Nepal Jana Khabar

Directions Website Contact the business

Nepal Jana Khabar नेपाल जन खबर, हरेक जनताको खबर !! Official page
nepal jana khabar
Youtube
nepal jana khabar
website
nepaljanakhabar.com

काठमाडौं–६ निर्वाचन क्षेत्रअन्तर्गत तारकेश्वरमा जनप्रतिनिधिबाटै पत्रकार असुरक्षित भएको गुनासोकाठमाडौ । तारकेश्वर क्षेत्र...
21/08/2026

काठमाडौं–६ निर्वाचन क्षेत्रअन्तर्गत तारकेश्वरमा जनप्रतिनिधिबाटै पत्रकार असुरक्षित भएको गुनासो
काठमाडौ । तारकेश्वर क्षेत्रमा समाचार संकलन तथा सम्प्रेषणका क्रममा पत्रकारहरूले जनप्रतिनिधिबाटै दबाब, धम्की तथा अवरोध सामना गर्नुपरेको गुनासो गरेका छन्। पत्रकारहरूले स्वतन्त्र र निर्भीक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

खगेन्द्रलाई ‘साढे सातको दशा’! आईजीपीसँग पंगा लिँदा आफैं फस्ने जोखिम, प्रमाण नल्याए कानुनी कारबाही हुनसक्नेकाठमाडौं । आईज...
14/08/2026

खगेन्द्रलाई ‘साढे सातको दशा’! आईजीपीसँग पंगा लिँदा आफैं फस्ने जोखिम, प्रमाण नल्याए कानुनी कारबाही हुनसक्ने

काठमाडौं । आईजीपीसँग विवादमा उत्रिएका खगेन्द्रको पछिल्लो अभिव्यक्ति र गतिविधिले नयाँ बहस सिर्जना गरेको छ। आईजीपीमाथि लगाइएका आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न नसके खगेन्द्र स्वयं कानुनी झमेलामा पर्न सक्ने सम्भावना देखिएको छ।

आरोप र प्रत्यारोपबीच वास्तविकता के हो भन्ने विषयमा सम्बन्धित निकायबाट तथ्यगत छानबिन आवश्यक देखिएको छ। प्रमाणबिना सार्वजनिक रूपमा गम्भीर आरोप लगाइएको पुष्टि भए त्यसको कानुनी परिणामसमेत आउन सक्ने भएकाले घटनाले थप चर्चा पाएको छ।

आईजीपीसँगको विवाद कसरी सुरु भयो, खगेन्द्रले के–कस्ता आरोप लगाए र ती आरोप पुष्टि गर्ने प्रमाण उनीसँग छन् वा छैनन् भन्ने विषयले अबको घटनाक्रम निर्धारण गर्ने देखिन्छ।
यद्यपि, प्रमाण नआएसम्म कुनै व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने भएकाले सम्बन्धित निकायको आधिकारिक छानबिन र निर्णयलाई नै आधार मान्नुपर्ने हुन्छ।

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न पुनः अन्तरिम आदेश जारी गरेको...
16/07/2026

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न पुनः अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका सबै गतिविधि स्थगित गर्न आदेश दिएको हो। यसअघि पनि सर्वोच्चले आयोगका काम रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले केही व्यक्तिबाहेक अन्यको सम्पत्ति छानबिनलाई निरन्तरता दिने सूचना जारी गरेको थियो।
उक्त सूचना अदालतको आदेशको अवज्ञा भएको भन्दै अधिवक्ता मनीराम उपाध्यायले रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आयोगले जारी गरेको सूचना कार्यान्वयन नगर्न तथा आयोगका सम्पूर्ण कामकारबाही तत्काल रोक्न पुनः अन्तरिम आदेश दियको छ ।

nepaljanakhabar.com
10/07/2026

nepaljanakhabar.com

काठमाडौं । ह्वील लक लगाइएपछि र जरिवाना गरिएको विषयलाई लिएर एक २५ वर्षीय पठाओ चालकले आत्मदाहको प्रयास गरेका छन्। .....

nepaljanakhabar.com
09/07/2026

nepaljanakhabar.com

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजित विश्व प्रहरी .....

जन आवाज मिडिया नेटवर्क प्रा.लि. को कोर्डिनेटरको जिम्मेवारी सम्हाल्दै आउनुभएका श्री विष्णुहरि रिमाललाई आज मिति २०८३/०२/२२...
05/06/2026

जन आवाज मिडिया नेटवर्क प्रा.लि. को कोर्डिनेटरको जिम्मेवारी सम्हाल्दै आउनुभएका श्री विष्णुहरि रिमाललाई आज मिति २०८३/०२/२२ गतेदेखि लागू हुने गरी मिडिया उक्त जिम्मेवारी तथा पदबाट मुक्त गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
उहाँले आफ्नो कार्यकालमा पुर्‍याउनुभएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गर्दछौं।

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाटकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेल...
03/06/2026

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध आयामबारे छलफल भएको बताइएको छ।

काठमाडौं । सोमबार नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भयो ।प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग सोम...
03/06/2026

