joshibirendra664

joshibirendra664 I cannot win immediately but definitely

09/02/2024

"परिक्षामा फेल नै हुने निश्चित जस्तै छ भने पनि परिक्षा दिनै पर्छ किनकी त्यो असफलता सफलताको लागि आबश्यक थप एक इट्टा वा खुड्किलो हो जो भोली हामीलाई माथि पुर्याउन सहायक हुन्छ!"
-Kumar Timalsina

06/02/2024
26/01/2024

Breaking: Nepal enters the super six of ongoing U-19 Men's World Cup after winning with Afghanistan by 1 wicket. ❤️🇳🇵

Pic. ICC/CAN

26/01/2024

Big Breaking: Nepali has defeated Afghanistan by 1 wickets in U19 world cup. With the win, Nepal has entered the Super Six stage. ❤️🇳🇵

26/01/2024

हाम्रा देशको इतिहासमा कसलाई के भनेर चिनिन्छ ? हेर्नुहोला ।
➤ स्कुलका पिता — पद्म शमशेर
➤ सन्की राजा — श्री ५ सुरेन्द्र
➤ जिउँदो सिंह — अमरसिंह थापा
➤ कला बहादुर — माथवरसिंह थापा
➤ अभागी राजा — जयप्रकाश मल्ल
➤ सिमसिमे राजा — शिवसिंह मल्ल
➤ जनताका कम्युनिष्ट — पुष्पलाल
➤ बौलाहा युवराज — श्री ५ सुरेन्द्र
➤ बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
➤ नेपालका शुकरात — नयराज पन्त
➤ दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
➤ बूढा महाराज — भीम शमशेर
➤ नेपालको शाहजहाँ — खड्ग शमशेर
➤ धनकुटे राजा — देव शमशेर
➤ शेरे धनुषा — हेमबहादुर मल्ल
➤ नेपाल मण्डलेश्वर — यक्ष मल्ल
➤ धोकेवाज नेता — डा. तुलसी गिरी
➤ कोत पर्वकी आमा — राज्यलक्ष्मी
➤ अवसरवादी नेता — विश्ववन्धु थापा
➤ नाति जर्न्ेल — पशुपति शमशेर राणा
➤ युगले मागेको नेता — जङ्गबहादुर राणा
➤ अयोग्य राजा — श्री ५ राजेन्द्र
➤ न्याय गर्ने राजा — राम शाह
➤ राजाका पञ्च — कीर्तिनिधि विष्ट
➤ नेपालेश्वर — श्रीनिवास मल्ल
➤ कलहा भिमानी — अंशुवर्मा
➤ नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
➤ शिक्षाको दधीचि —शंकरदेव पन्त
➤ फिस्टे महाराज — चन्द्र शमशेर
➤ रुन्चे महाराज — पद्म शमशेर
➤ नानी युवराज — सुरेन्द्र
➤ शान्तिश्री — प्रचण्डदेव
➤ जिउँदो सहिद — टंकप्रसाद आचार्य
➤ पञ्चको शाह — शरदचन्द्र शाह
➤ राजनीतिज्ञ राजा — महेन्द्र
➤ संकटको पञ्च — सूर्यबहादुर थापा
➤ माहिला मिनिष्टर —बमबहादुर राणा
➤ हरिततारा — भृकुटी
➤ राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
➤ धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
➤ धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
➤ खलङ्गाको नायक — बलभद्र कुँवार
➤ खरदार बा — कृष्णप्रसाद कोइराला
➤ सान्दाजु — वि.पि कोइराला
➤ लौह पुरुष — गणेशमान सिंह
➤ सर्वोच्च नेता — गणेशमान सिंह
➤ एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
➤ राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
➤ राष्ट्रपिता — त्रिभुवन
➤ पञ्चायतको मलामी — मरिचमान सिंह
➤ स्वामी महाराज — रणबहादुर शाह
➤ स्वामी अभयानन्द — रणवीरसिंह थापा
➤ राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
➤ विमान पण्डित — अच्यूतानन्द

26/01/2024

‘लोकसेवा पास गर्नु चुनौतीपूर्ण नै छ’

