The Insider NPL

The Insider NPL Journalism is to survive and thrive, it can only do so by being both editorially and financially indp

आईसीसीद्वारा श्रीलंका क्रिकेट संघ निलम्बनकाठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल - आईसीसीले श्रीलंका क्रिकेट बोर्डला...
11/11/2023

आईसीसीद्वारा श्रीलंका क्रिकेट संघ निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल - आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आईसीसीले शुक्रबार राति सूचना जारी गरेर तत्काल लागु हुने गरी श्रीलंकाको क्रिकेट बोर्डलाई निलम्बन गरेको हो ।

श्रीलंकाली खेलकुद मन्त्री रोशन रानासिंगेले गत सोमबार राष्ट्रिय क्रिकेट बोर्डका सदस्यलाई आफूखुसी फेरबदल गरेका थिए । त्यसको पाँच दिन पछि बोर्ड आईसीसीको निलम्बनमा परेको हो ।

गत वर्ष भएको टी-ट्वेन्टी विश्वकपको विषयमा अडिट रिपोर्ट सार्वजनिक भएपछि त्यहाँको सरकारले बोर्डमा हस्तक्षेप गरेको थियो । नयाँ समितिमा तीन पूर्वन्यायाधिससमेत समावेश छन् । अब अडिट रिपोर्टको विस्तृत अनुसन्धानपछि पहिलेको बोर्ड सदस्यहरूलाई कारबाही हुनेसम्मको चेतावनी मन्त्रालयको सूचनामा छ ।

सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा टिमका सदस्य रहेका अर्जुना रनातुंगाको अध्यक्षमा बोर्डको नयाँ समिति बनाइएको छ । त्यसैबेला बोर्डलाई आईसीसीले निलम्बन गर्ने आशंका गरिएको थियो ।

अहिले श्रीलंका क्रिकेट बोर्डप्रति देशव्यापी आक्रोश बढेको छ । नयाँ बोर्डले आफू सरकारबाट परिचालित नहुने र चाँडै नै आईसीसीले स्वतन्त्रपूर्वक काम गर्न पाउने गरी अघि बढ्ने जनाएको छ ।

#दैनिक #नेपाल #काठ्मान्डौ #नेपाली #समाचार

काठमाण्डूका मेयर बालेन किन ठेलागाडापछि कबाडखानालाई आफ्नो 'निशानामा पार्दै' छन्? #दैनिक  #नेपाल  #काठ्मान्डौ  #नेपाली    ...
11/11/2023

काठमाण्डूका मेयर बालेन किन ठेलागाडापछि कबाडखानालाई आफ्नो 'निशानामा पार्दै' छन्?

#दैनिक #नेपाल #काठ्मान्डौ #नेपाली #समाचार

काठमाडौँ, कात्तिक २५ गते ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्...
11/11/2023

काठमाडौँ, कात्तिक २५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेको छ ।

क्वारेन्टाइनले फूल आयातका लागि इजाजत दिएको भनि फूल व्यवसायीबाट कृषि मन्त्रालयसम्म गुनासो पु¥याएपछि क्वारेन्टाइनले सो कुरा स्पष्ट पारेको हो । क्वारेन्टाइनले विज्ञप्ति जारी गरी राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रक्रिया पु¥याएर पैठारी गर्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।

केन्द्रका प्रमुख सावित्री बरालका अनुसार नेपाल–भारत बिचमा रहेको खुला सिमाना र देशका १७० भन्दा बढी स्थानमा रहेका भन्सार कार्यालयमध्ये ११ स्थानमा मात्र यस क्वारेन्टाइन अन्तर्गत रहेका छन् । ती स्थानबाट मात्र बिरुवा तथा बिरुवाजन्य उपजको पैठारी हुनुपर्ने चुनौती देखिएको छ ।

