KJ HD Khabar

Call Directions Contact the business

KJ HD Khabar "आत्मबलको आधार सत्यता र शुद्धता हो ।"
केही भन्नु छ भने मलाई Whatesapp गर्नु होला वा ईमेल
[email protected]

10/07/2026

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आ!त्मदाह प्रयास गरी गम्भीर घा!इते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो र चिकित्सकहरूको प्रयासका बाबजुद उनको ज्यान बचाउन सकिएन ।

अनिर्णयको बन्दी बनाउन हुदैन
08/07/2026

अनिर्णयको बन्दी बनाउन हुदैन

अमेरिका बाट आएको छु।कि न्याय दे; कि जेल हाल सरकार -धुर्मुस

बालिका हराईन।
08/07/2026

बालिका हराईन।

🚨 हराएकी बालिकाको खोजीमा सहयोग गरौँ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, सिधारिया टोल (भाडामा बसोबास) निवासी ११ वर्षीया सृष्टि शर्मा (रुची)** हिजोदेखि सम्पर्कविहीन भएकी छन्। उनी कक्षा ६ मा अध्ययनरत तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमराकी छात्रा हुन्।

बालिका हराएपछि परिवार अत्यन्त चिन्तित बनेको छ। सृष्टिलाई कसैले देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी छ भने कृपया नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिनुहोस्।

📞 **सम्पर्क:** 982-1281311 (बिट्टु शर्मा)

कृपया यो सूचना सकेसम्म धेरै शेयर गरेर बालिकालाई सकुशल परिवारसम्म फर्काउन सहयोग गरिदिनुहोस्।

हार्दिक श्रद्धाञ्जली नानु❤️😥🙏
08/07/2026

हार्दिक श्रद्धाञ्जली नानु❤️😥🙏

😢 एक अबोध बालिकाको दुःखद अन्त्य, परिवारमा छायो शोक

कैलालीमा घरमै पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक बालिकाको ज्यान गएको छ। गम्भीर घाइते आयुस्मालाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।

💔 कलिलो उमेरमै भएको यो पीडादायी घटनाले परिवार र गाउँ नै शोकमा डुबेको छ। दिवंगत आयुस्माप्रति भावपूर्ण श्रद्धाञ्जली।🙏 शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्।🕊️

08/07/2026

🐍 भान्सामै पस्यो विषालु कोब्रा, खाना पकाउँदै गरेकी महिलाको ज्यान गयो 😢

झापा — खाना पकाउँदै गरेकी एक महिलाको भान्सा कोठामै कोब्रा सर्पको डसाइबाट दुःखद मृत्यु भएको छ।

झापाको कमल गाउँपालिका–३ की ४० वर्षीया सरस्वती मगर लिम्बूलाई सोमबार साँझ करिब ७:५० बजे खाना पकाइरहेका बेला भान्सामै पसेको विषालु कोब्रा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सर्पले डसेपछि परिवारका सदस्यले तत्काल उनलाई दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए। तर उपचारकै क्रममा राति करिब १०:४० बजे चिकित्सकले मृत घोषणा गरे।

प्रहरीका अनुसार घटना घरभित्रै भएको हो। सर्प भान्सासम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

🌧️ वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले घर वरपरको सरसफाइमा ध्यान दिन र सर्प देखिएमा आफैं समात्ने प्रयास नगरी सम्बन्धित निकायलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ।

