25/07/2025
तपाईं सधैं मसँग राम्रो व्यवहार गर्नुहुन्छ।
चिया–कफीको कपसँगै, मिठा–मिठा कुराहरू साझा गर्नुहुन्छ।
हामी एकअर्कामा सहयोगी भावना राख्छौं,
तपाईं मलाई नजिकको मित्र ठान्नुहुन्छ,
मेरो सानो कुरा पनि प्रशंसा गर्न छुटाउनुहुन्न।
तर जब प्रेम र सम्बन्धको कुरा आउँछ,
तपाईं भन्नु हुन्छ:
“जुता जतिसुकै राम्रो होस्, टाउकोमा लगाइदैन"