Melung Media

Melung Media नमस्कार! मेलुङ मिडियाको तर्फबाट ।
(1)

01/09/2026

शिवपुरीको हरियालीसँगै गजेन्द्र हात्तीको कथा बोकेको बुढानीलकण्ठ–४ को आकर्षक पार्क। 🌿🐘

पार्कको निर्माण, बजेट तथा यसको अवधारणाबारे वडा अध्यक्ष श्रीराम केसीसँगको कुराकानी सहित।

31/08/2026

‼️ Alert ‼️

26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
गृह मन्त्रालयको अत्यन्त जरुरी सुचना।।

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

22/08/2026

वडावासीको उत्साहजनक सहभागिताबीच बुढानीलकण्ठ–६ ले च्यासिन्डोल पानी ट्याङ्कीबाट ‘जनप्रतिनिधिसँग मर्निङ वाक’ कार्यक्रम सम्पन्न गरेको छ।

20/08/2026

बुढानीलकण्ठ नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा धरमपुरमा भगवान् श्रीकृष्णको मूर्तिको प्राण–प्रतिष्ठापन पूजा समपन्न।

बुढानीलकण्ठ नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा धरमपुरमा भगवान् श्रीकृष्णको मूर्तिको प्राण–प्रतिष्ठापन पूजा आयोजना ह...
19/08/2026

बुढानीलकण्ठ नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा धरमपुरमा भगवान् श्रीकृष्णको मूर्तिको प्राण–प्रतिष्ठापन पूजा आयोजना हुँदैछ।

📅 मिति: २०८३ भदौ ४ गते
🕖 पूजा: बिहान ७ बजे
🙏 प्रसाद ग्रहण: बिहान ८:३० बजेपछि
📍 स्थान: बुढानीलकण्ठ–६, धरमपुर

भगवान् श्रीकृष्णको मूर्तिको प्राण–प्रतिष्ठापन पूजाको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गरिएको छ।

18/08/2026

बुढानीलकण्ठ–४ मा जारी चारमहिने चतुर्मास पुराण आज २०औँ दिनमा प्रवेश गरेको छ। धार्मिक, आध्यात्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने यस पुण्य अवसरमा सम्पूर्ण वडावासी तथा नगरवासीमा उपस्थित भई कथा श्रवण तथा पुण्यलाभ गर्न आयोजक समितिले अनुरोध गरेको छ।

18/08/2026

बुढानीलकण्ठ–६ मा “जनप्रतिनिधिसँग Morning Walk हुँदै”

बुढानीलकण्ठ–६ ले यही भदौ ६ गते बिहान ७ बजे च्यासिन्डोल पानी ट्याङ्कीबाट ‘जनप्रतिनिधिसँग Morning Walk’ कार्यक्रमको आयोजना गर्दैछ। नाम टिपाउनेमध्ये पहिलो २०० जनालाई टी–सर्ट वितरण गरिनेछ। सम्पूर्ण वडावासीलाई कार्यक्रममा सहभागी हुन वडा अध्यक्षले आग्रह गरेका छन्।

17/08/2026

तल्लो पासिकोटको कपुरचोक नजिक विद्युतको तारमा आगलागी

काठमाडौंको बुढानीलकण्ठ–तल्लो पासिकोटस्थित कपुरचोक नजिक विद्युतको तारमा आगलागी भएको छ। घटनास्थलमा प्रहरी र दमकलसमेत पुगेका छन्।

नेपाल विद्युत प्राधिकरणका प्राविधिकका अनुसार आवश्यक मर्मतपछि केही समयमै विद्युत सेवा पुनः सञ्चालन हुने बताइएको छ।

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Melung Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Melung Media:

Shortcuts

Share