Dibya darshan

Dibya darshan THIS IS THE NEWSPAPER PAGE WHERE U WILL GET ALL THE TRUTH N TRUSTED INFORMATION ABOUT VARIOUS THING.

रसुवा–नुवाकोटमा खोज तथा उद्धार कार्यको निरीक्षणमा प्रधानसेनापति
03/09/2026

रसुवा–नुवाकोटमा खोज तथा उद्धार कार्यको निरीक्षणमा प्रधानसेनापति

भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन
03/09/2026

भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालन

सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको...
02/09/2026

सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

भोटेकोशी बाढी प्रभावितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
02/09/2026

भोटेकोशी बाढी प्रभावितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

बलिउड अभिनेता सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार ...
02/09/2026

बलिउड अभिनेता सोनु सूद भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशुली पुगेका छन् । भारतबाट आएका सहयोगीहरूसहित बुधबार उनी त्यहाँ पुगेका हुन् ।
बाढीले तहसनहस बगाएको त्रिशुली किनारबाट फोटो सार्वजनिक गर्दै अभिनेता तथा समाजसेवी सुदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको बताएका छन् ।
आशा जगाउन, घरहरू पुननिर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न आफूले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुद लेख्छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु । भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू । नेपाल एक्लो छैन । म नेपाली जनताको साथमा छु । आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न मद्दत गर्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।’

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले बाढीपीडितलाई ४० करोड सहयोग गर्ने
02/09/2026

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले बाढीपीडितलाई ४० करोड सहयोग गर्ने

रसुवा, नुवाकोट, धादिङसहित प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजारभन्दा बढी जनशक्ति परिचालनकाठमाडौं । भोटेकोशी बाढीबाट प्...
02/09/2026

रसुवा, नुवाकोट, धादिङसहित प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजारभन्दा बढी जनशक्ति परिचालन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सुरुङभित्र फसेका तथा बेपत्ता नागरिकको खोज तथा उद्धारका लागि सुरक्षा निकायसहितको संयुक्त टोलीले अभियान तीव्र बनाएको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित बस्तीमा खोज तथा उद्धार कार्य जारी छ।

रसुवागढी हाइड्रोपावरको सुरुङभित्र उद्धार टोली करिब १५० मिटर पुगे पनि ठूला चट्टानका कारण थप अगाडि बढ्न नसकेपछि पुनः खोजी कार्य जारी राखिएको छ। लाङटाङ हाइड्रोपावरमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार गरिरहेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरिएको छ।

अपर त्रिशूली–१ को हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ। त्रिशूली–३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो हटाउने काम गरेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोगपछि सुरुङको आउटलेट पत्ता लागेको छ। वर्षाका कारण राति सुरुङमा जमेको करिब डेढ मिटर पानी पम्पमार्फत बाहिर निकालिएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ। आयोजनाको कार्यालय तथा आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो एक्स्काभेटरबाट निर्माण भइरहेको छ।

यसैबीच प्रभावित बस्ती, जंगल, डाँडाकाँडा तथा खोला क्षेत्रमा समेत पैदल गस्ती गरी स्थानीयको अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्यांकन भइरहेको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजारलगायत नुवाकोटका विभिन्न क्षेत्रमा खोजी जारी छ।

https://dibyadarshan.com/12775
30/08/2026

https://dibyadarshan.com/12775

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्....

https://dibyadarshan.com/12769
30/08/2026

https://dibyadarshan.com/12769

काठमाडौं । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्...

Address

Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

014242995

Alerts

Be the first to know and let us send you an email when Dibya darshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dibya darshan:

Shortcuts

Share