
07/09/2025
सूचना प्रविधि र कृत्रिम बौद्धिकताको युगको रूपमा परिचित आजको युगमा सामाजिक सञ्जालहरू जनताको जीवनका अभिन्न हिस्सा बनेका छन् । यी केवल मनोरञ्जनका साधन मात्र होइनन्, बरू सूचना आदानप्रदान, विचार विमर्श, संगठन निर्माण, सामाजिक जागरण, शैक्षिक चेतना, न्यायिक संघर्ष, प्रेस स्वतन्त्रता र नागरिक पत्रकारिताका महत्वपूर्ण औजार हुन् । विदेशमा रहेका लाखौँ प्रवासी नेपालीहरूका लागि सामाजिक सञ्जाल परिवारसँग सम्पर्कको एक मात्र सरल र सुलभ माध्यम बनेका छन् भने स्वदेशमै रहेर सूचना प्रविधि, डिजिटल मार्केटिङ र कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा काम गरिरहेका युवाहरूका लागि स्वरोजगारी र राम्रो आम्दानीको स्रोत बनिरहेका छन् । राज्यका लागि पनि सेवा निर्यात र विदेशी मुद्रा आर्जनको आशालाग्दा स्रोतको रूपमा देखापरेका छन् । , ,
नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयको भर्त्सना गर्दै अधिकार र स्वतन्त.....