सत्य बुझौं कसैलाई हावाको भरमा दो!सि ठहर नगरौ।
08/07/2026

सत्य बुझौं कसैलाई हावाको भरमा दो!सि ठहर नगरौ।

हावाको भरमा दोसि करार नगरौ सत्य बुझौं 🙏
प्रिय मित्रहरू,
हिजो मैले सामाजिक सञ्जालमा भाइरल भएको एउटा ५५ वर्षीय सरकारी अधिकृत, सुरेन्द्र भट्टजीको घटनाबारे एउटा पोस्ट राखेको थिएँ। त्यसमा आएका मिश्रित प्रतिक्रियाहरूलाई गम्भीरतापूर्वक लिएर म आज यो घटनाको अर्को पाटो र मेरो धारणा स्पष्ट पार्न चाहन्छु।
​हामी सबैलाई थाहा छ, यौन दुर्व्यवहार जस्तो जघन्य अपराधको विरोध हुनुपर्छ र दोषीलाई कडा सजाय मिल्नै पर्छ। यसमा कुनै दुईमत छैन। तर, के हरेक घटनाको गहिराइमा पुगेर मात्र हामीले निष्कर्ष निकालेका छौं?
सुरेन्द्र भट्टजी, जो मधुमेहका बिरामी हुनुहुन्छ र उमेरले ५५ वर्ष पुग्नुभएको छ, अफिसबाट फर्किने क्रममा रक्सीको नशामा हुनुहुन्थ्यो। बाटोमा पिसाबले च्यापेपछि उनले एउटा साँघुरो गल्लीमा भित्तातर्फ फर्केर पिसाब फेर्ने कोसिस गरे। संयोगवश, त्यही बाटो ऋतु खनाल नाम गरेकी युवती आइपुगिन्।
​यो क्षण नै गलतफहमीको कारण बन्यो। ती युवतीले 'गोप्य अंग देखायो' भन्दै चिच्याउन थालिन्। उनको रोदन र चिच्याहट सुनेर जम्मा भएका भुसतिग्रे युवाहरूले कुरै नबुझी ५५ वर्षीय ब्यक्तिलाई कुटपिट गरे। त्यसको भिडियो बनाइयो, थप्पड हानियो, र खुट्टा समेत ढोगाउन लगाइयो। त्यो भिडियोमा स्पष्ट देखिन्छ कि उनी डराएर लरखरिदै भाग्दैछन्।
​प्रश्न यहाँ खडा हुन्छ: दुर्व्यवहार कसले सह्यो?
के साँचै ऋतु खनाल अन्यायमा परेकी हुन्? एउटा ५५ वर्षीय जडियाले बाटोमा पिसाब फेर्दै थियो भने पनि, हाम्रो समाजको एउटा उखान छ- "हग्नेलाई भन्दा देख्नेलाई लाज"। मानवताको नाताले, उनले एक कदम पछाडि हटेर स्थितिलाई सहज बनाउन सक्थिन्। तर, उनले त्यसो गरिनन्। बरु, मान्छे जम्मा गरिन्, कुटाइन् र भिडियो बनाएर टिकटकमा हालिन्।
​उनी एक 'टिकटक स्टार' थिइन्। उनलाई भिडियो भाइरल बनाउन मसला चाहिएको थियो, जुन उनले पाइन्। 'टिकटकका न्यायाधीशहरू'ले उनलाई ताली बजाएर बधाई दिए। तर, बिना कुनै गल्ती सार्वजनिक रूपमा कुटिएको, बेइज्जत भएको, र अहिले प्रहरी हिरासतमा रहेको त्यो वृद्धको पक्षमा बोल्ने कोही भएनन्। उनको वर्षौंदेखिको इज्जत, उनको जागिर, र उनको परिवारले भोगेको पीडाको जिम्मेवार को?

नेपाल प्रहरीलाई मेरो विनम्र अनुरोध:
डिजिटल युगमा आवरण हेरेर मात्र न्याय हुनुहुँदैन। कसैले रुँदै भिडियो बनाउँदैमा ऊ शतप्रतिशत पीडित र अर्को पक्ष दोषी हुनैपर्छ भन्ने छैन। सुरेन्द्र भट्टको केसमा सुक्ष्म र निष्पक्ष अनुसन्धान होस्। यदि उनी प्रोस्टेटका बिरामी हुन् र प्राकृतिक बाध्यताका कारण भित्तातर्फ फर्केर पिसाब फेर्दै थिए भने, उनलाई अपराधी झैं हिरासतमा राख्नु कानुनी र मानवीय दुवै दृष्टिकोणले गलत हो। अपराधी उम्किनु हुँदैन, तर निर्दोषको अस्मिता र आत्मसम्मान सामाजिक सञ्जालको भ्युजका लागि बलिको बोको बन्नु हुँदैन।
आज सुरेन्द्र भट्ट हिरासतमा छन्, भोलि यो भीडतन्त्रको सिकार तपाईं वा म जोसुकै हुन सक्छौं। भावनामा बहकिएर कसैको जिन्दगी बर्बाद गर्नुअघि 'मान्छे' बनौं, त्यसपछि मात्र 'न्यायाधीश'।

