२४ घण्टा नेपाल को ताजा-ताजा खबर आफ्नो फेसबुक होम पेज मा पाउन को लागी लाईक गर्नुहोस्।।
बदलिँदो परिस्थितीसँगै आम नागरिकले आफ्ना हक अधिकारको प्राप्ती र उपभोगका लागि संगठित हुने अबसर प्राप्त गरेका छन् । बदलिदो समय अनुरुप आज साक्षरताको संख्यामा बृद्धि भए पनि सबै साक्षरहरु असल र सचेत नागरिकका रुपमा शिक्षित हुन सकेका छैनन् । सूचना र संचारनै यस्तो सशक्त माध्यम हो जसले आम नागरिकलाई बदलिदो परिबेश संगै राज्य
ले अख्तीयार गरेका निती, कार्यक्रम, जनताका हक अधिकार र प्रकृयाका बारेमा सुसुचित गराउन सक्दछ । संचारका माध्यमहरु बाट निश्पक्ष भई खोज तथा अनुसन्धानमुलक सूचना संकलन तथा प्रशारण गर्न ब्यबसायिक दक्षताको आबश्यकता बर्तमान यूगको माग भएको छ ।देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली बासीहरुलाई सूचना र संचारको मध्यमबाट एकताबद्धगर्दै नेपाली,हिन्दी,अंग्रेजी चलचित्र तथा म्युजिक भिडिओ,साहित्य,कला जस्ता विभिन्न मनोरंजन पूर्ण बिषय बस्तुहरुलाई समेटेर देश बिदेशमा घटेका अनि भएगरेका समाचार हरुलाई तपाईंहरु माझ सजिलोसंग उपलब्ध गराउने उदेश्यले नेपाल बन्द सदाको लागी बन्द गरौ को सुरुवात गरिएको हो ।
तपाईहरुले दिने माया,प्रेम र सदभाव प्रति हामी गौरवान्वित हुनेछौ ।