिएका वस्तुको अन्तःशुल्क पनि बढाइएको छ । स्पागेटी, म्याकरोनी, पास्ता जस्ता वस्तुमा प्रतिकिलो २० लाग्दै आएको अन्तःशुल्क बढाएर ३५ रुपैयाँ पुर्‍याइएको छ ।
कुरकुरे कुरमुरे, लेज, चिजबलजस्ता वस्तुको अन्तःशुल्क यसअघि प्रतिकिलो २० लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिकिलो ७५ रुपैयाँ बनाइएको छ । यसअघि आलु चिप्समा प्रतिकिलो १८ अन्त:शुल्क लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिकिलो ३० रुपैयाँ बनाइएको छ ।
विभिन्न फलफूलहरूको जुस जस्तै सुन्तलाको जुस, भोगटेको जुस, भुँइकटहरको जुस, अङ्गुरको जुस, स्याउको जुस, गोलभेँडाको जुस, आँपको जुसको अन्तःशुल्क यसअघि प्रतिलिटर १३ रुपैयाँ ५० पैसाबाट बढाएर प्रतिलिटर १४ रुपैयाँ बनाइएको छ । सुर्तीरहित पान मसलामा यसअघि प्रतिकिलो ८७५ लाग्ने गरेको अन्तःशुल्क रकम अहिले बढाएर प्रतिकिलो एक हजार १५० रुपैयाँ बनाइएको आर्थिक विधेयकमा उल्लेख छ ।
अल्कोहलरहित बियरमा अन्तःशुल्क प्रतिलिटर ४५ लाग्ने गरेकामा शतप्रतिशत बढाएर प्रतिलिटर ९० रुपैयाँ बनाइएको छ । इनर्जी ड्रिङ्समा अन्तःशुल्क प्रतिलिटर ५२ लाग्ने गरेकामा १२० रुपैयाँ पुर्‍याइएको छ ।
हल्का पेय पदार्थमा प्रतिलिटर २५ अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ६० बनाइएको छ । माल्टबाट बनाइएको बियरमा ५ प्रतिशतसम्म अल्कोहल भएकामा अन्तःशुल्क प्रतिलिटर २४० बाट बढाएर २५५ रुपैयाँ, त्यस्तै १२ प्रतिशतदेखि १७ सम्म अल्कोहल भएको वाइनमा अन्तःशुल्क प्रतिलिटर ४६० लाग्ने गरेकोमा अब प्रतिलिटर ४९० रुपैयाँ पुर्‍याइएको छ ।
त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा अन्तःशुल्क प्रतिलिटर ५३५ लाग्ने गरेकामा अब प्रतिलिटर ५७० रुपैयाँ बनाइएको छ । छ्याङ अर्थात् कन्ट्री बियरको अन्तःशुल्क प्रतिलिटर ४८ बाट प्रतिलिटर ५० रुपैयाँ बनाइएको छ । सेम्पेन, सेरी, मिड, पेरी साइडरलगायतका पदार्थको अन्तःशुल्क प्रतिलिटर ५१६ बाट घटाएर ४९० रुपैयाँ बनाइएको छ । त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडीबुटी मिश्रित मदिरा, ककटेलमा ५१६ बराबर अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ५७० रुपैयाँ बनाइएको छ ।
त्यस्तै रङ्गलेप (पेन्ट), रङ्गरोगनका लागि चाहिने इनामेल, सडकमा चिह्न लगाउने थर्मोप्लास्टिक पेन्टको अन्तःशुल्क ७ बाट बढेर १५ रुपैयाँ बनाइएको छ । टायलको रूपमा वा रोलमा रहेका भुईँ ढाक्ने वस्तु (फ्लोर कभरिङ) का लागि प्रयोग हुने वस्तुहरूको अन्तःशुल्क १० बाट बढाएर १५ रुपैयाँ पुर्‍याइएको छ ।

काठमाडौं :  सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत, छुट तथा सुविधा दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम ...
30/05/2026

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा विभिन्न कर सहुलियत, छुट तथा सुविधा दिने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै विभिन्न छुटको घोषणा गरेका हुन्।

-नेपाल भित्र कृत्रिम हातखुट्टा र अपांगता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट

-आवासीय भवनको बीमा बापत अधिकतम दश हजार रुपैयाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था

-विकास निर्माण आयोजना सञ्‍चालनका लागि जग्गा प्राप्ति गर्दा घरजग्गा रजिष्ट्रेशनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था

-कृषि प्रशोधन उद्योगमा पहिलो १० वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेष्टिङ ल्याब सहितका मेशिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था

-कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिने

सरकारी कर्मचारी मालामाल जनतालाइ हिस्स बुढी हरिया दात
30/05/2026

सरकारी कर्मचारी मालामाल जनतालाइ हिस्स बुढी हरिया दात

30/05/2026
14/04/2026

नयाँ बर्ष

वालेन शाह प्रधानमन्त्री
14/04/2026

वालेन शाह प्रधानमन्त्री

Happy Nepali New Year
13/04/2026

Happy Nepali New Year

शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे लेखेका छन्- मसँग वैध प्यान नम्बर छ। तर व्यक्तिगत सुरक्षाका कारण स...
13/04/2026

शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे लेखेका छन्- मसँग वैध प्यान नम्बर छ। तर व्यक्तिगत सुरक्षाका कारण समावेश नगरेको हुँ।

बार्ता सफल हुनुपर्ने हो के भयो?
12/04/2026

बार्ता सफल हुनुपर्ने हो के भयो?

Address

Dillibazar
Kathmandu

Telephone

+9779851190032

Website

Alerts

Be the first to know and let us send you an email when EBS Media Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EBS Media Group:

Share