28/08/2026
: चीनको तिब्बतमा पहिरोले थुनिएर बनेको ताल पुनः फुटेपछि बाढीको उच्च जोखिमका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीलाई तत्काल १ किलोमिटर पछि हट्न निर्देशन दिइएको छ।
यसको असर नेपालतर्फ पनि पर्न सक्ने भएकाले नेपाल सरकारले तल्लो तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आधिकारिक सूचना जारी गरिसकेको छ। नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी किनारका बासिन्दाहरूलाई तुरुन्त सुरक्षित स्थानमा जान र विशेष सावधानी अपनाउन अनुरोध छ।