Rajdhani Press

Rajdhani Press Rajdhanipress.com We cover latest issues about politics, community, sports, economy, education etc. Online News Portal From Nepal

जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो : प्रदिप ज्ञवालीकाठमाडौं ।  नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जनतासँगको...
08/09/2026

जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ट टुटेको उनले बताएका छन् ।

पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरु सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताए ।‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो’ ज्ञवालीले भने ‘हाम्रो ध्यान सिडिओ सरुवा,प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो । यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो । यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ ।’

देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना                     काठमाडौँ । देश तथा जनताको हित र ...
08/09/2026

देश र जनताको कल्याणकाे कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना

काठमाडौँ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको हो । उहाँले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो ।
Ram Chandra Paudel

‘जेन्जी आन्दोलनका घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’ : शङ्कर पोखरेलकाठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरे...
08/09/2026

‘जेन्जी आन्दोलनका घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र घाइते तथा सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गरेका हुन् ।

पाेखरेलकाे स्टाटस जस्ताकाे तस्तै

आज भाद्र २३ गते—गत वर्ष 'जेन्जी आन्दोलन'का क्रममा भएको घुसपैठ र संसद भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा दर्जनौँ युवाहरूले ज्यान गुमाएका र सयौँ घाइते भएका थिए। उक्त दुःखद घटनाको एक वर्ष पूरा भएको छ। उक्त घटनामा जीवन गुमाउने सबै नवयुवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त आन्दोलनमा परी घाइतेहरू र आफ्ना सन्तान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दछु ।

'जेन्जी आन्दोलन'का क्रममा नव युवाहरूले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहलाई सुलभ बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने मागहरू अत्यन्त जायज थिए। यी मागहरू हामी सबैको साझा सरोकारका विषय हुन् ।

नेपाल सरकारले त्यतिवेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थिएन, बल्कि यसलाई नियमन गर्न सहज बनाउनेगरी नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको थियो। तर सरकारले उक्तकुरालाई स्पष्ट गर्न नसक्दा सामाजिक संजालमा अभ्यस्त बनेको नयाँ पुस्ता सडकमा आउन पुग्यो ।

नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखिनै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने सुनियोजित षड्यन्त्र भएको थियो भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भइसकेको छ। शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै 'जेन्जी आन्दोलन'को वास्तविक भावनाको सम्मान गर्नु हो।
वर्तमान सरकार जेन्जी आन्दोलनको भावना अनुसार नभई, त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको स्पष्ट भइसकेको छ। यस्तो संवेदनशील अवस्थामा:
⚬ नव युवाहरूको वास्तविक भावनाको कदर गर्नु,
⚬ मुलुकमा सुशासनको प्रत्याभूति दिनु, र
⚬ विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता हो।

नेकपा (एमाले) नवयुवाहरुको भावनाको सम्मान गर्न र जायज मागहरूलाई नवयुवाहरुसंग मिलेर सम्बोधन गर्न प्रतिबद्ध छ।
नेकपा(एमाले) हिजो पनि नवयुवाहरुको पक्षमा थियो, आज पनि छ र भोली पनि रहने छ । हिजो नव युवाहरुको भावना र मागको सम्वोधनमा केही कमजोरी रहन गएको भए त्यसमा सुधारगर्दै अघि बढ्न नेकपा(एमाले) प्रतिवद्ध छ ।
Shankar Pokhrel

प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ
06/09/2026

प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्...

   बुढीगण्डकीमा बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रहगोरखाको बुढीगण्डकी नदीमा बाढीको जोखिम बढेपछि तटी...
06/09/2026

बुढीगण्डकीमा बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखाको बुढीगण्डकी नदीमा बाढीको जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

गोरखाको बुढीगण्डकी नदीमा मिसिने नामरुङस्थित खोलामा बाढी आएको भन्दै सम्बन्धित निकायले नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो ।

जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुन्छ : मुख्यमन्त्री थापा मगरकाठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्...
06/09/2026

जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुन्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। उहाँले “जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ” भन्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा नुवाकोटस्थित देवीघाटमा तुईन जडान गरी सञ्चालनमा ल्याइएको छ।

तुईन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा स्थानीयस्तरमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। “विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्छन्,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ।
Kiran Thapa

ग्रीन आर्मी नेपाल’ जस्ता संस्थाको औचित्यमाथि प्रश्न उठाउनुपर्छ : शंकर पोखरेलकाठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोख...
04/09/2026

ग्रीन आर्मी नेपाल’ जस्ता संस्थाको औचित्यमाथि प्रश्न उठाउनुपर्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न उठाउनुपर्ने बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत संस्था कसको पालामा दर्ता भयो ? कहाँ दर्ता भयो ? वा सेनासँग मिल्दोजुल्दो पोशाकको अनुमति कसले दियो ? भन्ने विषयले मात्रै यस्ता सङ्गठनको औचित्य पुष्टि नहुने बताएका हुन् ।

पाेखरेलकाे स्टाटस

'ग्रीन आर्मी नेपाल' जस्ता संस्थाको औचित्यमाथि प्रश्न ! ?
यो संस्था कसको पालामा कहाँ दर्ता भयो, सेनासँग मिल्दोजुल्दो पोशाकको अनुमति कसले दियो र कुन संस्थाले कतिबेला तालिम दियो भन्ने जस्ता कुराले मात्र यस प्रकृतिका संगठनहरूको औचित्य स्थापित हुन सक्दैन।

नेपालजस्तो तरल र संवेदनशील भूराजनीति भएको मुलुकमा के यस्ता संस्थाको कुनै पनि प्रकारको आवश्यकता र औचित्य छ त? समाज सेवाका लागी सेनाको जस्तो नाम र पोशाक आवश्यक पर्दछ त ? भन्ने जस्ता विषयमा खुला रूपमा छलफल गरिनुपर्छ। गत भदौमा भएको 'जेन्जी आन्दोलन' का बेला देखिएको 'टिओबी' (TOB) नामको युवा दस्ताको छद्म गतिविधिले आक्रान्त मुलुकले अब यस्ता कति संगठनहरूको बोझ र त्रास झेल्नुपर्ने हो ?

हिजो कसैको पालामा दर्ता भयो वा बनाइयो भन्दैमा गलत कुरामा मुकदर्शक बन्ने छुट हामी कसैलाई छैन। यसबारे सिङ्गो राष्ट्रले गम्भीर भएर सोच्नुपर्छ। तसर्थ, कुनै पनि प्रकारका सैनिक प्रकृतिको गैरसरकारी संगठनहरू खोल्न र तिनलाई एकै प्रकारको सैनिक जस्तो देखिने पोशाकमा गतिविधि गर्न तत्काल रोक लगाइनुपर्छ !
Shankar Pokhrel

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुनेकाठमाडौ । राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह ...
04/09/2026

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौ । राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
विभागले शुक्रबार सूचना जारी गर्दै २०८३ साल भदौ २२ र २३ गते राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो।
विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।

त्रिशुली ३ ए को सुरुङबाट दुईजना  व्यक्तिको सकुशल उद्धार गरिएको छ। दुवै जनालाई  उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँ...
04/09/2026

त्रिशुली ३ ए को सुरुङबाट दुईजना व्यक्तिको सकुशल उद्धार गरिएको छ। दुवै जनालाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी हुँदै ।

04/09/2026

भर्खरै त्रिशुली ३ ए को सुरुङबाट एकजना व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

Address

Kathmandu
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when Rajdhani Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajdhani Press:

Shortcuts

Share