YOUTV NEPAL

YOUTV NEPAL सबै नेपालीको एक मात्र चाहना समृद्ध नेपाल🇳🇵 Youtv Nepal Youtube Channel is established on OCT 26, 2013.

We primarily started by providing content (Interview,Talk Show, Movie,Live Performance Program

गृह मन्त्री फकिरा महतोको पहलमा प्रदेश प्रहरी गठनको प्रक्रिया अगाडि बढ्दैधनुषा, २७ साउन । गृह, सञ्चार तथा कानून मन्त्री फ...
12/08/2026

गृह मन्त्री फकिरा महतोको पहलमा प्रदेश प्रहरी गठनको प्रक्रिया अगाडि बढ्दै
धनुषा, २७ साउन । गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको सक्रिय पहलमा मधेश प्रदेशमा प्रदेश प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनी र प्रशासनिक प्रक्रिया अगाडि बढाइएको छ। प्रदेश प्रहरी गठन, समायोजन, जिम्मेवारी निर्धारण तथा कार्यसम्पादनलाई व्यवस्थित बनाउन आवश्यक ऐन, नियमावली र विधेयक निर्माणको काम तीव्र रूपमा अघि बढाइएको हो।
मधेश प्रदेश सरकारले यसअघि नै प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लागू गरिसकेको छ। उक्त ऐनको दफा १०१ ले दिएको अधिकार प्रयोग गर्दै प्रदेश सरकारले प्रदेश प्रहरी नियमावली, २०७७ समेत निर्माण गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिसकेको जनाएको छ।
गृह, सञ्चार तथा कानून मन्त्री महतोको संयोजकत्वमा गठित कानून मस्यौदा तथा परिमार्जन समितिले प्रदेश प्रहरी नियमावलीका नियम १ देखि १४८ सम्मका विषयमा छलफल गरी सर्वसम्मत निर्णय गरेको बताइएको छ। प्रदेश प्रहरीसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव तथा परिमार्जनसमेत गरेको जनाइएको छ।
यसैगरी नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरिवेक्षण तथा समन्वयसम्बन्धी विधेयक तथा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धी विधेयकसमेत प्रक्रियामा रहेका छन्।
समितिबाट तयार गरिएका प्रदेश प्रहरीसम्बन्धी सम्पूर्ण कागजात तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी संघीय गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिएको बताइएको छ।
मन्त्री फकिरा महतोको नेतृत्व र पहलमा प्रदेश प्रहरी गठनसम्बन्धी कानुनी तयारी अगाडि बढेसँगै मधेश प्रदेशमा प्रहरी प्रशासनको अधिकार, जिम्मेवारी तथा संघ–प्रदेशबीचको समन्वय थप स्पष्ट हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारले संघीय कानुनसँग आवश्यक समन्वय गर्दै प्रदेश प्रहरी सञ्चालनको आधार तयार गरिरहेको जनाएको छ।

12/08/2026

बर्दिया मा आज धानबालीमा आएकाे हात्तीले झण्डै मान्छे उडायाे बालबाल बच्याे ज्यान ।
लाईभ भिडियो :- सुलभ रिजाल !
YOUTV NEPAL GreatestHighlights Following

12/08/2026

नेपालमा ग्यासको अभाव भएपछी एक जना युवाले हेयर ड्राइ र बोतलमा अलि कति पेट्रोलले बनायो खाना पकाउने ग्यास !
भिडियो :- सुलभ रिजाल !
YOUTV NEPAL GreatestHighlights Following

11/08/2026

सुनसरी को देवानगञ्ज घटनामा मृत्यू भएकाे रविन्द्र मेहताकाे अहिले पाेष्टमाडम भइरहेकाे छ ।
YOUTV NEPAL GreatestHighlights Following !

11/08/2026

वीरगञ्जमा ५–६ महिनाको शिशुको शव फेला, घटनाले स्थानीयमा त्रास

वीरगञ्ज, पर्सा: जिल्ला प्रशासन कार्यालय (CDO कार्यालय) नजिकैको खोल्सामा करिब ५–६ महिनाको शिशुको शव फेला परेको छ। शव पानीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा शव पहिचानको प्रक्रिया अघि बढाएको छ।
घटनाको थप विवरण र प्रहरीको आधिकारिक भनाइ आउन बाँकी छ।
#शिशुकोशव #वीरगञ्ज #पर्सा #घटना

11/08/2026

पश्चिम कोलम्बियामा सोमबार रेकर्ड गरिएको ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १११ जनाको मृत्यु भएको र दर्जनौँ मानिसहरू घाइते भएको पुष्टि त्यहाँका राष्ट्रपति एबेलार्डो देला एस्प्रिएलाले गरेका छन्।
YOUTV NEPAL GreatestHighlights Following GreatestHighlights YOUTV NEPAL

10/08/2026

बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाह खोलामा आज पहाडबाट खसेको ढुंगाले मध्यपश्चिम यातायातको बसमा क्षति !
YOUTV NEPAL GreatestHighlights Following !

सुनसरी को इटहरी २ मा त्रिनेत्र माेक्षधाममा साेमबार नेपालका प्रथम जगत गुरु बालसन्त माेहनशरण देवाचार्य विशेष जलाभिषेकमा सह...
10/08/2026

सुनसरी को इटहरी २ मा त्रिनेत्र माेक्षधाममा साेमबार नेपालका प्रथम जगत गुरु बालसन्त माेहनशरण देवाचार्य विशेष जलाभिषेकमा सहभागी हुनु भएको छ!
तस्वीर :- सुलभ रिजाल !
YOUTV NEPAL GreatestHighlights Following YOUTV NEPAL !

10/08/2026

सुनसरी को भोक्राहा नरसिंह गाउँपालिका-८ स्थित सोनयाहीदेखि मेहता टोल जाने बाटोको अवस्था हेर्नुहोस् र वर्षायाममा नागरिकले आवतजावत कसरी गर्ने र पाँच वर्षको अवधी पुग्नै लाग्दा यो बाटो निर्माण गर्न नसक्नुले जनप्रतिनिधि असक्षम रहेको पुष्टि भएको छ। स्थानीयले तत्काल बाटो मर्मत गर्न माग गरेका छन् भने आवतजावत बन्द हुँदा नागरिकलाई समस्या हुने गरेको बताउँछन् ।
भिडियो :- सुलभ रिजाल !
YOUTV NEPAL GreatestHighlights Following !

10/08/2026

बुढी खोलामा उत्खननको आरोपमा आलिया कन्स्ट्रक्सनका दुई हाइवा प्रहरीको नियन्त्रणमा ।
सुनसरीको दुहबी नगरपालिका–१ स्थित बुढी खोलामा माटो उत्खनन गरेको आरोपमा आलिया कन्स्ट्रक्सनका दुई वटा हाइवा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त प्रहरीले नियन्त्रणमा लिएका दुवै हाइवा हाल इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको जनाइएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाउने प्रहरी स्रोतले बताएको छ। उजुरीको आधारमा पक्राउ गरेर नियन्त्रणमा लिएको हो।
भिडियो :- सुलभ रिजाल !
YOUTV NEPAL GreatestHighlights Following !

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when YOUTV NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YOUTV NEPAL:

Shortcuts

Share