Student Khabar

Student Khabar Lumbini Pradesh News

सेयर बजारको लागी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको बहु-प्रतिक्षित र  बिशेष बुँदा !"बिद्यमान सेयर धितो कर्जाको जो...
25/05/2025

सेयर बजारको लागी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको बहु-प्रतिक्षित र बिशेष बुँदा !
"बिद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ बाट घटाई १०० प्रतिशत कायम गरिने छ ।"

30/04/2025

Update: भोलिबाट शिक्षकहरुले सडक छोडेर बिधालय फर्किने सहमति भएको छ । यद्यपि मन्त्रीपरिषदबाट भने पास हुन बाँकी छ । मन्त्री परिषदको निर्णय पछि महासंघले आफ्नो धारणा राख्ने छ।

22/04/2025

कक्षा १२ को परीक्षा स्थगित । परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गरिने ।

22/04/2025

Breaking: राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा बैशाख ११ गते देखि नै गर्ने निर्णय गरेको छ।

https://nagariknews.nagariknetwork.com/politics/1472930-1745248967.html?fbclid=IwZXh0bgNhZW0CMTEAAR5cjPfIUc2LTRsGaDM3fvf...
22/04/2025

https://nagariknews.nagariknetwork.com/politics/1472930-1745248967.html?fbclid=IwZXh0bgNhZW0CMTEAAR5cjPfIUc2LTRsGaDM3fvfnegY4nI1B-w4DtY_wYediSD04cYFdMIXdGDVSUw_aem_jyM6H85pSSeTPfyxJpQ0wA

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरू नफर्किने बताएका छन....

22/04/2025

शिक्षक आन्दोलन सम्बोधन गर्ने मन्त्रीको मार्गचित्र अलपत्र
शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । जसका कारण शिक्षक आन्दोलन सम्बोधन गर्ने मन्त्री भट्टराईको मार्गचित्र अलपत्र परेको छ ।

शिक्षामन्त्रीको प्रस्ताव
विद्यालय शिक्षा विधेयक आगामी संसद् अधिवेशनबाट पास गर्ने । शिक्षकहरू जिल्ला फर्कने, एसईईको कापी जााच्ने, कक्षा १२ को परीक्षा सञ्चालन गर्ने, आन्दोलन सांकेतिक रूपमा मात्र गर्ने गरी माग पूरा गराउन शिक्षा मन्त्रालयले तयार पारेको सातबुादे प्रस्ताव मन्त्रिपरिषद्बाट पास गर्ने ।

अर्थमन्त्रीको अडान
सेवा सुविधाका माग सम्बोधन गर्दा आर्थिक दायित्व बढ्ने भएकाले अर्थ मन्त्रालयको सहमति चाहिने प्रधानमन्त्रीको भनाइपछि शिक्षामन्त्री र अर्थमन्त्रीबीच भेट । शिक्षामन्त्रीको प्रस्तावअनुसार सहमति भए आर्थिक स्रोतले धान्न नसक्ने अर्थमन्त्रीको जवाफपछि विवाद ।

प्रधानमन्त्रीको उपेक्षा

आन्दोलन तीन साता पुग्न लाग्दा शुक्रबार बेलुका शिक्षक महासंघ प्रतिनिधिलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए । एमाले नेता कर्णबहादुर थापाले संयोजन गरेको यो भेटघाटमा शिक्षामन्त्रीलाई बोलाइएन । शिक्षकका माग सम्बोधन गर्नेमा जिम्मा लिनुको सट्टा प्रधानमन्त्रीले सभामुखसाग पनि छलफल गर्न भने । शिक्षकहरू राति १२ बजे सभामुखकहाा पुगेका थिए । तर सरकारसागको सहमतिबारे सभामुखले बोल्न सकेनन् ।

आन्दोलनप्रति प्रधानमन्त्रीको कटाक्ष
प्रगतिशील प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न सोमबार कीर्तिपुर पुगेका प्रधानमन्त्रीले शिक्षकहरूप्रति कटाक्ष गर्दै फेरि भने, ‘ऐन पास हामीले गर्‍यौं भनेर जस लिन यहाा बस्नु पर्दैन, फर्किए हुन्छ, राज्यले धान्ने माग पूरा गर्छ ।’ उता शिक्षा मन्त्रालयले अनलाइनबाटै आइतबार नै प्रस्ताव क्याबिनेटमा पठाएको थियो । सोमबार क्याबिनेटअघि प्रधानमन्त्री सकारात्मक नभएपछि राजीनामा दिएर हिाडिन् । स्वास्थ्यका कारण हो भनिएको छ ।

मन्त्रीको प्रस्ताव अलपत्र
मन्त्रिपरिषद्बाट पारित गराउने गरी शिक्षा मन्त्रालयले पठाएको सातबुादे प्रस्तावबारे प्रधानमन्त्रीसाग छलफल गर्न शिक्षामन्त्री सोमबार अपराह्न बालुवाटार पुगिन् । तर आर्थिक स्रोतले नधान्ने भन्दै प्रधानमन्त्री सहमत भएनन् । मन्त्री भट्टराई बालुवाटारमै राजीनामा बुझाएर आफ्नो निजी निवास चाबहिलतर्फ लागिन् ।

मन्त्रिपरिषद्मा छलफल नै भएन
सााझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले शिक्षामन्त्रीको राजीनामाबारे जिज्ञासा राखेका थिए । तर प्रधानमन्त्री ओलीले आफूलाई ‘जानकारी नभएको’ बरु शिक्षमन्त्री अलिक अस्वस्थ रहेको बताए । शिक्षक आन्दोलन र शिक्षा मन्त्रालयले पठाएको एजेन्डामाथि बैठकमा कुरै भएन ।

असहमति पहिल्यैदेखि
त्रिविका तत्कालीन उपकुलपति केशरजंग बराललाई काम गर्न दिन, उनलाई बोलाएर राजीनामा फिर्ता लिन लगाउन शिक्षामन्त्रीको पहल थियो । तर प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरिदिए । त्यस्तै त्रिविको जग्गाको खोजबिन गर्न गठित समितिको प्रतिवेदन पनि मन्त्रीले सार्वजनिक गर्न आग्रह गरेकी थिइन् । तर प्रधानमन्त्रीले न त्यो प्रतिवेदन सार्वजनिक गरे, न शिक्षा मन्त्रालयलाई दिए ।

प्रकाशित : वैशाख ९, २०८२

12/04/2025
12/04/2025
27/07/2024
19/11/2023

Breaking Sad News ☹️
भर्खरै इलामको कोल्बुङ्गमा विद्यार्थी बोकेको बस भिरबाट तल खसेको छ ।
थप विवरण आउन बाकी ।

05/10/2023

सेयर धितो कर्जाको क्याप संसोधन: व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Student Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share