Thaha Yatra

Thaha Yatra Thahayatra.com सत्य र तथ्यको खोजी यात्रा

मौका परीक्षा हटाउने निर्णयविरुद्ध काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको हस्ताक्षर अभियान !​काठम...
15/09/2026

मौका परीक्षा हटाउने निर्णयविरुद्ध काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको हस्ताक्षर अभियान !

​काठमाडौँ विश्वविद्यालयले कम्पार्टमेन्ट (मौका) परीक्षा प्रणाली हटाएपछि उत्पन्न समस्यालाई लिएर विद्यार्थीहरू आन्दोलित भएका छन्। विश्वविद्यालयको उक्त निर्णयको विरोध गर्दै वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, काठमाडौँ विश्वविद्यालय कमिटीले हस्ताक्षर अभियान सुरु गरेको हो । ​विगतमा परीक्षाफल प्रकाशित भएको १५ दिनभित्र कुनै विषयमा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा दिने व्यवस्था रहँदै आएको थियो । तर, प्रशासनले यो व्यवस्था एकाएक हटाएपछि चौथो वर्षका विद्यार्थीहरू एउटा मात्र विषयमा अनुत्तीर्ण हुँदा पनि तोकिएको समयमा स्नातक गर्न नसक्ने जोखिममा परेका छन् ।

यसअघि ​कम्पार्टमेन्ट परीक्षा पुनः सञ्चालनको माग राख्दै संगठनले विश्वविद्यालय प्रशासनलाई ७ दिने अल्टिमेटमसहितको मागपत्र बुझाएको थियो । अल्टिमेटमको पाँचौँ दिन बितिसक्दा पनि प्रशासनले माग पूरा गर्न कुनै चासो नदेखाएपछि दबाबमूलक हस्ताक्षर संकलन कार्यक्रम सुरु गरिएको संगठनले जनाएको छ । ​हालसम्म ५०० भन्दा बढी विद्यार्थीहरूले हस्ताक्षर गरिसकेका छन् भने यो अभियान भोलि पनि जारी रहने बताइएको छ । ७ दिने समयावधिसम्म पनि मागको सुनुवाइ नभए अझ कडा र सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी विद्यार्थी संगठनले दिएको छ ।

15/09/2026

टनेल उद्धारमा नेपाल कमजोर, उत्तराखण्ड र थाइल्याण्डबाट सिक्नुपर्ने.....

15/09/2026

रसुवा उद्धारमा हेलिकप्टरमै बढी खर्च, सडक पूर्वाधार निर्माणमा बेवास्ता...!

15/09/2026

२० दिन बितिसक्दासमेत पुगेन बिजुली, राज्यविहीनताको अवस्थामा जनता |

15/09/2026

नुवाकोटमा अवस्था दयनीय छ: बाढी पीडित.....

15/09/2026

राहत र उध्दार Ngo, Ingo को कब्जामा !

15/09/2026

रारा ताल फुट्ने जोखिम, आधा घण्टामै ठूलो क्षति हुन सक्ने ....!

15/09/2026

चुनावमा जनतासँग गरेका आश्वासन सत्तामा पुगेपछि बिर्सिने प्रवृत्तिले निराशा बढाउँदैछ!!!

15/09/2026

पीडितका आवाज दबाउनुको सट्टा राज्यले सुरक्षा र सहयोग दिनुपर्नेमा जोड..!!

14/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको गठनमा विदेशी संस्थाको सम्भावित संलग्नताबारे अध्ययन गर्नुपर्नेमा जोड!!!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Thaha Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thaha Yatra:

Shortcuts

Share