सीमा सुरक्षा निकायबाट बरामद भएको सामग्रीसमेत कानुनबमोजिम नष्ट गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै प्रमुख बरालले तयारी कटफ्लावर तथा आलङ्कारिक बिरुवाहरू तुलनात्मक हिसाबले विलासिताका वस्तुको वर्गमा वर्गीकरण गरी भन्सार महसुल एवं अन्य शुल्क लगाई पैठारी निरुत्साहित गर्न सुझाव दिनुभएको छ ।

केन्द्रबाट कात्तिक १ गतेअघि ५८ वटा प्रवेश अनुमतिपत्र जारी भइसकेको र त्यसबाट कुल तीन लाख दुई हजार ३३६ केजी सयपत्री फुलको छोडपुर्जी जारी भएको क्वारेन्टाइनले जनाएको छ । केन्द्रबाट प्रदान गरिएको एकमुष्ट सिफारिस पटक पटक प्रयोग गरी प्रवेश अनुमतिपत्र माग गरिएका ४८ वटा प्रवेश अनुमतिपत्र निलम्बन गरिएको क्वारेन्टाइनले जनाएको छ ।

चाडपर्वलक्षित पैठारी भएका सयपत्री फूल तथा मालाहरू देशका सबै भागमा पुग्न सक्ने र सोबाट शत्रुजीव जोखिम हुन सक्ने आकलन गरी केन्द्रले पैठारी हुने फूल १६ वटा विभिन्न शत्रुजीवमुक्त भएको प्रमाणीकरण हुनुपर्ने व्यवस्था गरेको छ । सोबमोजिम हालसम्म नौ वटा प्रवेश अनुमतिपत्रबाट चार लाख ५० हजार केजीका लागि अनुमतिपत्र जारी भएको केन्द्रले जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले पनि शुक्रबार विज्ञप्ति जारी गरी सरकारबाट फूल आयातमा गरेको कडाइको प्रशंसा गरेको छ । अवैध रूपमा पुष्प आयात गर्ने, भण्डारण गर्ने तथा बिक्री गर्नेमाथि गृह मन्त्रालयले प्राथमिकताका साथ अनुगमनसमेत गरिरहेको र यसमा फ्यानले निरन्तर समन्वयमा रहेको जानकारी गराएको छ ।

#दैनिक #नेपाल #काठ्मान्डौ #नेपाली #समाचार

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...
11/11/2023

काठमाडौँ, कात्तिक २५ गते । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्दको जयन्तीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरेर उहाँहरुले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेका बताउनुभएको छ ।

सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उल्लेख गर्नुभएको छ । उहाँले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

“फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको छ, उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

उपराष्ट्रपति यादवले फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र उहाँले अवलम्बन गर्नुभएको सत्मार्ग किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धर्मावलम्बीका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्ष भएको बताउनुभएको छ ।

फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्किलोपन, आडम्बर र महङ्गा कुसंस्कृतिलाई मितव्ययी एवम् संयमित बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनुभएको उल्लेख गर्दै उहाँको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ । फाल्गुनन्दले अगाडि सार्नुभएको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको उहाँले बताउनुभएको छ ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि निर्वाह गरेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

#दैनिक #नेपाल #काठ्मान्डौ #नेपाली #समाचार

कालीमाटी (नलगाढ), कात्तिक २५ गते । कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि प...
11/11/2023

कालीमाटी (नलगाढ), कात्तिक २५ गते । कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि पुरिइन् । मध्यरातमा सुतेकै बेला गल्र्यामगुर्लुम घर ढलेपछि आमाछोरी सुतेकै ठाउँमा पुरिएका हुन् ।

स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहो¥याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।

रिम्नाका टीका शर्मा ओलीले भन्नुभयो, “सबैका कान ठाडा भए, रोएको ठाउँमा खोतल्दा जिउँदो बच्चा भेटियो तर धुलाम्मे माटोको ढिक्का जस्तो थियो । त्यो रात जसोतसो जोगाएर भोलिपल्टै उसकी हजुरआमा र हजुरबुबाको जिम्मा लगाइयो ।”