आफूसँगको साथीहरू फटाफट पास भएर जानु, गत सालको प्रश्न पत्र हेरेर थुक्का मैले नि परीक्षा देको’भा पास हुन्थे नि भन्ने लाग्नु, परीक्षा दिए पनि अलि मज्जाले पढ्नु पर्थ्यो रैछ भन्ने लाग्नु, पास भएका साथीहरूले निकै सिनियर भएर बोल्नु वा व्यवहार गर्नु, आफूभन्दा कमजोर लाग्ने साथीहरुको आर्टिकल पढेर परीक्षाको तयारी गर्नु, अलि मनले जितेका साथीहरूले तेरो साथी चैँ उपल्लो पदमा पुगिसके तँ चाहिँ केमा अल्मलिएको हौ भन्नु, कार्यालयमा सहपाठीहरुले पास भइसकेको साथीहरुको तारिफ गर्नु, घरमा हरेक समय परीक्षा-परीक्षा भनेर भन्दा-भन्दा अप्ठ्यारो लाग्नु जस्ता विषयले हो तनाव दिने भनेको । कार्यालयको काम, हाकिमको पेलान, घर परिवारसँगको समय जस्ता पक्षले पनि चिन्ता थप्छ । यस्तै तनाव र चिन्ता हुन चुनौती । यै चुनौतीलाई अवसरमा बदल्नु झन् ठुलो चुनौती ।
– अनिल किराती(उपसचिव)

23/01/2024

लोक सेवा आयोगहरुका नतिजा कुनै पनि परिवर्तन गराउन सकिदैँन । लोक सेवा आयोग आफैमा निष्पक्ष र स्वच्छ हुन्छन् । ❣️🙏🏻🇳🇵

23/01/2024

राम मन्दिर (अयोध्या) को वास्तुकला शैली कस्तो छ?

22/01/2024

अब खुल्ने विज्ञापन हरु
१) #कोशी प्रदेश चौथौ तथा पाँचौ प्राविधिक
- केही महिनामा
२) #मधेस प्रदेश प्राविधिक चौथो तथा पाँचौ - विज्ञापन भईसकेको
३) बागमती प्रदेश प्राविधिक पाँचौ -आज बिज्ञापन भएको
#बागमती प्रदेश प्राविधिक चौथो तह को पदपूर्ति सत प्रतिशत आन्तरिक प्रतिस्पर्धा बाट हुने
४) गण्डकी प्रदेश प्राविधिक चौथो तथा पाँचौ - विज्ञापन भईसकेको
५) #लुम्बिनी प्रदेश प्राविधिक पाँचौ - माघ/फागुन
लुम्बिनी प्रदेश प्राविधिक चौथो - चैत/वैशाख
६ ) #कर्णाली प्रदेश प्राविधिक पाँचौ - माघ अन्तिम मंगलबार
# कर्णाली प्रदेश प्राविधिक चौथो - चैत अन्तिम मंगलबार
७) सुदुर पश्चिम प्रदेश प्राविधिक पाँचौ - फागुन अन्तिम हप्ता
#सुदुर पश्चिम प्रदेश प्राविधिक चौथो - वैशाख अन्तिम हप्ता
८) #संघीय लोक सेवा आयोग प्राविधिक पाँचौ - माघ अन्तिम बुधबार
# प्राविधिक चौथो - चैत अन्तिम बुधबार

22/01/2024

✅ इतिहास सम्बन्धि वस्तुगत प्रश्नोत्तर !!
••••••••••••••••••••••••••••••••••••••••••••

१ . सुगौली सन्धिमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
-मेजर ब्राडशा
२ . नेपालमा मौजा , प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ?
-राणाकाल
३ . नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ?
-बि.सं १८४६
४ . भण्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ?
-बिरध्वज बस्नेत
५ . पाण्डिकी अड्डा कहाँ थियो ?
-सिंहदरवार
६ . गोरखा राज्यको स्थापना कहिले भयो?
-बि.सं.१६१६ भाद्र २५
७ . नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ?
-राघवदेव
८ . अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ?
-देवशमशेर
९ . नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ?
-मानदेव
१० . सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ?
-रणबहादुर शाह
११ . शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो
?
- वि.स. १९९७ माघ १४ गते
१२ . काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?
- माथवरसिंह थापा
१३ . नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ?
-राजा ज्ञानेन्द्र
१४ . जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ?
-१ वर्ष २९ दिन
१५ . सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ?
- श्री ५ त्रिभुवन
१६ . नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ?
- श्री ५ रणवहादुर
१७ . नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ?
-वि.स. १९८१
१८ . धर्म कचहरीको स्थापना कसले गरेका थिए ?
- जंगबहादुर राणा
१९ . नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ?
- राजेन्द्र लक्ष्मी
२० . नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ?
- वि.स. १८२२
२१ . शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो
?
-वि.स. १९९७ माघ १२
२२ . नेपालमा राणाशासनको विरोधमा
"जयतु संस्कृतम " आन्दोलन कहिले प्रारम्भ भएको थियो ?
– वि.स.२००४
२३ . राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ?
-वि.सं. २०११
२४ . निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ?
-वि.सं. २०१७
२५ . हर

Address

Dhangadhi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when joshibirendra664 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share