Asahamati

Asahamati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Asahamati, Media/News Company, Kathmandu.

20/03/2024
20/02/2024

माओवादीको दोहोरो चरित्रः

नेपालमा भारत विरुद्ध सुरुङ युद्धको घोषणा, भारतलाई उसको स्वार्थ विपरितका काम नगर्ने लिखित प्रतिवद्धता

भारतीय प्राध्यापक एसडी मुनीले आफ्नो पुस्तक dabbling in Diplomacy: Authorised & Otherwise, Recollections of a Non-Career Diplomat मा तत्कालिन माओवादी शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराइले भारतीय नेता (पछि राष्ट्रपति) प्रणव मुखर्जी र भारतका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रलाई भारत विरोधी गतिविधि नगर्ने लिखित प्रतिवद्धता जनाएको खुलासा गरेका छन् । पुस्तकमा प्राध्यापक मुनिले माओवादी नेता वामदेव क्षेत्रीले दक्षिणी दिल्लीको मोती बागमा रहेको दुई कोठाको फ्ल्याटमा डा. भट्टराईसँग भेट गराएको र भेटमा भट्टराईले माओवादीलाई आतंकवादी नभएको व्याख्या गर्ने’ प्रस्ताव आफू मार्फत भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयी सरकारलाई पठाएको उल्लेख गरेका छन् । उक्त प्रस्ताव प्राध्यापक मुनिले माओवादीप्रति नरम नीति लिने ‘अब्जर्भर रिसर्च फाउन्डेशन’ का अध्यक्ष आरके मिश्रसम्म पुर्‍याएको र मिश्रले त्यो प्रस्तावबारे भारतीय कांग्रेसका तत्कालीन नेता प्रणव मुखर्जी (पछि राष्ट्रपति) सँग छलफल गर्दा मुखर्जीले माओवादीबाट भारतीय स्वार्थ विरुद्ध गतिविधि नगर्ने लिखित प्रतिबद्धता खोजेको उल्लेख गरेका छन् । भट्टराईले आफ्ना नेता पुष्पकमल दाहालसँग सल्लाह गरेर भारतीय स्वार्थ विरुद्ध गतिविधि नगर्ने प्रतिवद्धता सहितको पत्र उपलब्ध गराएको पनि मुनीले दाबी गरेका छन् । मुनीले उक्त प्रस्ताव तत्कालीन भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रकहाँ पनि पु¥याएका थिए । उक्त प्रस्ताव सुनाएपछि मिश्रले मुनीलाई “उनीहरू वास्तवमा के चाहन्छन्?” भनेर प्रश्न गरेका थिए । जवाफमा मुनीले माओवादीहरुले नेपालमा राजतन्त्र अन्त्य गर्न, राजनीतिक व्यवस्था परिवर्तन गर्न र नेपाली राजनीतिको मूलधारमा सहभागी हुन चाहेको बताए ।

मिश्रले झोक्किंदै भने, “यो सम्भव छैन। यस विषयमा म केही भन्न सक्दिनँ।”

मुनीले ‘नेपालका राजाले भारतको राष्ट्रिय हित संवर्द्धन गर्न के नै गरेका छन् र ? के उनले चीन, पाकिस्तान र दक्षिणी शक्तिलाई नेपालमा भारतको प्रतिरोध गर्न निम्त्याएका होइनन् ररु” भनेर तर्क गरेपछि मिश्र शान्त हुँदै के उनीहरू नेपालमा भारतीय स्वार्थलाई असर पुर्‍याउने गरी केही गर्नेछैनन् भनेर लेखेर दिन्छन्?’ भन्दै प्रश्न गरे । यस पटक पनि माओवादीको प्रतिबद्धतापत्र मिश्रलाई उपलब्ध गराइएको मुनीले पुस्तकमा लेखेका छन् । त्यसको केही सातापछि मुनीले हैदराबाद हाउसमा आयोजित एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई भेट्ने मौका पाएका थिए। त्यहाँ प्रधानमन्त्री बाजपेयीले मुनिलाई भनेका थिए
“मुनीजी, हामीले नेपालबारे तपाईंको सन्देश पायौं। केही गर्नेछौं,” त्यसको
केही महीनापछि भारतमा माओवादी विरुद्ध भइरहेको गुप्तचरी खुला गरियो र उनीहरूलाई तुलनात्मक रूपमा खुलेआम आफ्ना गतिविधि गर्न दिइयो।

11/08/2023

Good morning Everyone

Address

Kathmandu

Telephone

+9779843202073

Website

Alerts

Be the first to know and let us send you an email when Asahamati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asahamati:

Share