सत्तरी वर्षीय हजुरआमा तीर्खामाया बुढाले भन्नुभयो, “हामीले नानी पाउँदा शरीरभरि ददारिएको घाउ थियो । कानभरि माटो भरिएको थियो तर अन्त ठुलो चोट केही थिएन ।” दसैँमा विशा रिम्ना मामाघरमा टीका लगाउन आमासँगै गएकी थिइन् तर विशा एक्लै घर फर्किइन् । भूकम्पमा उनले आमा गुमाएको एक साता बित्यो ।

उनी नौला हातलाई आमाको हात हो कि भनेर समात्छिन् । अनुहार हेरेर होइन भन्ने थाहा पाएपछि मुख बिगारेर रुन्छिन् । ७० वर्षिय हजुरआमाको काखमा आमाको काखको न्यानो खोज्छिन् ।

पहाडै थर्किने गरी आएको भूकम्पको त्रास अझै नमेटिएको बेला नातिनी आमाविहीन हुँदा तीर्खामायाको मन अमिलो बनेको छ । उहाँले भन्नुभयो, “हामी बुढाबुढी भइसक्यौँ, अब कसले यसको हेरचाह गर्ला, कसले राम्ररी स्याहार्ला खै ?” सातौँ दिनमै बिहीबार बुहारीको किरिया फुकाए । हजुरबुबाले भन्नुभयो, “दुई जना मर्दा ऊ मात्रै बाँची । खै भाग्यमानी भनौँ कि अभागी !”

राम्रो स्याहार चाहिने भएकाले छलफल गरेर कसले पाल्ने भन्ने निधो गरिने फुपूले बताउनुभयो । पुरिएर पनि बाँचेको बच्चा भनेर उनको अहिले जाजरकोटमा चर्चा छ । उसलाई पढाउन र सहयोग गर्न सहयोगी मनका धेरैले चाहेका छन् । सोही व्रmममा अनाथ बालबालिकाको पालनपोषण गरिरहेका रीता शाहीलगायत सुदूरपश्चिमका महिलाको एक समूहले घरका कसैले नसके बच्चा आफूले लाने आश्वासन परिवारलाई दिँदै तत्कालका लागि पाँच हजार रुपियाँ सहयोग गरेको छ ।

उता नलगाढको चिउरी गाउँका चन्द्रकला विकले बुहारी र नातिनी बचाए पनि आफ्नो छोरा बचाउन सक्नुभएन । उहाँले भन्नुभयो, “सबै सँगै सुतेका थियौँ, राति गडङ्डङ् गर्दै घर हल्लियो, नातिनी बोकेर बाहिर निस्क्यौँ तर छोरो निस्कन पाएन ।” सबैलाई बाहिर धकेलेपछि आउन लाग्दा घरको भित्ताको ढुङ्गो टाउकोमा लागेपछि छोरो उहीँ रक्ताम्य भएर ढलेको उहाँले बताउनुभयो । पछि झिक्न जाँदा छोरो गइसकेको थियो । सो गाउँमा २५ जनाले ज्यान गुमाएका छन् ।

जाजरकोट भूकम्पमा धेरै बालबालिकाले आफ्ना आमा, बुवा वा दुवै अभिभावक गुमाएका छन् । अहिले उनीहरू धेरैजसो नजिकका आफन्तको शरणमा छन् । भूकम्पले गाउँ नै उजाड हुने गरी क्षति पुरयाएकाले भविष्यमा उनीहरूको शिक्षा, लालनपालनमा समस्या हुने देखिएको छ ।

अझ भूकम्पका कारण बालबालिकामा मानसिक समस्या देखिएको छ । सधै नै भए पनि घरभित्र पस्न नमान्ने, सानो भूकम्प आउँदा पनि धेरै डराउने, एकोहोरो टोलाउने, नबोल्ने जस्ता समस्या देखिएको डा. मान्यता थापाले बताउनुभयो । बाल अधिकारमैत्री कृयाकलाप र वातावरण भूकम्प क्षेत्रमा नबनाए बालबालिकाको स्वाभावमै परिवर्तन आउने उहाँले औँल्याउनुभयो ।

