10/09/2025
प्रीय जेन जि भाइ-बहिनी हरु तथा युबा पुस्ताहरु
# # # #!!!!! # # #!!!!!!!!!
अब एकदम सुझबुझका साथ काम लिने समय आएको छ। राजनीतिक पार्टीका झोलेहरु पनि जेन जि मा प्रवेस गरि आफ्नो पार्टी अनुकुल हुनेगरी सरकार गठन तथा अन्य कार्यमा बाधा-अर्चना पुर्याएर जेन जि को उदेस्य भड्काउन सक्छन। यहाँ अब तिमिहरु जस्तो कलिलो उमेरसमुहको बिबेकलाइ ब्रेन वास गर्ने प्रयास गर्ने, उचाल्ने पछार्ने ब्यक्तिहरु पनि आउन सक्छन, साबधान रहनु होला। अब तिमिहरुले ३ ओटा लिस्ट सार्बजनिक गर्ने बेला आएको छ त्यो पनि वार्ता मा जानू अघि।
(१) अब को अन्तरिम सरकार को खाका कस्तो हुने? को को त्यसमा समावेस गराउने? अहिले भैरहेका पार्टी का खोल ओडेकाहरुलाइ पनि समेट्ने कि ? कुनै पार्टी मा राम्रा होनाहार ब्यक्ती भए पार्टी बाट राजिनामा दिन लगाएर उनिहरु जस्ता ब्यक्ती पनि सम्मिलित गर्ने कि नगर्ने? वा पार्टी का सदस्य बोकेका जो कोहिलाइ पनि यसपटकको अन्तरिम सरकार मा नराखी बिल्कुल स्वतन्त्र ब्यक्तिहरुलाइ मात्र राख्ने? वा समाजमा राम्रो ब्याक्तित्वमा गनिएका ब्यक्तिहरुलाइ राख्ने?
हो यस्को अन्तरिम सरकारमा जाने भन्ने लिस्ट निकाल्नु पर्यो।
(२) अर्को भ्रष्टाचारी हरुको लिस्ट, हालसम्मका काण्डहरु र आरोपीहरु को लिष्ट, अनि पद र पावरमा अदालतबाट सफाइ पाएका र सफाइ दिने ब्यक्तिहरुको लिस्ट। अनि अहिले यस्ता कलिला बाल-बालिकाहरुलाइ मा *र *न आदेस दिने, आदेस मान्ने, र मा *र्ने-म*रा*उ*ने भुमिका मा सम्लग्न सबै जनाको लिस्ट आउनु पर्यो।
(३) अन्तिममा हालसम्म माथी भनिएका भ्रष्टाचारी हरुको जन्म कुण्डली सहितको लिस्ट जस्मा:
भ्रष्टाचारी को नाम, परिवार को नाम, कहाँ बस्छन, के-कति सम्पती छ? नेपालमा छन कि बिदेसमा? सम्पत्ति नेपालमा नै राखेको छ कि बिदेशमा जोडेको छ? यो सबै लिस्ट सहित १ हप्ता सम्ममा, लुटेको र भ्रष्टाचार बाट कमाएको सम्पत्ती सहित सर्बस्व सरकारलाइ फिर्ता गर्ने गरि आत्मसमर्पण गर्न अल्टिमेटम सहितको लिस्ट।
यति गरे हामी लगायत सबै जना प्रस्ट हुने थिएउँ। सबैजना यहि लिस्ट हेर्न आतुर छौ। बिजय को शुभकामना भाइ-बहिनिहरु।
साहदात प्राप्त गर्ने सबैलाइ हार्दिक नमन साथै भावपुर्ण श्रद्धाञ्जली, हार्दिक समबेदना। उनिहरुको परिवारजनमा यो समयमा धैर्य - धारण गर्ने शक्ति मिलोस। घाइते हुनुभएका भाइ बहिनिहरुलाइ शिघ्रस्वास्थ्य लाभको कामना। घाइतेहरुलाइ अस्पतालमा बस्दा खान तथा लगाउने कुरामा सहयोग चाहिए पनि भन्नुहोला।
# ***n