Visan Yonjan

यो जीवन  छ  नि… बुझेर बुझी  नसक्नु छकहिले बुझे जस्तो लाग्छ, कहिले आफ्नै छायाँ पनि अपरिचित लाग्छ कहिलेकाहीँ मन आफैसँग किन...
28/11/2025

यो जीवन छ नि… बुझेर बुझी नसक्नु छ
कहिले बुझे जस्तो लाग्छ, कहिले आफ्नै छायाँ पनि अपरिचित लाग्छ

कहिलेकाहीँ मन आफैसँग किन झगडिन्छ,
अर्को बिहानको उज्यालोको अर्थ खोज्दै
अँध्यारोको मोल तिर्नु परेको जस्तो हुन्छ

जीवन के हो?....
छातीभित्रको एकमुष्ट धड्कन कि
सम्झनामा रोइरहने आवाज?
उत्तर कतै लेखिएको हुँदैन,
हामीले हिँडेका बाटाहरूले नै अर्थ जन्माउँछन्

कहिले आफूलाई बुझ्न खोज्दा
शब्दहरू चिसो भापझैँ पुग्न नपाई हराउँछन्,
कहिले मौनले नै सबैभन्दा ठूलो कथा भन्छ

मानिसहरू भन्छन् ...सम्झिएर बाँच्नु,
तर कहिलेकाहीँ भुलेर मात्रै शान्ति भेटिन्छ
र, तिम्रो मन?
कहिले बालुवामा लेखिएको नामजस्तो
छलकिन्छ, मेटिन्छ, फेरि जन्मिन्छ

तर सुन्नु
यही नबुझिनेपनमै त रहस्य छ
यही अपूर्णतामा त सौन्दर्य छ
किनकि पूरा बुझिने कुरा
मनलाई कहिल्यै छुँदैनन्...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Visan Yonjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visan Yonjan:

Share