26/01/2015
जुलुस
कलाकारहरूको मादल जुलुस
लोकदोहोरी गायनसँग सम्बद्ध कलाकारहरूले
मादल जुलुस निकालेका छन् ।
कलाकारहरूको हित र
संरक्षणका सम्बन्धमा राज्यको मूल कानुन
संविधानमा स्पष्ट लेखियोस् भन्ने
मागका साथमा उनीहरूले मादल जुलुस
निकालेका हुन् । राष्ट्रिय
लोकदोहोरी प्रतिष्ठानद्वारा आयोजित उक्त
जुलुसमा कलाकारहरू
मादलको तालमा दोहोरी भाका हाल्दै
नाचेका थिए ।
आयोजक संस्थाका उपाध्यक्ष
बद्री पंगेनीका अनुसार कुर्सी भाँच्नलाई
सभासदलाई निर्वाचित गरेको नभई संविधान
लेख्नका निम्ति पठाएकाले उनीहरूलाई
दायित्वबोध गराउन यसप्रकारको कार्यक्रम
आयोजित गरिएको हो । दोहोरी गायन
क्षेत्रका अतिरिक्त प्रस्तोता समाज,
संगीतकार संघ तथा अन्य संघसंस्थामा आबद्ध
कलाकारहरू पनि मादल जुलुसमा सहभागी थिए ।
उक्त अवसरमा पशुपति शर्मा, राधिका हमाल,
मन्जु पौडेल, जानकी तारामी मगर, शंकर बिसी,
तुलसी पराजुली, लक्ष्मण शेष, महेश
खड्का आदि कलाकारले गीत गाउँदै नृत्य प्रस्तुत
गरेका थिए ।
बिस्तृत लेख पढ्न यो लिंकमा जानुहोस् :-
http://www.ekantipur.com/saptahik/2071/10/9/
full-story/16354.html
eKantipur.com is Nepal's no 1 breaking news website with full features of personalisation. We deliver the latest updates on national and international issues including politics, sports, business and entertainment with photo, audio and video.