#दैनिक #नेपाल #काठ्मान्डौ #नेपाली #समाचार

यमपञ्चक सुरु , आज काग तिहार :काठमाडौँ, कात्तिक २५ गते । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ ।...
11/11/2023

यमपञ्चक सुरु , आज काग तिहार :

काठमाडौँ, कात्तिक २५ गते । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।

यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।

यमपञ्चकको यस अवधिमा आइतबार बिहान नरक चतुर्दशी परेकाले सूयोदयपूर्व पवित्र नदीमा गएर स्नान गरेर नर्क बगाएमा नरकमा पर्नु पर्दैन भन्ने विश्वास पनि छ । आइतबार यमराजको द्वारपालका रूपमा कुकुरको पूजा गर्ने र साँझमा घर घरमा दिपावली गरेर लक्ष्मी पूजा गर्ने गरिन्छ । यस वर्ष सोमबार गाईपूजा र मङ्गलबार गोवर्धन पूजा परेको छ । नेवारी समुदायले यसै दिन म्हः पूजासमेत गर्छन् । २९ गते बुधबार १० बजेर ५१ मिनेटमा भाइटीकाको साइत छ । सो साइतमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका र कहिल्यै नओइल्याउने मखमली फूलको माला लगाइदिने प्रचलन छ ।

#दैनिक #नेपाल #काठ्मान्डौ #नेपाली #समाचार

प्रश्न एकातिर, जवाफ अर्कैतिर :काठमाडौँ, कात्तिक २५ गते । प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा पनि मन्त्रीसँग सांसदको प्रश्नो...
11/11/2023

प्रश्न एकातिर, जवाफ अर्कैतिर :

काठमाडौँ, कात्तिक २५ गते । प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा पनि मन्त्रीसँग सांसदको प्रश्नोत्तरले अपेक्षित गति लिएन । भदौ २१ गतेको बैठकमा चार विभागीय मन्त्रीले सांसदका नौ प्रश्नको जवाफबाहेक अन्य मन्त्रालयसँग प्रश्नोत्तर हुन सकेन । कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेक दोस्रो अधिवेशनमा अन्य मन्त्रालयको प्रश्नोत्तर भएन । चार मन्त्रालयका पनि दर्ता सबै मौखिक प्रश्नोत्तर पूरा भएनन् । बाँकी रहेका प्रश्नमा विभागीय मन्त्रालयले संसद्मा लिखित जवाफ पठाएका छन् ।

प्रधानमन्त्री कार्यालयसहितका १८ मन्त्रालयका मौखिक र तीन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ संसद्मा पेस भएका छन् । प्रश्नोत्तरका लागि मन्त्री तयार नभए जस्तै मन्त्रालयहरूले पठाएका धेरै जवाफ पनि जवाफका लागि जवाफ मात्र छन् । कतिपय जवाफ निकै हल्काफुल्का पठाइँदा केहीमा भने सोधिएको प्रश्नको जवाफको सट्टा अप्रासङ्गिक विषय मात्र समेटिएका छन् । यस्ता जवाफप्रति स्वयम् प्रश्नकर्ता सांसदसमेत असन्तुष्ट छन् ।

