05/06/2026
१८ वर्ष ३ महिना भुटानी जे'लमा बिताएका चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश नपाएपछि सीमाबाटै भुटान फर्किन बा'ध्य भएका छन्। सोमबार जे'लबाट छुटेका उनीहरू घर फर्किने आशामा मंगलबार भारतको पानीटंकी हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए। तर परिचय खुल्ने कुनै कागजात नभएकाले भारतीय एसएसबी र नेपाली अधिकारीहरूले प्रवेश अनुमति दिएनन्।
नेपालतर्फ फर्किने प्रयास असफल भएपछि उनीहरू दिनभर पानीटंकीमा बसेका थिए। शिविर र अध्यागमन दुवै पक्षबाट सहयोग नपाएपछि अन्ततः उनीहरू निराश हुँदै पुनः भुटानतर्फ फर्किएका छन्।
सन् १९९२ मा भुटानी शासकले लखे:ट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले ल'खेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेको गएका थिए ।’
चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट खलेटिएका नेपालीभाषीहरूलाई पहिला माई खोलाको किनारमा राखिएको थियो । पछि टिमाई, खुदुनाबारी, बेलडाँडी, पथरी शनिश्चरेलगायत झापा मोरङका शिविरमा राखियो ।
नेपाल आएपछि तामाङ र राई छिमेकीका रुपमा बसेकाले शिविरकै स्कुल सँगै पढे । यद्यपि, स्वदेश फिर्ती अभियान र आ!न्दोलनका कारण धेरै पढ्न सकेनन् ।
सन् २००८ तिर पुरानो थातथलो खोज्दै उनीहरू भारतीय सीमानाकामा तैनाथ एसएसबीको आँखा छलेर भुटान सीमा नजिक पुगे । तर, भुटानी सुरक्षाकर्मीले साम्झाङ भन्ने ठाउँबाट दुवैलाई गि'रफ्तार गर्यो । त्यसयता उनीहरू छाम्गाङ केन्द्रीय जे'लमा थिए । जे'ल परेपछि परिवारसँग उनीहरूको सम्पर्क टुट्यो । सन् २०१६ सम्म त परिवारका सदस्यहरू कहिले काही भेट्न आउँथे । त्यसपछि उनीहरूले कसैलाई भेट्न पाएका छैनन् ।
पछि थाहा पाए नेपालमा रहेका सबै आफन्त अष्ट्रेलिया र अमेरिका पुर्नवास भइसकेछन् । त्यसपछि त परिवारको सम्बन्ध सात समुद्रपारि नै पुग्यो । हस्तबहादुरकी बहिनी दिदी अष्ट्रेलियामा छन् । उनीहरूले आफन्तमार्फत परिवारको तस्बिर हस्तबहादुरलाई पठाएका थिए । सम्झनाको त्यही कोसेली बोकेर उनी बेलडाँगी फर्किएका थिए । तर, नेपाल नजिकैको पानीटंकीबाट उनी निरास बनेर फर्किए ।
सोमबार उनीहरू १८ वर्ष ६ महिना पछि छुटे । जे'लबाट छुटेपछि उनीहरू कहाँ जाने ? कता जाने भनेर रनभुल्ल परेका थिए । दिउँसो १ बजेतिर भुटानी सुरक्षाकर्मीले गाडीमा बस्न भने । उनीहरू लुरूक्क पर्दै बसे । गाडी हुइकियो भारततिर ।
सीमावर्ती जयगाउँ पुगेपछि उनीहरूलई भुटानी सुरक्षाकर्मीले गाडीबाट ओराल्दै भने, ‘बिर्सिएर पनि फर्किएर भुटान नआउनु नत्र फेरि जे'लमा को'चिन्छौ ।’ उनीहरूले ‘हुन्छ’ भन्ने आसयमा टाउको मात्रै हल्लाए ।
जयगाउँ बजारमा नेपाल सीमातिर आउने गाडी लागिरहेको थियो । त्यसैमा उनीहरू चढे । सोमबार राति बागडोग्रा नजिकै आएर एउटा होटलमा बसे । मंगलबार विहानै उनीहरू कुम्लोकुटुरोसहित नेपाल नजिकैको सीमावर्ती बजार पानीटंकी ओर्लिए ।
सीमामा तैनाथ भारतीय अर्ध सैनिक वल (एसएसबी)ले नेपाल छिर्न दिएन । किन कि उनीहरूसँग परिचय खुल्ने कुनै कागजात थिएन ।
सीमा वारपार गर्न ‘आइडी भेरिफिकेसन’ अनिवार्य छ । एसएसबीले नाकाबाटै फर्काएपछि उनीहरू पुगे रानीगञ्ज अध्यागमन कार्यालय पानीटंकी । त्यहीको खुला मैदानमा दिनभरी नेपाल फर्किने आशामा बसे ।
तर, अध्यागमनका प्रमुख गौतम विश्वासले कुनै देशको परिचय नखुल्ने व्यक्तिलाई आफूले सहयोग गर्न नसक्ने जनाए ।
१८ वर्ष ३ महिना भुटानी जे'लमा बिताएका दुईजना राजब'न्दी घर फर्किने बाटो खोज्दाखोज्दै थाकेर साँझ पुनः भुटानतिरै फर्किएका छन् । ‘भुटान पुलिसले फर्किएर नआउनु भनेको छ, तर अब जाने ठाउँ छैन’, मधुमेहका बिरामी चतुरमान भन्छन्, ‘म'रे म'रियोस् बरू भुटानै फर्किन्छौँ ।’