काठमाडौं । सोमबार नेपाल प्रहरीका ३३ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भयो ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग सोमबार साँझ एसएसपी सरुवाको सूची सार्वजनिक गरेको थियो । प्रहरी नियमावली अनुसार एसएसपी र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवाको जिम्मेवारी गृहमन्त्रीको हुन्छ ।

यतिबेला गृह मन्त्रालय हेर्ने छुट्टै विभागीय मन्त्री छैनन् । ९ वैशाखमा सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि यो मन्त्रालय समेत प्रधानमन्त्री बालेन शाह (वालेन्द्र) ले आफैं राखेका छन् । यहीबीचमा सोमबार निस्केको एसएसपीको सरुवा भने सरुवा मापदण्ड विपरीत रहेको पाइएको छ ।

सरुवा सूचीको २६ औं नम्बरमा शान्तिराज कोइरालाको नाम छ । उनी नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमाण्ड गरेका थिए । उक्त कमाण्डबा उनको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको छ ।

सरुवालाई व्यवस्थित गर्न भन्दै नेपाल प्रहरीले सरुवा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएको छ । मापदण्डमा क, ख, ग भनेर श्रेणीहरू छुट्टाइएको छ । जसमा मुद्दाको चाप, कामको चाप तथा प्रकृतिहरुको आधारमा वर्गीकरण गरिएको हुन्छ ।

कोइरालाले कमाण्ड गरेको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज क श्रेणीमा पर्छ । क श्रेणीको कमाण्ड गरेका प्रहरी अधिकृतले फेरि अर्को क श्रेणीको कमाण्डमा नपठाइने र ख, ग श्रेणीमा सरुवा हुने मापदण्डमा उल्लेख गरिएको छ ।

अर्कोतर्फ भने एक ठाउँको इन्चार्जको कमाण्ड गरिरहेका व्यक्तिलाई सोझै अर्को ठाउँको इन्चार्जको रुपमा सरुवा नगरिने मापदण्डमा उल्लेख गरिएको छ । तर कोइरालाको हकमा भने यी दुबै मापदण्ड मिचेर बढुवा गरिएको छ । उनी क श्रेणीबाट अर्को क श्रेणीमा सोझै सरुवा भएका छन् भने अर्कोतर्फ इन्चार्ज टु इन्चार्ज सरुवा भएका छन् ।

कोइरालाको हकमा एकै पटक दुई वटै मापदण्ड मिचेर सरुवा गरिएको छ । उनी बाहेक अन्य एसएसपीको सरुवा भने मापदण्ड अनुसार नै देखिन्छ ।

एसएसपीले कमाण्ड गर्नेमध्ये उपत्यका ट्राफिक, काठमाडौं परिसर, ललितपुर परिसरलाई आकर्षक मानिन्छ । काठमाडौं परिसरको कमाण्डमा भने एसएसपी दिलीप घिमिरेको सरुवा भएको छ ।

२०५८ सालमा इन्स्पेक्टरमा भर्ना भएका घिमिरे आफ्नो ब्याचबाट तेस्रो लटमा एसएसपीमा बढुवा भएका थिए । उनी गत पुसमा मात्रै एसएसपीमा बढुाव भएका थिए । उनका ब्याचीहरु २०८१ माघ, २०८२ साउनमा बढुवा भइसकेका छन् । बढुवा भएको छोटो अवधिमै उनले निकै चुनौतीपूर्ण, आकर्षक र संवेदनशील मानिने काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

ललितपुरमा भने तुलबहादुर कार्कीको सरुवा भएको छ । त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरोको कमाण्ड सुवास चन्द्र बोहोरा र मानव बेचबिखन अनुसन्धान ब्यूरोको कमाण्ड नकुल पोखरेलले पाएका छन् ।

नेपाल जन खबरका सल्यान जिल्ला संवाददातामा घनश्याम केसी नियुक्तकाठमाडौं । नेपाल जनखबर ले सल्यान जिल्लाका लागि घनश्याम केसी...
21/05/2026

नेपाल जन खबरका सल्यान जिल्ला संवाददातामा घनश्याम केसी नियुक्त
काठमाडौं । नेपाल जनखबर ले सल्यान जिल्लाका लागि घनश्याम केसीलाई जिल्ला संवाददातामा नियुक्त गरेको छ। उहाँलाई जिल्लाभित्रका समसामयिक गतिविधि, जनसरोकारका विषय तथा विभिन्न घटनाको समाचार संकलन र रिपोर्टिङ गर्ने जिम्मेवारी दिइएको जनाएको छ।
नेपाल जनखबरले घनश्याम केसीको नियुक्तिसँगै सल्यान जिल्लाको समाचार सम्प्रेषणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। संस्थाले उहाँको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

काठमाडौंको सानो बाइपासमा स्कुटी र बाइक ठोक्किँदा दुर्घटनाकाठमाडौं । काठमाडौंको सानो बाइपासस्थित अष्टनारायण हल अगाडिको सड...
21/05/2026

काठमाडौंको सानो बाइपासमा स्कुटी र बाइक ठोक्किँदा दुर्घटना

काठमाडौं । काठमाडौंको सानो बाइपासस्थित अष्टनारायण हल अगाडिको सडकमा स्कुटी र बाइक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनापछि घटनामा मानवीय क्षति वा घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Address

Balaju 16 Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Jana Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Jana Khabar:

Shortcuts

Share