संसद् सचिवालयका पूर्वसचिव ध्रुवप्रसाद घिमिरे संसद्मा प्रश्नोत्तर नहुँदा विभागीय मन्त्रालयले जवाफमा हेलचेक्रयाइँ गरेको बताउनुहुन्छ । लामो समय प्रश्नोत्तर शाखामा समेत काम गर्नुभएका घिमिरेको अहिले प्रश्नोत्तरलाई सरकार र दुवैले महìव दिन नसकेको बुझाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिले पहिले प्रश्नोत्तर प्रभावकारी थियो । तथ्य–तथ्याङ्कमा नै आधारित जवाफ आउँथे । एकै अधिवेशनमा तीन हजार हाराहारीमा प्रश्न सम्पादनसमेत भएका छन् तर अहिले अवस्था त्यस्तो पाइन्न । जवाफका सन्दर्भमा माननीयज्यूहरूको पनि चासो हुनु पर्छ । हाउसमै प्रश्न गर्नु र नगर्नुले पनि फरक पार्छ । हाउसमा प्रश्न गर्न नपाउँदा जवाफ हल्काफुल्का आउने सम्भावना हुन्छ । पहिले कतिपय प्रश्नमा घण्टौँ बहस पनि हुन्थे ।”

सियो बनेको अनुमान

सांसदले मन्त्रीलाई सोधेका प्रश्नको जवाफ तथ्याङ्कविहीन मात्र होइन, अनुमानमा आधारित पनि छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सांसद प्रेम सुवालको प्रश्नमा पठाएको जवाफ पनि अनुमानमा आधारित छ । सांसद सुवालले नेपालमा सियो बन्यो कि बनेन भन्ने प्रश्न गर्नुभएको छ । मन्त्रालयले जवाफमा भनेको छ, “उद्योग विभागमा औषधीजन्य प्रयोजनमा उपयोग हुने सियो र जुत्ता सिलाउने सियो उत्पादन गर्ने उद्योगहरू दर्ता भएको देखिएबाट नेपालमा सियो बन्यो भन्न सकिन्छ ।”

यस्तै सुगौली सन्धिको सक्कल प्रति सरकारको कुन निकायसँग छ भनी परराष्ट्र मन्त्रालयसँग सोधिएको प्रश्नमा अप्रासङ्गिक विषय मात्र जवाफमा समेटिएको छ । सन्धिको प्रति भए वा नभएको नै उल्लेख गरिएको छैन । जवाफमा सीमा विवाद र संयन्त्रले काम गरेका विषय मात्र समेटिएको छ । यस्तै रुस र युव्रmेनबिचको युद्धमा नेपाल सरकारले रुसविरुद्ध गरेको मतदान फिर्ता लिनु जरुरी छ वा छैन भन्ने परराष्ट्र मन्त्रालयलाई नै सांसद सुवालले प्रश्न गर्नुभएको छ । जसमा मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भएर समस्या समाधान गर्नुपर्ने जवाफ दिएको छ ।

विसं २०७२ को भूकम्पका कारण पुनर्निर्माण गर्न बाँकी संरचना किन बनेनन् भन्ने प्रश्नलाई विभागीय मन्त्रालयले पन्छाएको छ । भूकम्पपीडितका लागि आवास निर्माण गर्न तीन लाख रुपियाँ दिइएको र छुट भएमा प्रगतिका आधारमा अनुदान दिने गरिएको जवाफ पठाइएको छ ।

कर्मचारीको तलबका लागि आन्तरिक ऋण उठाइएको हो कि होइन भन्ने अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नमा सरकारकै आन्तरिक स्रोतबाट दिइएको उल्लेख छ तर ऋण लिए वा नलिएको विषय स्पष्ट छैन । यस्तै प्रधानमन्त्री, मन्त्री तथा सांसदलगायतका उच्चपदस्थ व्यक्तिहरू आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौँ उपत्यकामा बस्नुले असन्तुलित विकास भएको भन्ने प्रश्न सङ्घीय मामिला मन्त्रालयलाई राखिएको थियो । जवाफमा मन्त्रालयले नेपालका कुनै पनि भूभागमा बसोबासको अधिकार मौलिक हक भएको जवाफ पठाएको छ । यस्तै खाना पकाउने ग्यासचुलो विस्थापनको योजनामा सांसद दिलेन्द्र बडूको प्रश्नमा पनि उद्योग मन्त्रालयको जवाफ अनुमानित मात्र छ ।