​ #न्याय_अगाडि_सत्य_आवश्यक
#फेसबुके_न्याय_होइन_सत्यको_खोजी
#सुरेन्द्र_भट्ट
#मानवता
#सत्य_नै_धर्म_हो
✍️सन्तोष_कार्की_मौसुफ

07/07/2026

आज पुर्वराजा ज्ञानेन्द्रको आज 80 औं जन्मदिन । ❤️

01/07/2026

वालेन सरकारले ईन्धनको मुल्य घटायो⛽️ अब इन्धन भर्दा केही राहत! नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य १७ गतेदेखि लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा अब पेट्रोल प्रतिलिटर १७७ रुपैयाँ र डिजेल १५५ रुपैयाँमा बिक्री हुनेछ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएर २,०६० रुपैयाँ कायम गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु र भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

हार्दिक बधाई
29/06/2026

हार्दिक बधाई

गायक सुरज पण्डितले प्रतिष्ठित '१३औं म्युजिक खबर म्युजिक अवार्ड' मा सर्वोत्कृष्ट चलचित्र पार्श्व गायकको अवार्ड चुम्न सफल भएका छन्।

विगत १३ वर्षदेखि नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर आयोजना हुँदै आएको यस गरिमामय राष्ट्रिय अवार्ड 'म्युजिक खबर म्युजिक अवार्ड' समारोहमा गायक सुरज पण्डितको स्वरलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो।
गायक पण्डितले '१३औं 'सर्वोत्कृष्ट चलचित्र पार्श्व गायक (पुरुष)' को उपाधि जितेका हुन ।
कुमार कट्टेलद्वारा निर्देशित बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाजशरणम’ को मनछुने स्याड गीत ‘च्यातिएको चोली’ का लागि उनले यो सफलता पाएका हुन्।उक्त अवार्ड विजेता गीतमा शब्द तथा संगीत बसन्त उदास को रहेको छ भने संगीत संयोजन पुस्कर खत्रीले गरेका हुन्।
म्युजिक खबर डटकमको आयोजनामा सम्पन्न भएको यस वर्षको समारोहमा नेपाली संगीत क्षेत्रका दिग्गज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। विभिन्न ३३ विधामा मनोनयन सार्वजनिक गरी निष्पक्ष मूल्याङ्कन र भोटिङका आधारमा विजेताहरू छानिएको आयोजक समितिले जनाएको छ।
चलचित्र रिलिजसँगै OSR Digital को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘च्यातिएको चोली’ गीतले स्रोता र दर्शकमाझ निकै राम्रो छाप छोडेको थियो। सुरज पण्डितको गहिरो र भावुक स्वरले गीतको मर्मलाई न्याय गरेको भन्दै चलचित्र समीक्षक र आम संगीतप्रेमीहरूले उनको खुलेर प्रशंसा गरेका छन्। अवार्ड प्राप्त गरेपछि गायक पण्डितले आफ्ना प्रशंसक, चलचित्रको सम्पूर्ण टिम र आयोजक परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
चलचित्र ‘लाजशरणम’ मा समावेश अवार्ड विजेता गीत ‘च्यातिएको चोली’ को आधिकारिक भिडियो यहाँ हेर्न सक्नुहुन्छ:

https://youtu.be/4QBhORxsrkk?si=uWfpClUOfidGStTc

26/06/2026

😮 नवलपरासीको एक होटेलमा सहायक प्रमुख जिल्ला अधिकारी (सहायक CDO) को खानामा शङ्खे किरा भेटिएको घटना सार्वजनिक भएको छ।
खानामा किरा भेटिएपछि सम्बन्धित होटेललाई रु. ५० हजार जरिवाना गरिएको बताइएको छ।

Address

Kathmandu
44600

Telephone

+918219768750

Website

Alerts

Be the first to know and let us send you an email when KJ HD Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KJ HD Khabar:

Shortcuts

Share