Nepali Muktak - नेपाली मुक्तक

Nepali Muktak - नेपाली मुक्तक Nepali Muktak Collection

12/09/2025
07/09/2025

मुक्तकः
नयाँ गाउँ नयाँनयाँ ठाउमा अल्लि डर लाग्छ
छन् यहाँ महान मान्छे आफै भित्र नै भर लाग्छ
अपरिचित छु कताकता बिरानो ठाउँ तिर
हाँस्दै राखे पाइला यहीँ मलाई संसार लाग्छ।

पार्वती घिमिरे पौडेल,,,✍️✍️
पन्चकन्या २ नुवाकोट,,,

Mankura
21/08/2025

Mankura

20/08/2025

जिन्दगी अँधिया चलिरहन्छ,
लागेपनि खिया चलिरहन्छ ।
म नै सर्वज्ञानी हु भन्नु भ्रम हो,
सिकाईको प्रकृया चलिरहन्छ ।।
सुमन काले

जिन्दगीले जिन्दगीलाई बुझ्न नसक्दा सियो बनेर  कसैसँग  झुक्न नसक्दा  खल्लो भए जस्तो  हुन्छ मेरो जीवन सोचेको त्यो  शिखरमा प...
09/08/2025

जिन्दगीले जिन्दगीलाई बुझ्न नसक्दा
सियो बनेर कसैसँग झुक्न नसक्दा
खल्लो भए जस्तो हुन्छ मेरो जीवन
सोचेको त्यो शिखरमा पुग्न नसक्दा
Gajendra Moktan

07/08/2025

नेपालको माया सधैं, सम्स्झना दिन रातमा
हिमालको सुन्दर देश, गंगा बग्छ काखमा।
एकताले सजिएको, यो मेरो प्यारो पहिचान,
हृदयले रंगिन्छ सधैं, देश राख्छु पासमा।
- सावरि जिजिविशा

१.मुक्तकनाटक गर्दै समय कटाउन खोजे जस्तो।।सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।तिमी बारबार यस्तो व्यबहार नगर भो प्रियाच...
06/08/2025

१.मुक्तक
नाटक गर्दै समय कटाउन खोजे जस्तो।।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
२.मुक्तक
खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।।
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला।
मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
३.मुक्तक
बनाएर बोलीलाई हतियार थरीथरीका।।
फेरिरह्यौ माध्यम लगातार थरीथरीका ।।
कहिले घाँटि रेट्ने त कहिले मुटु छेड्ने गरि
पठायौ निष्ठुरीले उपहार थरीथरीका ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
४.मुक्तक
यो मन जलेर भैसकेछ खरानी पत्तै पाइन।।
रुँदारुँदा सकिएछ आँखाको पानी पत्तै पाइन।।
म रङ्गमन्चमा माया प्रेम भन्दै बसिरहदा
यता बितिसकेछ आधा जिन्दगानी पत्तै पाइन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
५.मुक्तक
पक्कै छैन हो म पबित्र भन्दा मानिनौ।।
भो भो नबस दिलभित्र भन्दा मानिनौ।।
आज मलाई धोखेबाज भन्नुको कारण
बिग्रेको छ है मेरो चरित्र भन्दा मानिनौ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
६.मुक्तक
सुम्पिदिन्छु, यो जिबन माया गरेउ भने।।
गर्छु सधै सधै ,जतन माया गरेउ भने।।
यो जिन्दगी तिमीलाइ नै अर्पण गरि
बनुँला मुनाको मदन माया गरेउ भने।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

७.मुक्तक
कस्तो रहेछ यो संसार भनी तुलाना गरिएको छ।।
सुन ठुलो कि हिराको हार भनी तुलना गरिएको छ।।
उसैलाई भुल्न एकै बोतल पिउछु भन्दा हिजो
एक रोज्नु रक्सी कि त प्यार भनी तुलना गरिएको छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
८.मुक्तक
पहिले त पत्थर जस्तै यो दिल बनाउनु छ।।
दुनियाँले मलाई भेट्टाउन मुस्किल बनाउनु छ।।
यो दुनियाँ देखि धेरै धेरै दुर भए भने म
अक्सर तिम्रो यादमा आँसु टिलपिल बनाउनु छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
९.मुक्तक
जीवन मरणको दोसाँधमा शरीर बनेपछी।।
तिम्रै कारण झुकिरहने मेरो शिर बनेपछी।।
आज समाजले मलाई पागलको संज्ञा दिदैछ
त्यो कान्छिको भट्टी पनि आफ्नै मन्दिर बनेपछि।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम.
१०.मुक्तक
चानचुने होइन उसलाई एकदम दामी बनाइदिनु।।
उसको चर्चा अनि मेरो बदनामी बनाइदिनु।।
तिम्रो बिहेको जन्ती जादा गाउँ नै रित्तो होला त्यो दिन
मेरो लास बोक्ने दुईचार जना मलामी बनाइदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

नेपाल देश सुन्दर, हिमालको काखमा,सगरमाथा उभिएको, शान्तिको आलापमा।हरियाली वनजंगल, फुल्छ फूल पहाडमा,गंगा-कोशी बग्छन्, जीवनक...
06/08/2025

नेपाल देश सुन्दर, हिमालको काखमा,
सगरमाथा उभिएको, शान्तिको आलापमा।
हरियाली वनजंगल, फुल्छ फूल पहाडमा,
गंगा-कोशी बग्छन्, जीवनको आधारमा।
सावरी - जिजिबिशा

04/08/2025

Udash Ananta
त्यस्तो भयो भने साँच्चै,कस्तो हुन्थ्यो होला
जीवन,प्रणयकै बगान्,जस्तो हुन्थ्यो होला
श्रीमती र प्रेमिकाहरु,यत्ति छुच्चा नहुँदा हुन् त
वेश्याहरुको मोल कति,सस्तो हुन्थ्यो होला
-उदास

04/08/2025

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Muktak - नेपाली मुक्तक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Muktak - नेपाली मुक्तक:

Share