Bagmati online tv

Call Directions Website Contact the business

Bagmati online tv Bagmati Online TV मा पाउनुहुन्छ प्रत्यक्ष समाचार, मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र रोचक कथाहरू। दैनिक अपडेटका लागि फॉलो गर्नुहोस्

13/08/2026

किन भो ग्यासको हाकार?

13/08/2026

गित गाएको कारणले यस्तो अवस्थामा

शेरबहादुर देउवाको भव्य स्वागतकाठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश...
13/08/2026

शेरबहादुर देउवाको भव्य स्वागत

काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि काठमाडौंमा उहाँको भव्य स्वागत गरिएको छ।

स्वागतका क्रममा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। नेपाली कांग्रेसका झण्डासहित समर्थकहरूले देउवालाई नाराबाजी गर्दै स्वागत गरेका थिए। देउवा खुला गाडीबाट समर्थकहरूतर्फ हात हल्लाउँदै अभिवादन गरिरहेको दृश्यमा देखिएका छन्।

लामो समयपछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न नेता तथा कार्यकर्ताहरू उत्साहका साथ उपस्थित भएका थिए। स्वागतका क्रममा समर्थकहरूमा देखिएको उत्साह र भीडले कांग्रेसभित्र देउवाप्रतिको समर्थनलाई समेत झल्काएको देखिन्छ।

देउवाको स्वदेश आगमनसँगै नेपाली कांग्रेसको आगामी राजनीतिक गतिविधि र पार्टीभित्रको समीकरणबारे समेत चासो बढेको छ।

11/08/2026

ठुलो पहिरो गर्यो

04/08/2026

ठुलो पहिरो गर्यो।

31/07/2026

बाढी घर बगाउने भो।

31/07/2026

किन? हिन्दु मुस्लिम भनेर लड्दै छ।

मेरो नाम गोविन्द ढकाल हो। म अहिले ४५ वर्षको भएँ। मेरो घर नुवाकोट हो। म दैनिक काठमाडौंका विभिन्न ठाउँमा ग्यास सिलिन्डर पु...
23/07/2026

मेरो नाम गोविन्द ढकाल हो। म अहिले ४५ वर्षको भएँ। मेरो घर नुवाकोट हो। म दैनिक काठमाडौंका विभिन्न ठाउँमा ग्यास सिलिन्डर पुर्याउने गर्छु।

एक ग्राहकको घरमा सिलिन्डर पुर्याएबापत १०० रूपैयाँ लिने गरेको छु। यसबाट महिनाको ४५ देखि ६० हजार रूपैयाँसम्म कमाइ हुने गर्छ। ग्यास सिलिन्डर पुर्याउन थालेको १ वर्ष भयो। ग्यास भरिएको सिलिन्डर ३० किलोको हुन्छ। म एक पटकमा साइकलमा पाँच वटासम्म सिलिन्डर बोकेर हिँड्ने गर्छु। साइकलमा सिलिन्डर पुर्याउँदा शारीरिक अभ्यास हुने भएकाले शरीर स्वस्थ रहन्छ। म दैनिक साढे ५० किलोमिटर साइकल चलाउने गर्छु र काठमाडौंका नारायणथान, त्रिपुरेश्वर, टोखा, कपन लगायतका विभिन्न ठाउँहरूमा पुग्ने गर्छु।

मेरो दैनिक तालिका बिहान ७:४५ बजे ग्यास सिलिन्डरको डिलरमा आउने र बेलुकी ७ बजे घर फर्कने हुन्छ। बिहान होटलमा खाना खान्छु भने बेलुका घरमै खान्छु। मलाई यो काम सजिलो लाग्छ। अन्य काम गर्दा भनेको समयमा पैसा नआउने भएकाले मलाई यही काम ठीक लाग्छ। यसअघि मैले २ वर्ष पार्टी प्यालेसमा पनि काम गरेको थिएँ।

घरमा हामी ४ जनाको परिवार छौँ भने बाबा-आमा गाउँमा हुनुहुन्छ। म वैदेशिक रोजगारमा पनि गएको छु। विभिन्न देश गरेर मैले विदेशमा १० वर्ष बिताएँ; जसमा कतारमा ४ वर्ष, साउदीमा ४ वर्ष र ओमनमा २ वर्ष बिताएँ। तर, अब विदेश नजाने सोच बनाएको छु। त्यहाँ तलब तोकिए अनुसार नहुने भएकाले बरु नेपालमै काम गरेर बस्नु ठीक लाग्छ।

Via: Atin Acharya

Address

Budhanilkantha
Kathmandu
44606

Alerts

Be the first to know and let us send you an email when Bagmati online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bagmati online tv:

Shortcuts

Share