Kantipur 4K

Kantipur 4K तपाईं सँग हामी।

31/08/2026

सुरुङ्ग भित्र यसरी उद्धार कार्य चल्दै छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी माथि शंका उपशंका गर्ने कुनै ठाउँ छैन। बाढीमा फसेका हरेक नागरिकलाई बचाउने हरसम्भव प्रयास गरिँदै छ।

रसुवागढी जलविद्युत् आयोजनामा उद्धार कार्यका लागि नेपाली सेनाको उद्धार टोली प्रस्थान गरेको छ।
31/08/2026

रसुवागढी जलविद्युत् आयोजनामा उद्धार कार्यका लागि नेपाली सेनाको उद्धार टोली प्रस्थान गरेको छ।

31/08/2026

मोरङ कारागारभित्र फेरि तनाव देखिएको छ। प्रहरी प्रशासन जबर्जस्ती कारागारभित्र प्रवेश गर्न खोजेको आरोप लगाउँदै कैदीबन्दीहरूले प्रदर्शन गरेका हुन्।
कैदीबन्दीहरू छतबाटै नाराबाजी गर्दै हस्तक्षेप र दमन रोक्नुपर्ने माग गरिरहेका छन्। यस क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पक्षमा समेत नाराबाजी भएको बताइएको छ।
स्थिति संवेदनशील बन्दै गएपछि कारागार बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

धेरैको प्रश्न थियो सुरुङ कस्तो हुन्छ? किन बनाइन्छ? बाढी आउँदा हाइड्रोपावरको सुरुङभित्र मानिसहरू कसरी फसे? विस्तारमा यसरी...
31/08/2026

धेरैको प्रश्न थियो सुरुङ कस्तो हुन्छ? किन बनाइन्छ? बाढी आउँदा हाइड्रोपावरको सुरुङभित्र मानिसहरू कसरी फसे? विस्तारमा यसरी बुझ्नुहोस्।

हाइड्रोपावर आयोजनाका सुरुङहरू केवल पानी बग्ने खाली पाइपजस्ता हुँदैनन्। सुरुङ निर्माण, मर्मत, निरीक्षण वा अन्य प्राविधिक कामका क्रममा कामदार, इन्जिनियर तथा प्राविधिक टोली सुरुङभित्र काम गरिरहेका हुन सक्छन्।

अचानक आएको भीषण बाढी वा नदीको पानीको बहाव अस्वाभाविक रूपमा बढ्दा आयोजनाको इन्टेक, सुरुङ वा अन्य प्रवेश क्षेत्रबाट ठूलो मात्रामा पानी, ढुंगा, बालुवा र माटो भित्र पस्न सक्छ। यस्तो अवस्थामा:

पानीको बहाव एक्कासि अत्यन्त तीव्र हुन सक्छ।
सुरुङभित्र पानी भरिँदै जाँदा बाहिर निस्कने बाटो अवरुद्ध हुन सक्छ।
बाढीसँगै आएको ढुंगा, बालुवा र लेदोले प्रवेश वा निकास मार्ग थुनिन सक्छ।
बिजुली र सञ्चार प्रणाली बन्द हुँदा सुरुङभित्र रहेका व्यक्तिहरूलाई बाहिरी संसारसँग सम्पर्क गर्न कठिन हुन सक्छ।
सुरुङ लामो र भूमिगत भएकाले बाहिरबाट तत्काल पुगेर उद्धार गर्नु पनि अत्यन्त जटिल हुन्छ।

अर्थात्, मानिसहरू जानाजानी बाढीको पानीभित्र पसेर फसेका होइनन्। काम गरिरहेको अवस्थामा अचानक आएको असाधारण बाढीले पानी र लेदोको बहाव सुरुङ प्रणालीमा प्रवेश गर्दा उनीहरू बाहिर निस्कन नसक्ने अवस्थामा पर्न सक्छन्।

यस्ता विपत्तिमा अनुमानभन्दा तथ्य र उद्धार कार्यलाई प्राथमिकता दिऔँ।

30/08/2026

त्रिशूली 3A Update: रातिको समयमा पनि उद्धार कार्य जारी छ!

माथिल्लो त्रिशूली ३ 'ए' अपडेट:  सुरङभित्र फसेकाहरूको उद्धार तीव्र, नेपाली सेनाका इन्जिनियरद्वारा ब्लास्टिङसम्मको तयारीजल...
30/08/2026

माथिल्लो त्रिशूली ३ 'ए' अपडेट: सुरङभित्र फसेकाहरूको उद्धार तीव्र, नेपाली सेनाका इन्जिनियरद्वारा ब्लास्टिङसम्मको तयारी

जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन विभिन्न सुरक्षा निकायको संयुक्त टोली निरन्तर खटिएको छ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोली, सशस्त्र प्रहरी बलका १८ जना तथा नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

यसअघि, आइतबार दिउँसो करिब २:०० बजे उद्धार टोली सुरङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। त्यसपछि डोरीको सहायताले र्‍यापेल गर्दै टोली सुरङभित्र तल झरेको थियो।

भित्र फसेकाहरूलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन ठूला उपकरणको प्रयोग, आवश्यक परे नियन्त्रित ब्लास्टिङ तथा बनाइएको प्वाललाई थप फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।

उद्धार टोलीले अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बीच सुरक्षालाई प्राथमिकतामा राख्दै सुरङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

प्रश्न: नेपालका तीनै तहका सरकारको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा नै हो। हाल आएको बाढीको विपद्‌मा प्रदेश र स्थानीय सरक...
30/08/2026

प्रश्न: नेपालका तीनै तहका सरकारको मुख्य जिम्मेवारी नागरिकको सुरक्षा नै हो। हाल आएको बाढीको विपद्‌मा प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्रको प्रभावित नागरिकको उद्धारका लागि के-कस्ता पहल गरिरहेका छन् र प्रभावित नागरिकका लागि उनीहरूको उपस्थिति कत्तिको प्रभावकारी देखिएको छ?

30/08/2026

चीनबाट थप ४ जना सुरुङ उद्धार टोली काठमाण्डौं आई पुगे

भ्रमको खेती नगरौं।शव गाड्नु भनेको त्यसलाई नष्ट गर्नु नभई भविष्यमा पहिचान गर्न सहज बनाउन सुरक्षित राख्नु हो । नेपाल सरकार...
30/08/2026

भ्रमको खेती नगरौं।
शव गाड्नु भनेको त्यसलाई नष्ट गर्नु नभई भविष्यमा पहिचान गर्न सहज बनाउन सुरक्षित राख्नु हो ।

नेपाल सरकारले अहिले सबै शवलाई डिजिटल रेकर्डिङ गर्दै शव गाडेको स्थानलाई जिपिएस म्यापिङ् गरेका छन्।

विपद् व्यवस्थापनमा खटिएका सेना र प्रहरीहरू कति नम्र छन्, कति समर्पित छन्—आफ्नो थकान, पीडा र परिवारलाई बिर्सेर उनीहरू अरू...
30/08/2026

विपद् व्यवस्थापनमा खटिएका सेना र प्रहरीहरू कति नम्र छन्, कति समर्पित छन्—आफ्नो थकान, पीडा र परिवारलाई बिर्सेर उनीहरू अरूको जीवन बचाउन खटिरहेका छन्।
उनीहरू जोखिमको बीचमा उभिएका छन्।
उहाँहरूको सुरक्षाका लागि पनि मनदेखि प्रार्थना गरौँ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kantipur 4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur 4K:

Shortcuts

Share