#नेपाल #काठ्मान्डौ #नेपाली #समाचार #दैनिक

राष्ट्रिय सभा निर्वाचनको तयारी :काठमाडौँ, कात्तिक २५ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु ग...
11/11/2023

राष्ट्रिय सभा निर्वाचनको तयारी :

काठमाडौँ, कात्तिक २५ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तयारीस्वरूप आयोगले मतदाताको मतभार सम्बन्धमा हिसाब गरेर पठाइदिन राष्ट्रिय तथ्याङ्क कार्यालयलाई बिहीबार पत्राचार गरेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख एवं उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी सरकारले मिति तोक्ने व्यवस्था छ । जस अनुसार सरकारले माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने छ । कानुनले मतदान हुने दिनसम्ममा १२० दिन पुग्ने गरी निर्वाचनको मिति घोषणा हुनुपर्ने व्यवस्था गरेको छ तर कानुनबमोजिम नै निर्वाचनको मिति घोषणा भए आयोगसमक्ष अब करिब ७५ दिन मात्रै बाँकी रहन्छ ।

ऐनमा प्रत्येक प्रदेशमा गठन हुने निर्वाचकमण्डलले गोप्य मतदानद्वारा सदस्य चयन गर्ने व्यवस्था छ । निर्वाचकमण्डलमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने छन् । प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उपप्रमुखको मतभार फरक हुन्छ ।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ थियो । पालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ थियो । प्रत्येक १० वर्षमा हुने जनगणनाका आधारमा मतभार पुनरवलोकन गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा २०७८ मा सम्पन्न जनगणनाको तथ्याङ्कबमोजिम आयोगले मतभार पुनरवलोकन गर्दै छ । जनसङ्ख्या वृद्धि भएकाले मतभारसमेत बढ्ने छ । अब भने प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ हुने अनुमान गरिएको छ ।

प्रवक्ता पौडेलले तिहारलगत्तै निर्वाचनको मिति घोषणा नभए निर्वाचन कार्यक्रम छोट्याउनुपर्ने बताउनुभयो । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत हुनुहुन्छ । निर्वाचन भने १९ सदस्यका लागि हुने छ र राष्ट्रपतिले एक जना मनोनीत गर्नुहुने छ ।

निर्वाचन आयोगका अनुसार प्रदेशगत आधारमा कोशी, मधेश र लुम्बिनीबाट दुई–दुई, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन–तीन जना सदस्य रिक्त हुने छन् । समावेशी समूह अन्तर्गत अन्य र महिला समूहबाट सात–सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन सदस्य रिक्त हुने छन् ।

आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनको मिति घोषणा भएलगत्तै सङ्घीय संसद् सचिवालयले रिक्त भएको पदबारे आयोगलाई जानकारी गराउने छ । प्रदेश सभा सचिवालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको सङ्ख्यालगायतबारे अद्यावधिक विवरण पठाउने छन् ।

आयोगका अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सदस्य अनिता देवकोटा, इन्दु कडरिया, खिमलाल देवकोटा, खिमलाल भट्टराई, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चापागाईं, नरपति लुवार, प्रकाश पन्थ र प्रमिला कुमारीको सदस्य पद रिक्त हुँदै छ । त्यसै गरी भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिङ्गबहादुर विश्वकर्मा र हरिराम चौधरीको छ वर्षे पदावधि सकिँदै छ ।

#नेपाल #नेपाली #समाचार #काठ्मान्डौ

The founding premise of The The Insider NPL  is this: if good journalism is to survive and thrive, it can only do so by ...
10/11/2023

The founding premise of The The Insider NPL is this: if good journalism is to survive and thrive, it can only do so by being both editorially and financially independent. This means relying principally on contributions from readers and concerned citizens who have no interest other than to sustain a space for quality journalism.

Please follow, Like & subscribe for honest journalism.

Thank you everyone.

Address

Darbar Marg
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when The Insider NPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share